12-08-2020      प्रभात: मराठी मुरली        ओम शान्ति        बापदादा मधुबन


“ मीठे बच्चे– तिमी आसुरी मतमा चल्नाले घरबार विहीन भएका छौ , अब ईश्वरीय मतमा चल्यौ भने सुखधाममा जान्छौ।”

प्रश्न:-
बच्चाहरूले बाबासँग कुन आशा राख्नु छ, कुनचाहिँ आशा राख्नु हुँदैन?

उत्तर:-
बाबासँग यही आशा राख्नु छ– हामी बाबाबाट पवित्र बनेर आफ्नो घर अनि राजधानीमा जाऔं। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मसँग यो आशा नराख– फलानो बिमारी छ, आशीर्वाद मिलोस्। यहाँ कृपा वा आशीर्वादको कुरै छैन। म त आएको छु तिमी बच्चाहरूलाई पतितबाट पावन बनाउन। अब म तिमीलाई यस्तो कर्म सिकाउँछु, जुन विकर्म नबनोस्।

गीत:–
आज नहीं तो कल बिखरेंगे यह बादल...
 

ओम शांती।
रूहानी बच्चाहरूले गीत सुन्यौ। बच्चाहरूले जानेका छन् अब घर जानु छ। बाबा आउनु भएको छ लिनको लागि। यो याद पनि तब रहन्छ जब आत्म-अभिमानी हुन्छन्। देह-अभिमानमा भए भने याद पनि रहँदैन। बच्चाहरूले जानेका छन् बाबा यात्री (मुसाफिर) भएर आउनु भएको छ। तिमी पनि यात्री भएर आएका थियौ। अहिले आफ्नो घरलाई बिर्सिएका छौ। फेरि बाबाले घरको याद गराउनु भएको छ र दिनदिनै सम्झाउनु हुन्छ। जबसम्म सतोप्रधान बन्दैनौ तबसम्म जान सक्दैनौ। बच्चाहरूले सम्झन्छन्– बाबाले त ठीकै भन्नुहुन्छ। बाबाले पनि बच्चाहरूलाई जुन श्रीमत दिनुहुन्छ अनि सपूत बच्चाहरू त्यसमा चल्छन्। यतिबेला अरू त कुनै यस्ता पिता छैनन् जसले राम्रो मत दिउन् त्यसैले घरबार बिहीन भएका छौ। श्रीमत दिने एउटै बाबा हुनुहुन्छ। त्यस मतमा पनि कति बच्चाहरू चल्दैनन्। अचम्म छ। लौकिक पिताको मतमा चल्छन्। त्यो हो आसुरी मत। यो पनि हुन त ड्रामा हो। तर बच्चाहरूलाई सम्झाउनु हुन्छ तिमी आसुरी मतमा चलेर यो गति भएको हो। अब ईश्वरीय मतमा चल्यौ भने तिमी सुखधाममा जान्छौ। यो हो बेहदको वर्सा। दिनहुँ सम्झाउनु हुन्छ। त्यसैले बच्चाहरू कति हर्षित रहनु पर्छ। सबैलाई यहाँ त राख्न सकिंदैन। घरमा रहेर पनि याद गर्नु पर्छ। अब पार्ट पूरा हुने बेला भएको छ, अब फर्केर घर जानु छ। मनुष्यले कति बिर्सिएका छन्। भनिन्छ नि– यसले त आफ्नो घर घाटै बिर्सिएको छ। अब बाबा भन्नुहुन्छ– घरलाई पनि याद गर। आफ्नो राजधानीलाई पनि याद गर। अब पार्ट पूरा हुन्छ, अब फर्केर घर जानु छ। के तिमीले बिर्सियौ?

