19.01.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो प्यारो बाबालाई याद गर्यौ भने तिमी सतोप्रधान देवता बन्छौ । सारा कुरा यादको यात्रामा आधारित छ । ”

प्रश्न:–
जसरी बच्चाहरूलाई बाबाले खिचेको अनुभव हुन्छ, त्यसैगरी कुन बच्चाहरूले सबैलाई आकर्षित गर्छन्?

उत्तर:–
जो फूल बनेका छन्। जसरी साना बच्चाहरू फूल हुन्छन्, उनीहरूलाई विकारको बारेमा थाहा पनि हुँदैन, त्यसैले उनले सबैलाई आकर्षित गर्छन् नि। यसैगरी तिमी बच्चाहरू पनि जब फूल अर्थात् पवित्र बन्छौ अनि सबैलाई आकर्षण हुन्छ। तिमीहरूमा विकारको कुनै पनि काँडा हुनु हुँदैन।

ओम् शान्ति ।
रूहानी बच्चाहरूले जानेका छौ– यो पुरुषोत्तम संगमयुग हो। आफ्नो भविष्यको पुरुषोत्तम मुख देखेका छौ? पुरुषोत्तम चोला देखेका छौ? महसुस गर्छौ– हामी फेरि नयाँ दुनियाँ सत्ययुगमा यिनको (लक्ष्मी-नारायणको) वंशावलीमा जान्छौं अर्थात् सुखधाममा जान्छौं अथवा पुरुषोत्तम बन्छौं। बस्दा-बस्दै यस्तो विचार आउँछन्! विद्यार्थीले जुन कक्षामा पढ्छन्, त्यो अवश्य बुद्धिमा हुन्छ नि! म वकिल या फलानो बन्छु। त्यस्तै तिमी पनि यहाँ बस्दा यो जानेका हुन्छौ– हामी विष्णु वंशावलीमा जान्छौं। विष्णुका दुई रूप हुन्– लक्ष्मी-नारायण, देवी-देवता। तिम्रो बुद्धि अहिले अलौकिक छ। अरू कुनै मनुष्यको बुद्धिमा यो कुरा रमण गर्दैन। तिमी बच्चाहरूको बुद्धिमा यो सबै कुरा छ। यो कुनै कमन सत्सङ्ग होइन। यहाँ बसेका छौ, बुझेका छौ– सत बाबा जसलाई शिव भनिन्छ, उहाँको सङ्गमा बसेका छौ। शिव बाबा नै रचयिता हुनुहुन्छ, उहाँले रचनाको आदि-मध्य-अन्त्यलाई जान्नुहुन्छ, र उहाँले ज्ञान दिनुहुन्छ। मानौं हिजोको कुरा सुनाउनु हुन्छ। यहाँ बसेका छौ त्यसैले यो त याद हुनुपर्छ नि, हामी आएका हौं– पूरा परिवर्तन हुन अर्थात् यो शरीर परिवर्तन गरेर देवता शरीर लिन। आत्माले भन्छ– मेरो यो तमोप्रधान पुरानो शरीर हो, यसलाई परिवर्तन गरेर यस्तो लक्ष्मी-नारायण बन्नु छ। लक्ष्य-उद्देश्य कति श्रेष्ठ छ। पढाउनेवाला टिचर अवश्य पढ्नेवाला विद्यार्थी भन्दा होसियार हुन्छन् नि। पढाउँछन्, राम्रो कर्म सिकाउँछन् भने अवश्य उच्च हुन्छन् नि। तिमीले जानेका छौ– हामीलाई सर्वोच्च भगवानले पढाउनु हुन्छ। भविष्यमा हामी नै देवता बन्छौं। हामीले जे पढ्छौं, त्यो भविष्य नयाँ दुनियाँको लागि। अरू कसैलाई नयाँ दुनियाँको बारेमा थाहै छैन। तिम्रो बुद्धिमा अहिले आएको छ– यी