17.12.18          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे – मनुष्यबाट देवता बन्ने यो पढाइ हो , यस पढाइमा थोरै पनि लापर्बाही गर्नु हुँदै न। खा यो , सु त्यो , पढाइ पढेनौ भने धेरै पछुताउनु पर्ने छ। ”

प्रश्न:–
कुन कुरामा ब्रह्मा बाबालाई अनुसरण गर्यौ भने उन्नति भइरहन्छ?

उत्तर:–
जसरी ब्रह्मा बाबाले आफ्नो पूरा आहुति दिए अर्थात् सबै कुरा समर्पण गरे, यस्तै उनको अनुसरण गर। उन्नतिको साधन हो– बाबाले रचेको यस रुद्र यज्ञमा आफ्नो आहुति दिनु अर्थात् बाबाको सहयोगी बन्नु। तर यो ख्याल कहिल्यै पनि आउनु हुँदैन– मैले यति मदत गरें, यति दिएँ। बाबा त दाता हुनुहन्छ, उहाँबाट तिमी लिन्छौ, दिदैनौ।

गीत:–
तूने रात गंवाई सो के...

ओम् शान्ति।
बच्चाहरूले गीत सुन्यौ। यसको बारेमा पनि बच्चाहरूले सम्झाउनु पर्छ। बाबा भन्नुहुन्छ– म बच्चाहरू सँग कुरा गर्छु, अरू कसैले पनि यसो भन्न सक्दैन। साधु सन्त महात्मा त धेरै छन्। कोही भन्छन्– यिनमा शक्ति छ। यहाँ त सबैका बाबा हुनु हुन्छ, उहाँ बसेर सम्झाउनु हुन्छ। धेरै बच्चाहरू छन् जो सारा दिन बसेर खान्छन्, पिउँछन् र सुत्छन्, धेरै निदाउँछन्। यसबाट के होला? हीराजस्तो जन्म गुमाइदिन्छन्। मायाले लापर्बाही धेरै गराउँछ। कुम्भकर्णको निद्रामा मायाले सुताइदिएको छ। अब जगाउनेवाला आउनु भएको छ, अज्ञान निद्राबाट जाग। सारा सृष्टि, त्यसमा पनि खास भारतवर्षमा अज्ञान नै अज्ञान छ। बाबा भन्नुहुन्छ– अब लापर्बाही गर्यौ भने धेरै-धेरै पछुताउनु पर्ने छ। फेरि पछुताएर त काम छैन। यहाँ मनुष्यबाट देवता बन्ने पढाइ छ। यस्तो अरू कसैले भन्न सक्दैन। यस्तो होइन– यो पनि त्यही ज्ञान हो। यो त पढाइ नै नयाँ हो। आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। यसो त यहाँ पनि धेरैलाई देवी भन्छन्। स्त्री देवी भइन् भने पुरुष देवता हुने भए। तर हामी त सत्ययुगमा देवी-देवता पद पाउने पुरुषार्थ गरिरहेका छौं, त्यो त अवश्य सत्ययुग स्थापना गर्नेले नै प्राप्त गराउनु हुन्छ। सबै सत्सङ्गमा भन्दा यहाँको कुरा अनौठो छ। जसले ईश्वरलाई सर्वव्यापी भन्छन् र अनेक अवतार बताउँछन्, उनीहरू सँग सोध– यदि ईश्वर सर्वव्यापी हुनु हुन्छ भने अवतार भन्ने पनि अवश्य ईश्वरकै अवतार होलान्। ठीक छ, त्यसोभए रचनाको आदि-मध्य-अन्त्यको रहस्य बताउन्। उनले केही पनि बताउन सक्ने छैनन्। भिन्न-भिन्न प्रकारका हुन्छन्। ऋद्धि-सिद्धिवाला पनि छन्। नयाँ आत्मा आयो भने उसले पनि तागत देखाउँछ। धर्म स्थापना गर्न नयाँ आत्माले प्रवेश गर्यो भने उसको नाम प्रख्यात भइहाल्छ। यहाँ शक्तिको कुरा छैन। तिमी भन्छौ– शिवबाबा म हजुरबाट स्वर्गको वर्सा लिनको लागि आएको छु। यसैलाई ईश्वरीय जन्मसिद्ध अधिकार भनिन्छ। तिमी ईश्वरीय सन्तान हौ। कोही पनि साधु, सन्त, महात्माले यसो भन्दैनन्– हामी बापदादाका बच्चा हौं।