तिमी बच्चाहरूले भन्न सक्छौ– बाबा ड्रामा अनुसार हाम्रो पार्ट नै यस्तो छ, जो हामीले घरलाई बिर्सिएर एकदम भट्किरहेका छौं। तिमीहरू नै आफ्नो श्रेष्ठ धर्म, कर्मलाई भुलेर दैवी धर्म भ्रष्ट, दैवी कर्म भ्रष्ट भएका छौ। अहिले बाबाले सावधान गराउनु हुन्छ, तिम्रो धर्म, कर्म त यस्तो थियो। त्यहाँ तिमीले जुन कर्म गर्थ्यौ त्यो अकर्म हुन्थ्यो। कर्म, अकर्म, विकर्मको गति बाबाले नै तिमीलाई सम्झाउनु भएको छ। सत्ययुगमा कर्म, अकर्म हुन्छ। रावण राज्यमा कर्म विकर्म हुन्छ। अहिले बाबा आउनु भएको छ, धर्म श्रेष्ठ कर्म श्रेष्ठ बनाउन। त्यसैले अब श्रीमत अनुसार श्रेष्ठ कर्म गर्नुपर्छ। कुनै भ्रष्ट कर्म गरेर कसैलाई दु:ख दिनु हुँदैन। ईश्वरीय बच्चाहरूको यो काम होइन। जो निर्देशन मिल्छ त्यसै अनुसार चल्नु पर्छ, दैवी गुण धारण गर्नु पर्छ। भोजन पनि शुद्ध लिनु पर्छ, यदि लाचारीले मिल्दैन भने राय लेऊ। बाबाले सम्झनुहुन्छ नोकरी आदिमा कहिँ थोरै खानु पनि पर्छ। जब तिमीले योगबलद्वारा राजाई स्थापना गर्छौ, पतित दुनियाँलाई पावन बनाउँछौ भने भोजनलाई शुद्ध बनाउनु के ठूलो कुरा हो! नोकरी त गर्नु नै छ। यस्तो त होइन बाबाको बनेपछि सबै कुरा छोडेर यहाँ आएर बस्नु छ। कति धेरै बच्चाहरू छन्, यति सबै त रहन सक्दैनन्। रहनु सबैलाई गृहस्थ व्यवहारमा छ। यो सम्झनु छ– म आत्मा हुँ, बाबा आउनु भएको छ, हामीलाई पवित्र बनाएर आफ्नो घर लैजानुहुन्छ फेरि राजधानीमा जान्छौं। यो त पराई रावणको फोहोरी घाट हो। तिमी बिल्कुलै पतित बनेका छौ, ड्रामा योजना अनुसार। बाबा भन्नुहुन्छ– अहिले म तिमीलाई जगाउन आएको छु त्यसैले श्रीमतमा चल। जति चल्छौ त्यति श्रेष्ठ बन्छौ।

अहिले तिमीले सम्झन्छौ– जुन बाबाले हामीलाई स्वर्गको मालिक बनाउनु हुन्छ, उहाँलाई हामीले बिर्सियौं। अब बाबा सुधार्न आउनु भएको छ त्यसैले राम्ररी सुध्रिनुपर्छ। खुसी हुनुपर्छ। बेहदका बाबा