लक्ष्मी-नारायण नयाँ दुनियाँका मालिक थिए। त्यसैले अवश्य फेरि दोहोरिन्छ। बाबाले सम्झाउनु हुन्छ– तिमीलाई पढाएर मनुष्यबाट देवता बनाउँछु। देवताहरूमा पनि अवश्य नम्बरवार हुन्छन्। दैवी राजधानी हुन्छ नि। सारा दिन तिम्रो यही ख्याल चल्नुपर्छ– म आत्मा हुँ। मेरो आत्मा जो धेरै पतित थियो, त्यसले अब पावन बन्नको लागि पावन बाबालाई याद गर्छ। यादको अर्थ पनि बुझ्नु छ। आत्माले याद गर्छ, आफ्नो प्यारो बाबालाई। बाबा स्वयं भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गरेर तिमी सतोप्रधान देवता बन्छौ। सारा कुरा यादको यात्रामा आधारित छ। बाबाले अवश्य सोध्नुहुन्छ नि– प्यारा बच्चाहरू! कति समय याद गर्छौ? याद गर्दा नै मायाको लडाइँ हुन्छ। तिमी स्वयंले जानेका छौ– यो यात्रा होइन, मानौं लडाइँ हो, यसमा धेरै विघ्न पर्छन्। यादको यात्रामा रहँदा नै मायाले विघ्न पार्छ अर्थात् याद भुलाइदिन्छ। भन्छन् पनि– बाबा, हामीलाई हजुरको यादमा रहँदा नै धेरै मायाको तुफान आउँछ। नम्बरवन तुफान हो– देह-अभिमानको। फेरि हो काम, क्रोध, लोभ, मोह...। बच्चाहरूले भन्छन्– बाबा हामीले धेरै कोसिस गर्छौं यादमा रहँदा कुनै विघ्न नआओस् भनेर। तर फेरि पनि तुफान आउँछ। आज क्रोधको तुफान, आज लोभको तुफान आयो। आज मेरो अवस्था राम्रो रह्यो, कुनै पनि तुफान आएन। यादको यात्रामा सारा दिन रहेँ, धेरै खुसी थिएँ। बाबालाई धेरै याद गरेँ। यादमा प्रेमका आँसु बगिरहन्छन्। बाबाको यादमा रहेमा तिमी मीठो बन्छौ।

तिमी बच्चाहरूले यो पनि बुझेका छौ– हामी मायासँग हार खाँदा-खाँदा कहाँ आइपुगेका छौं। बच्चाहरूले हिसाब निकाल्छन्। कल्पमा कति महिना, कति दिन... हुन्छ। बुद्धिमा आउँछ नि। यदि कसैले भन्छ– लाखौं वर्ष आयु हो, त्यसो हो भने त फेरि कुनै हिसाब गर्न कहाँ सकिन्छ र। बाबा सम्झाउनु हुन्छ– यो सृष्टिको चक्र घुमिरहन्छ। यो सारा चक्रमा हामीले कति जन्म लिन्छौं। कसरी राजघरानामा जान्छौं। यो त जानेका छौ नि। यो बिल्कुलै नयाँ कुरा, नयाँ ज्ञान हो, नयाँ दुनियाँको लागि। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। तिमीले भन्छौ– हामी अहिले मनुष्य हौं, देवता बनिरहेका छौं। देवता पद हो उच्च। तिमी बच्चाहरूलाई थाहा छ– हामीले सबैभन्दा भिन्नै ज्ञान लिइरहेका छौं। हामीलाई पढाउनेवाला बिल्कुल न्यारा, विचित्र हुनुहुन्छ। उहाँको यस्तो साकार चित्र छैन। उहाँ हुनुहुन्छ नै निराकार। त्यसैले ड्रामामा हेर