तिमीलाई त थाहा छ– हामी स्वर्गको वर्सा लिइरहेका छौं। बाबा भन्नुहुन्छ– पूरा वर्सा लिनु छ भने बाबाको यादमा रहने गर। बाबाले यहाँ नै पढाउनु हुन्छ। राजाई स्थापना भएपछि त यो पढाइ र पढाउनेवाला रहनु हुने छैन। यो ब्राह्मण कुल अहिले छ। भन्दछन्– हामी ब्रह्माका सन्तान हौं। अब ब्रह्मा कहिले आए? ब्रह्मा त संगममा आउँछन् नि। प्रजापिता ब्रह्मा जसले ब्राह्मणहरूलाई रच्छन्, उनीहरू त देवी-देवता बन्छन् फेरि ब्राह्मण त रहँदैनन्। हामी फेरि देवता कुलमा जानेछौं। फेरि कर्मकाण्डको लागि जो पुजारी ब्राह्मण छन्, त्यो कुनै ऋषि-मुनि आदिले सुरु गरेको हुनु पर्छ। द्वापरमा जब शिव आदिको मन्दिर बनाएर पूजा सुरु गर्छन्, त्यतिबेला जो पूज्य देवी-देवता थिए उनीहरू नै पुजारी बन्छन्। त्यस समयमा मन्दिरमा ब्राह्मण चाहिन्छ। त्यसैले त्यही समय ब्राह्मण पनि सुरु भएका हुन्। जो पूज्यबाट पुजारी बन्छन्, उनीहरूलाई ब्राह्मण भनिदैन। मन्दिरमा मूर्तिका अगाडि ब्राह्मण अवश्य हुनु पर्छ। त्यतिबेला ती ब्राह्मण पनि निस्किए। यो भयो बिस्तारमा समाचार। वास्तवमा यस सँग पनि ज्ञानको सम्बन्ध छैन। ज्ञानले केवल भन्छ– ‘मनमनाभव’। तिमी बच्चाहरूलाई शिवबाबा र वर्सालाई याद गर भनेमा, केवल याद गर्नाले मात्रै सबै लक्ष्मी-नारायण बन्छन् त? बन्दैनन्। फेरि पढाइ पनि त छ। जति धेरै सेवा गर्नेछौ त्यति उच्च पद पाउँछौ, त्यति नै गोल्डन स्पून इन माउथ हुन्छ। नयाँ दुनियाँ बन्नमा, परिवर्तन हुनमा समय त लाग्छ नि। विनाशपछि स्थापना हुन्छ। कलियुगपछि सत्ययुग हुन्छ। हुन त भूकम्प गइरहन्छ तर अनेक अधर्मको विनाश हुनु छ। ड्रामा पूरा हुन्छ। अहिले हामी बाबाकहाँ गएर फेरि नयाँ दुनियाँमा आउनेछौं। अहिले हामी यस यज्ञका ब्राह्मण हौं। शिवबाबाले ५ हजार वर्ष पहिले जस्तै रुद्र यज्ञ रच्नु भएको छ। यो सबै भन्दा ठूलो यज्ञ हो। यस यज्ञको सम्हाल गर्छौ तिमी सच्चा ब्राह्मणले। ती ब्राह्मणले त स्थूल यज्ञ रच्छन्। कुनै आपत्ति आदि आउँदै छ भने यज्ञ रच्छन्। सत्ययुगमा गुरु आदिको आवश्यकता थिएन। गुरु त्यहाँ हुन्छ जहाँ सद्गतिको आवश्यक हुन्छ। अहिले यहाँ त अथाह गुरु छन्। यति वेद-शास्त्र आदि हुँदा-हुँदै पनि भारतको यस्तो गति किन भएको छ? तिमी लेख्न सक्छौ– ५ हजार वर्ष पहिलेजस्तै सबै मनुष्य कुम्भकर्णको घोर निद्रामा सुतिरहेका छन्। निदाउन त सबै निदाउँछन्, तर यो अज्ञान निद्राको कुरा हो। कोही पनि गुरु छैनन् जसले सद्गति दिन सकोस्। अब उज्यालो बनाउनेवाला को हो? तिमी बच्चाहरूलाई सम्झाइएको छ– परमपिता परमात्मा विना उज्यालो हुन सक्दैन। अहिले त अथाह गुरु छन्। फेरि पनि अँध्यारो रात, दु:ख किन? सत्ययुगमा त अथाह सुख थियो। अब जब भगवानको श्रीमत मिल्छ तब सुख हुन्छ। रावणले नै भारतलाई पतित-दु:खी बनाएको छ। बाबा भन्नुहुन्छ– यस काम महाशत्रुलाई जित। पवित्रताको प्रतिज्ञा गर, तब नयाँ दुनियाँको मालिक बन्छौ। गुरुहरूले कहिल्यै पवित्र बन, यस्तो भन्ने छैनन्। अहिले तिमी घोर उज्यालोमा आएका छौ। त्यसैले गएर उनलाई सोध– संसार जो यति सुखी थियो, अहिले यति दु:खी किन? तिमी बच्चाहरूलाई थाहा छ– हामी नै देवता बन्छौं। संन्यासी त झट्ट घरबार छोडेर निस्कन्छन्। उनीहरूको लागि भन्छन्– संन्यासी पावन छन्। उनीहरूले यस्तो भन्दैनन्– हामी पावन बन्नको लागि पुरुषार्थ गरिरहेका छौं। तिम्रो कुरा नै भिन्न छ। यस्तो नसम्झ– सबै संन्यासी पवित्र रहन्छन्। जबसम्म अवस्था मजबुत हुँदैन, बुद्धियोग मित्र-सम्बन्धीहरूमा