मिल्नुभएको छ, तिमी आत्माहरूले आपसमा कुरा गरे जस्तै बच्चाहरूसँग कुरा गर्नुहुन्छ। हुन त उहाँ पनि आत्मा नै हुनुहुन्छ। परम आत्मा हुनुहुन्छ, उहाँको पनि पार्ट छ। तिमी आत्माहरू पार्टधारी हौ। उच्च भन्दा उच्चदेखि लिएर तल सम्मको पार्ट छ। भक्तिमार्गमा मनुष्यहरूले गायन गर्छन् ईश्वरले नै सबै कुरा गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो यस्तो पार्ट कहाँ छ जो बिमारीलाई ठीक पारुँ। मेरो पार्ट हो मार्ग बताउनु– तिमी पवित्र कसरी बन्ने? पवित्र बनेपछि नै तिमी घरमा पनि जान सक्छौ। राजधानीमा पनि जान सक्छौ। अरू कुनै आशा न राख। फलानो बिमारी छ, आशीर्वाद मिलोस्। आशीर्वाद, कृपा आदि कुरा मबाट केही पनि हुँदैन। त्यसको लागि साधु-सन्त आदिसँग जाऊ। तिमीले मलाई बोलाउँछौ– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। पावन दुनियाँमा हिँड। त्यसैले बाबाले सोध्नुहुन्छ मैले तिमीलाई विषय सागरबाट निकालेर पार लैजान्छु फेरि तिमी विषय सागरमा किन फस्छौ? भक्तिमार्गमा तिम्रो यो हाल भएको छ। ज्ञान, भक्ति तिम्रा लागि हुन्। संन्यासीहरूले पनि भन्छन्– ज्ञान, भक्ति अनि वैराग्य। तर त्यसको अर्थ उनीहरूले जानेका छैनन्। अहिले तिम्रो बुद्धिमा छ ज्ञान, भक्ति अनि पछि वैराग्य। त्यसैले वेहदको वैराग्य सिकाउने चाहिन्छ। बाबाले सम्झाउनु भएको थियो यो कब्रिस्तान हो, यसपछि परिस्तान बन्छ। त्यहाँ हर कर्म अकर्म हुन्छ। अहिले बाबाले तिमीलाई यस्तो कर्म सिकाउनु हुन्छ जुन कुनै पनि विकर्म नबनोस्। कसैलाई पनि दु:ख नदेऊ। पतितको हातको अन्न नखाऊ। विकारमा नजाऊ। अबलाहरू माथि अत्याचार पनि यसैमा हुन्छ। देख्दै जान्छौ– मायाको विघ्न कसरी पर्छ। यो हो सबै गुप्त। भन्छन्– देवता र असुरहरूको युद्ध भयो। फेरि भन्छन् पाण्डव र कौरबको युद्ध भयो। तर लडाईं त एउटै हो। बाबाले सम्झाउनु हुन्छ मैले तिमीलाई राजयोग सिकाइरहेको छु भविष्य २१ जन्मको लागि। यो मृत्युलोक हो। मनुष्यले सत्यनारायणको कथा सुन्दै आएका छन्, फाइदा केही पनि छैन। अहिले तिमीले सच्चा गीता सुनाउँछौ। रामायण पनि तिमीले सच्चा सुनाउँछौ। एक राम-सीताको कुरा थिएन। यस समयमा त सारा दुनियाँ लंका हो। चारैतिर पानी छ नि। यो हो बेहदको लंका, जसमा रावणको राज्य छ। एक बाबा हुनुहुन्छ ब्राइडग्रुम। अरू सबै हुन् ब्राइड्स। तिमीलाई अहिले रावण राज्यबाट बाबाले छुटाउनु हुन्छ। यो हो शोक बाटिका। सत्ययुगलाई भनिन्छ अशोक बाटिका। त्यहाँ कुनै शोक हुँदैन। यतिबेला त शोकै शोक छ। अशोक एउटा पनि छैन। नाम त राखिदिन्छन् अशोका होटल। बाबा भन्नुहुन्छ– सारा दुनियाँलाई यस समयमा बेहदको होटल सम्झ। शोकको होटल हो। मनुष्यको खानपान जनावरको जस्तो छ। हेर तिमीलाई बाबाले कहाँ लैजानुहुन्छ। सच्चा-सच्चा अशोक बाटिका हुन्छ सत्ययुगमा। हद र बेहदको फरक बाबाले नै बताउनु हुन्छ। तिमी बच्चाहरूलाई धेरै खुसी हुनुपर्छ। जानेका छौ बाबाले हामीलाई पढाउनु हुन्छ। हाम्रो पनि त्यही धन्दा हो– सबैलाई मार्ग देखाउने, अन्धाको लठ्ठी बन्नु। चित्रहरू पनि तिमीसँग छन्। जसरी स्कुलमा चित्रहरूमा सम्झाउँछन्, यो फलाना देश हो। तिमीले त फेरि सम्झाउँछौ तिमी आत्मा हौ, शरीर होइनौ। आत्माहरू भाइ-भाइ हुन्। कति सहज कुरा सुनाउँछौ। भन्छन् पनि– हामी सबै भाइ-भाइ हौं। बाबा भन्नुहुन्छ– तिमीहरू सबै भाइ-भाइ हौ नि। गड फादर भन्छौ नि। त्यसैले कहिल्यै पनि आपसमा लडाईं गर्नु झगडा गर्नु हुँदैन। शरीरधारी बनेपछि फेरि भाइ-बहिनी हुन्छौ। हामी शिवबाबाका बच्चाहरू सबै भाइ-भाइ हौं। प्रजापिता ब्रह्माका बच्चाहरू भाइ-बहिनी हौं, हामीलाई वर्सा हजुरबुवाबाट लिनु छ त्यसैले हजुर बुबालाई नै याद गर्छौं। यस बच्चा (ब्रह्मा)लाई पनि मैले आफ्नो बनाएको छु अथवा यिनमा प्रवेश गरेको छु। यी सबै कुरा अहिले तिमीले सम्झन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब नयाँ दैवी प्रवृत्ति मार्ग स्थापन भइरहेको छ। तिमीहरू सबै बी.के. शिवबाबाको मतमा चल्छौ। ब्रह्मा पनि उहाँको मतमा चल्छन्। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर अनि सर्व सम्बन्धलाई हल्का बनाउँदै जाऊ। ८ घण्टा याद गर्नुपर्छ बाँकी १६ घण्टा आराम धन्दा आदि जे गर्ने हो त्यो गर। म बाबाको बच्चा हुँ, यो नभुल। यस्तो पनि होइन यहाँ आएर छात्रावासमा रहनु छ। होइन, गृहस्थ व्यवहारमा बाल-बच्चाहरूको साथमा रहनु छ। बाबाको साथमा आउँछन् नै रिफ्रेस हुन। मथुरा, वृन्दावनमा जान्छन् मधुवनको साक्षात्कार गर्न। सानो नमूनाका रूपमा बनाइराखेका छन्। अब त यो बेहदको कुरा सम्झनु छ। शिवबाबाले ब्रह्माद्वारा नयाँ सृष्टि रचना गरिरहनु भएको छ। हामी प्रजापिता ब्रह्माका सन्तान बी.के. हौं। विकारको कुरा हुनै सक्दैन। संन्यासीहरूका शिष्य बन्छन्, यदि ती संन्यासीहरूले कपडा पहिरिए भने नाम परिवर्तन हुन्छ। यहाँ पनि तिमी बाबाको बनेका छौ अनि बाबाले नाम राख्नुभयो नि। कति भट्ठीमा रहन्थे। यस भट्ठीको विषयमा त कसैलाई पनि थाहा थिएन। शास्त्रहरूमा के-के कुरा लेखिएका छन्, फेरि पनि यस्तै हुन्छ। अब तिम्रो बुद्धिमा सृष्टिको चक्र घुम्छ। बाबा पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ नि। सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु छ। बाबाको त शरीर पनि छैन। तिम्रो त स्थूल शरीर छ। उहाँ हुनुहुन्छ परम आत्मा। आत्मा स्वदर्शन त चक्रधारी हो। अब आत्मालाई अलंकार कसरी दिने? बुझ्ने कुरा हो नि। यी कति महिन कुरा छन्। बाबा भन्नुहुन्छ– वास्तवमा म स्वशर्दन चक्रधारी हुँ। तिमीले जानेका छौ– आत्माले सारा सृष्टि चक्रको ज्ञान जान्दछ। बाबा पनि परमधाममा रहनुहुन्छ, हामी पनि त्यहाँका निवासी हौं। बाबा आएर आफ्नो परिचय दिनुहुन्छ– प्यारा बच्चाहरू म पनि स्वदर्शन चक्रधारी हुँ। म पतित-पावन आएको छु तिम्रो पासमा। मलाई बोलाएका नै हौ– आएर पतितबाट पावन बनाऊ, मुक्त गर। उहाँको शरीर त छैन। उहाँ अजन्मा हुनुहुन्छ। जन्म त लिनुहुन्छ तर दिव्य। शिव जयन्ती अथवा शिवरात्री मनाउँछन्। बाबा भन्नुहुन्छ– म आउँछु नै तब जब रात पूरा हुन्छ, अनि दिन बनाउन आउँछु। दिनमा २१ जन्म फेरि रातमा ६३ जन्म, आत्माले नै भिन्न-भिन्न जन्म लिन्छ। अहिले दिनबाट रातमा आएका छौ फेरि दिनमा जानु छ। स्वदर्शन चक्रधारी पनि तिमीलाई बनाइएको छ। यतिबेला मेरो पार्ट छ। तिमीलाई पनि स्वदर्शन चक्रधारी बनाउँछु। तिमीले फेरि अरूलाई बनाऊ। ८४ जन्म कसरी लिएका हौ, त्यो ८४ जन्मको चक्रलाई त बुझ्यौ। पहिला तिमीलाई यो ज्ञान थियो र? बिल्कुलै थिएन। अज्ञानी थियौ। बाबाले मूल कुरा सम्झाउनु हुन्छ– बाबा हुनुहुन्छ स्वदर्शन चक्रधारी, उहाँलाई ज्ञानका सागर भनिन्छ। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। तिमी बच्चाहरूलाई वर्सा दिइरहनु भएको छ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ, आपसमा लडार्इं-झगडा नगर। मनमुटावमा नआऊ । सदैव हर्षित रहनु छ र सबैलाई बाबाको परिचय दिनु छ। बाबालाई नै सबैले भुलेका छन्। अब बाबा भन्नुहुन्छ– म एकलाई याद गर। निराकार भगवानुवाच– निराकारी आत्माहरूलाई। वास्तवमा तिमी निराकार हौ फेरि साकार बन्छौ। साकार विना त आत्माले केही गर्न सक्दैन। आत्मा शरीरबाट निस्केपछि चलमल केही पनि हुन सक्दैन। छिट्टै गएर आत्माले अर्को शरीरमा पार्ट खेल्छ। यी कुरालाई राम्ररी सम्झ, मनमा खेलाइराख। हामी आत्माहरूले बाबाद्वारा वर्सा लिन्छौं। वर्सा मिल्छ सत्ययुगको। अवश्य पनि बाबाले नै भारतखण्डलाई वर्सा दिनुभएको हुनु पर्छ। कहिले वर्सा दिनु भयो अनि के भयो? यो कुरा मनुष्यलाई केही पनि थाहा छैन। अहिले बाबाले सबै बताउनु हुन्छ–। तिमी बच्चाहरूलाई नै स्वदर्शन चक्रधारी बनाएको हुँ, फेरि तिमीले ८४ जन्म भोग्यौ। अहिले फेरि म आएको छु, कति सहजसँग सम्झाइरहनु हुन्छ। बाबालाई याद गर अनि मीठो बन। लक्ष्य-उद्देश्य सामुन्ने उपस्थित छ। बाबा वकीलहरूका वकिल हुनुहुन्छ, सबै झगडाबाट छुटाइदिनुहुन्छ। तिमी बच्चाहरूमा धेरै आन्तरिक खुसी हुनुपर्छ। हामी बाबाका बच्चा बनेका छौं। बाबाले गोदमा लिनु भएको छ वर्सा दिन। यहाँ तिमी आउँछौ नै वर्सा लिन। बाबा भन्नुहुन्छ– बाल-बच्चा आदि हेर्दा हेर्दै बुद्धि बाबा र राजधानी तिर रहोस्। पढाइ कति सहज छ। बाबा जसले तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ उहाँलाई तिमीले बिर्सिन्छौ। पहिला अवश्य पनि आफूलाई आत्मा सम्झ। यो ज्ञान बाबाले संगममा नै दिनुहुन्छ किनकि संगममा नै तिमी पतितबाट पावन बन्नु छ। अच्छा!