कस्तो राम्रो पार्ट राखिएको छ। बाबाले पढाउने कसरी? त्यसैले स्वयं भन्नुहुन्छ– म फलानो तनमा आउँछु। कुन तनमा आउँछु, त्यो पनि बताउँछु। मनुष्य अलमलिन्छन्– के एउटै तनमा आउनु हुन्छ! तर यो त ड्रामा हो नि। यसमा चेन्ज हुन सक्दैन। यो कुरा तिमीले नै सुन्छौ र धारण गर्छौ अनि सुनाउँछौ– कसरी हामीलाई शिव बाबाले पढाउनु हुन्छ? हामीले फेरि अरू आत्माहरूलाई पढाउँछौं। पढ्छ आत्माले। आत्माले नै सिक्छ, सिकाउँछ। आत्मा अमूल्य छ। आत्मा अविनाशी, अमर छ। केवल शरीर खतम हुन्छ। हामी आत्माहरूले आफ्नो परमपिता परमात्मासँग ज्ञान लिइरहेका छौं। रचयिता र रचनाको आदि-मध्य-अन्त्य, ८४ जन्मको ज्ञान लिइरहेका छौं। ज्ञान कसले लिन्छ? आत्माले। आत्मा अविनाशी छ। मोह पनि राख्नुपर्छ अविनाशी चीजमा, नकि विनाशी चीजमा। यति समयसम्म तिमीले विनाशी शरीरमा मोह राख्दै आयौ। अहिले जानेका छौ– हामी आत्मा हौं, शरीरको भान छोड्नु छ। कोही कोही बच्चाहरूले लेख्छन् पनि– म आत्माले यो काम गरेँ। म आत्माले आज यो भाषण गरेँ। म आत्माले आज बाबालाई धेरै याद गरेँ। उहाँ हुनुहुन्छ परम आत्मा, ज्ञान सागर। तिमी बच्चाहरूलाई कति ज्ञान दिनुहुन्छ। मूलवतन, सूक्ष्मवतनलाई तिमीले जानेका छौ। मनुष्यहरूको बुद्धिमा त केही पनि छैन। तिम्रो बुद्धिमा छ– रचयिता को हुनुहुन्छ? यस मनुष्य सृष्टिको रचयिता हुनुहुन्छ त्यसैले अवश्य यहाँ कर्ममा आउनु हुन्छ।

तिमीलाई थाहा छ– अरू कोही मनुष्य छैन जसले आत्मा र परमात्मा बाबालाई याद गर्छ। बाबाले नै ज्ञान दिनुहुन्छ– आफूलाई आत्मा सम्झ। तिमीले आफूलाई शरीर सम्झेर उल्टोतिर झुण्डिएका छौ। आत्मा सत्-चित-आनन्द स्वरूप हो। आत्माको सबैभन्दा धेरै महिमा छ। एक बाबाको आत्माको कति महिमा छ! उहाँ नै दु:ख हर्ता, सुख कर्ता हुनुहुन्छ। लामखुट्टे आदिको त महिमा गर्दैनन् – ऊ दु:ख हर्ता सुख कर्ता हो, ज्ञानको सागर हो भनेर। यसरी गरिदैन, यो त बाबाको महिमा हो। तिमी पनि सबै स्वयं दु:ख हर्ता, सुख कर्ता हौ किनकि उहाँ बाबाका बच्चाहरू हौ नि, जसले सबैको दु:ख हरेर सुख दिनुहुन्छ। त्यो पनि आधा कल्पको लागि। यो ज्ञान अरू कसैमा छँदै छैन। ज्ञानसागर एउटै बाबा हुनुहुन्छ। हामीमा ज्ञान छैन। एक बाबालाई नै जानेनौं भने बाँकी फेरि के ज्ञान छ भन्ने? अहिले तिमीले महसुस गर्छौ– हामीले पहिला ज्ञान सुन्थ्यौं, तर केही पनि जान्दैनथ्यौं। बेबीमा ज्ञान हुँदैन, कुनै अवगुण पनि हुँदैन त्यसैले उनलाई