गइरहन्छ। तिमीलाई देहसहित देहका सबै सम्बन्धलाई भुल भनिन्छ, त्यसको लागि कति मेहनत लाग्छ। यदि उनीहरू सँग संन्यास कहिले गर्नुभयो? लौकिक नाम के हो? भनेर सोध्यौ भने भन्नेछन्– यी कुरा नसोध्नुहोस्। स्मृति किन दिलाउनु हुन्छ भन्छन्। कोही-कोहीले बताउँछन् पनि, फेरि उनीहरू सँग सोधियो– तपाईंले तत्कालै सबैलाई भुल्नुभयो कि याद आइरहन्छ? तपाईं को हुनु हुन्थ्यो, कसरी छोड्नुभयो, एक्लै हुनु हुन्थ्यो कि बाल बच्चाहरू पनि थिए? फेरि त तपाईंलाई याद आउँछ होला? भन्नेछन्– हो धेरै समय याद आउँथ्यो, मुस्किलले याद टुट्छ। आफ्नो जीवन त याद रहन्छ। गर्न त हामी शिवबाबाको याद गर्छौं तर आफ्नो जीवन वा जो शास्त्र आदि पढिएको छ त्यो कहाँ भुलिन्छ र? बाबा केवल भन्नुहुन्छ– जीवन छँदै भूल, यो धारण गर। याद गरेमा फँसिरहन्छौ। पहिले यो कुरा सुन फेरि निर्णय गर। जीवन छँदै मरजीवा बन, अरू कसैको नसुन। हामी आफ्नो सारा जीवन बताउन सक्छौं। हो, यो जान्दछौं– अब यो दुनियाँ खत्तम हुँदैछ। सेवाकेन्द्रहरू वृद्धि भइरहन्छन्। जसले बाबा-मम्मा भन्छन् उनीहरू ब्राह्मण बन्छन्। अब बाबा भन्नुहुन्छ– हे आत्माहरू, आत्मा नै बोल्छ। तिमी सँग सोधियो– तिमी को हौ? तब झट्ट भन्नेछौ– म आत्मा पढ्छु। यो ज्ञान अहिले तिमीलाई मिलेको छ। तिम्रो आत्मा यी अङ्गहरूद्वारा पढ्छ। आत्मा र शरीर दुई छन्। अहिले तिमीलाई थाहा छ– आत्माले नै शरीर लिन्छ र छोड्छ। संस्कार धारण गर्छ। हामी आत्माहरू सत्ययुगमा पुण्य आत्मा थियौं, अहिले पाप आत्मा छौं। यो अन्तिम जन्म हो। परमात्मामा जो ज्ञान छ त्यो अहिले हामी आत्माहरूलाई पढाइरहनु भएको छ। बाँकी सबै मनुष्यहरू घोर अँध्यारोमा छन्। शास्त्र आदि सबै भक्तिमार्गका हुन्। त्यसलाई ज्ञान भनिदैन। ज्ञान दिन र भक्ति रात हो। तिमी सोध्न सक्छौ– गीताको रचयिता को हुनु हुन्छ, उहाँ कहिले आउनुभयो? गीता कहिले लेखियो? बाबा पनि लेखिरहनु हुन्छ फेरि त्यसमा विचार गर्नु पर्छ। यस्तो-यस्तो बुद्धिमा धारण गर्नाले फेरि तिम्रो उन्नति हुँदै जान्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, बच्चाहरूलाई मालाको रहस्य पनि सम्झाइएको छ। परमपिता परमात्मा बेहदको फूल हुनु हुन्छ, फेरि दुई दाना हुन् ब्रह्मा-सरस्वती। प्रजापिता ब्रह्माद्वारा रचना रचिएको छ। यी हुन् आदि देव र आदि देवी। यी हुन् ब्राह्मण जसले स्वर्ग बनाए त्यसैले यिनीहरूको पूजा हुन्छ। बीचमा यी ८ दाना छन्, जो सूर्यवंशी बनेका थिए। धेरै मदत गरेका थिए। ज्ञान बुद्धिमा रहनु पर्छ। यो पनि जान्दछौ– वास्तवमा यज्ञमा आहुति दिइन्छ। माताहरूको उन्नतिको लागि बाबाले युक्ति रच्नु भएको छ। बाबा बलि चढे नि, त्यसैले उनको अनुसरण गर। गान्धीलाई पनि जसले मदत गरे उनलाई अल्पकालको सुख मिल्यो। ती थिए हदका बाबा, यहाँ हुनु हुन्छ बेहदका बाबा। यहाँ यी बाबाले सबै कुरा माताहरूको चरणमा दिए, त्यसैले यिनी एक नम्बरमा गए। तिमी बच्चाहरूले पुरुषार्थ गर्नु छ, जसले मदत गर्छ ऊ नै स्वर्गको मालिक बन्छ। यस्तो कसैले नसम्झ– हामी शिवबाबालाई मदत गर्छौं। होइन। शिवबाबाले नै तिमीलाई मदत गर्नुहुन्छ। अरे, उहाँ त दाता हुनु हुन्छ, तिमी आफ्नो लागि गर्छौ। तिमी यादमा रह्यौ भने विकर्म विनाश हुन्छ। स्वर्गलाई याद गर्यौ भने स्वर्गमा जान्छौ। बाबा स्वयं भन्नुहुन्छ– मनमनाभव। नत्र उच्च पद कसरी मिल्छ? हिसाब गर्ने तिम्रो काम हो। कसैले नसम्झिऊन्– मैले दिन्छु। यो शिवबाबाको यज्ञ हो, चल्छ, चलि नै रहन्छ।