मीठे-मीठे रूहानी ब्रह्मा मुखवंशावली ब्राह्मण कुल भूषण, यो देवताहरू भन्दा पनि उच्च कुल हो। तिमीले धेरै उच्च सेवा गर्छौ। अहिले फेरि तिमी पूज्य बन्छौ। अब पुजारीलाई पूज्य, कौडीबाट हीरा जस्तो बनाइरहनु भएको छ। यस्ता रूहानी बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणेसाठी मुख्य सारांश:-
१) अब श्रीमत अनुसार हर श्रेष्ठ कर्म गर्नु छ, कसैलाई पनि दु:ख दिनु हुँदैन, दैवी गुण धारण गर्नु छ। बाबाको निर्देशनमा नै चल्नु छ।

२) सदैव हर्षित रहनको लागि स्वदर्शन चक्रधारी बन्नु छ, कहिल्यै पनि मनमुटाबमा आउनु हुँदैन। सबैलाई बाबाको परिचय दिनु छ। धेरै-धेरै मीठो बन्नु छ।

वरदान:-
सदा सुखको सागरमा लवलीन रहने अन्तर्मुखी भव

भनिन्छ अन्तर्मुखी सदा सुखी। जुन बच्चाले सदा अन्तर्मुखी भवको वरदान प्राप्त गर्छ ऊ बाबा समान सदा सुखको सागरमा लवलीन रहन्छ। सुखदाताको बच्चा स्वयं पनि सुखदाता बन्छ। सर्व आत्माहरूलाई सुखकै खजाना बाँड्दछ। त्यसैले अब अन्तर्मुखी बनेर यस्तो सम्पन्न मूर्ति बन जो तिमीसँग कोही पनि कुनै पनि भावनाबाट आओस्, आफ्नो भावना पूरा गरेर जाओस्। जसरी बाबाको खजानामा अप्राप्त कुनै वस्तु हुँदैन, त्यस्तै तिमी पनि बाबा समान भरिपूर्ण बन।

बोधवाक्य:-
रूहानी शानमा रह्यौ भने कहिल्यै पनि अभिमानको फिलिङ आउँदैन।