तिमी सच्चा ब्राह्मणहरूको दिलमा छ– हामी केवल भारतमा मात्र होइन, पूरा विश्वमा बाबाको मदतद्वारा आफ्नो राज्य स्थापना गरिरहेका छौं। हामी फेरि पवित्र बनेर विश्वलाई स्वर्ग बनाएर राज्य गर्ने छौं। शिवबाबाको मतमा चल्नाले विश्व स्वर्ग बन्छ। त्यसैले याद राख– शिवबाबा पढाउनु हुन्छ। बाबा भन्नुहुन्छ– जब ब्राह्मण बन्छौ, तबमात्र देवता सम्प्रदायमा आउँछौ। विकारमा गिर्नाले एकदम सत्यानाश हुन पुग्छ। आफूले आफूमाथि नै कृपाको सट्टा अकृपा गर्छन् फेरि श्रापित हुन पुग्छन्। म वरदान दिन आएको छु। तर श्रीमतमा नचल्नाले आफूलाई श्रापित गरिदिन्छन्, पद भ्रष्ट हुन्छन्। अच्छा–

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
 
धारणाको लागि मुख्य सारः–

१) बुद्धिद्वारा सबै कुरा भुल्नको लागि जीवन छँदै मर्नु छ। एक बाबाको नै सुन्नु छ। आफ्नो उन्नतिको लागि पूरा बलिहार जानु छ।

२) श्रीमतमा चलेर स्वयंमाथि कृपा गर्नु छ। सच्चा ब्राह्मण बनेर यज्ञको सम्हाल गर्नु छ। पढाइ राम्रो सँग पढेर उच्च पद लिनु छ।

वरदान:–
स्मृति स्वरूप बनेर विस्मृति भएकालाई स्मृति दिलाउने सच्चा सेवधारी भव

आफ्नो स्मृति स्वरूप अनुहारद्वारा अरूलाई स्मृति स्वरूप बनाउनु– यही सच्चा सेवा हो। तिम्रो अनुहारले अरूलाई स्मृति दिलाओस्– म आत्मा हुँ, मस्तकमा चम्किरहेको आत्मा वा मणिलाई नै देखोस्। जसरी सर्पको मणिलाई देखेर कसैको पनि ध्यान सर्पतिर जाँदैन, त्यसैगरी अविनाशी चम्किरहेको मणिलाई देखेर देह भानलाई भुलोस्, ध्यान स्वत: आत्मा तर्फ जाओस्। विस्मृति भएकालाई स्मृति आओस्, तब भनिने छ– सच्चा सेवाधारी।

स्लोगन:–
अवगुण धारण गर्ने बुद्धिलाई नाश गरेर सतोप्रधान दिव्य बुद्धि धारण गर।