महात्मा भनिन्छ किनकि पवित्र हुन्छन्। जति सानो बच्चा त्यति नम्बरवन फूल। मानौं बिलकुलै कर्मातीत अवस्था हो। कर्म विकर्मलाई केही पनि जानेका हुँदैनन्। केवल आफूलाई मात्रै चिनेका छन्। उनीहरू फूल हुन् त्यसैले सबैलाई आकर्षित गर्छन्, जसरी अहिले बाबाले आकर्षण गर्नुहुन्छ। बाबा आउनु भएको हो नै तिमीहरू सबैलाई फूल बनाउन। तिमीहरूमा कति नराम्रा काँडा पनि छन्। ५ विकार रूपी काँडा छन् नि। यस समयमा तिमीलाई फूल र काँडाको ज्ञान छ। काँडाको जंगल पनि हुन्छ। बबुलको काँडा सबैभन्दा ठूलो हुन्छ। त्यस काँडाबाट पनि धेरै चीज बन्छन्। तुलना गरिन्छ मनुष्यहरूको। बाबा सम्झाउनु हुन्छ– यस समयमा धेरै दु:ख दिने मनुष्य काँडा हुन्। त्यसैले यसलाई दु:खको दुनियाँ भनिन्छ। भन्छन् पनि– बाबा सुखदाता हुनुहुन्छ। माया रावण दु:खदाता हो। फेरि सत्ययुगमा माया हुँदैन, त्यसैले यो केही पनि कुरा हुँदैन। ड्रामामा एक पार्ट दुई पटक हुन सक्दैन। बुद्धिमा छ– सारा दुनियाँमा जो पार्ट चल्छ, त्यो सबै नयाँ। तिमीले विचार गर– सत्ययुगदेखि लिएर अहिले सम्मको दिन पनि परिवर्तन हुन्छ, एक्टिभिटी पनि परिवर्तन हुन्छ। ५ हजार वर्षको पूरा एक्टिभिटीको रिकर्ड आत्मामा भरिएको छ, त्यो फेर्न सकिँदैन। हर आत्मामा आफ्नो पार्ट भरिएको छ। यो एउटा कुरा पनि कसैले बुझ्न सक्दैन। अहिले आदि-मध्य-अन्त्यलाई तिमीले जानेका छौ। यो विद्यालय हो नि। सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु छ र फेरि बाबालाई याद गरेर पवित्र बन्ने पढाइ पढ्नु छ। यो भन्दा पहिला तिमीले कहाँ जानेका थियौ र– मलाई यो बन्नु छ? बाबाले कति स्पष्ट गरेर सम्झाउनु हुन्छ। तिमी पहिलो नम्बरमा यो थियौ फेरि तिमी तल झर्दै-झर्दै अब के बनेका छौ! दुनियाँलाई त हेर के बनेको छ! कति मनुष्य छन्। यी लक्ष्मी-नारायणको राजधानीको बारेमा विचार गर– के होला! यी जहाँ रहन्छन्, कस्ता हीरा-जुहारतहरूका महल हुन्छन्। बुद्धिमा आउँछ– अहिले हामी स्वर्गवासी बनिरहेका छौं। त्यहाँ हामीले आफ्नै भवन आदि बनाउँछौं। यस्तो होइन, तलबाट द्वारिका निस्केर आउँछ, जसरी शास्त्रहरूमा देखाएका छन्। शास्त्र नाम नै चल्दै आउँछ, अरू त कुनै नाम राख्न सकिँदैन। अरू किताब हुन्छन् पढाइका। त्यस्तै उपन्यास हुन्छन्। बाँकी यसलाई पुस्तक अथवा शास्त्र भन्छन्। त्यो हो पढाइको किताब। शास्त्र पढ्नेहरूलाई भक्त भनिन्छ। भक्ति र ज्ञान दुई चीज हुन्। अब वैराग्य के को? भक्तिको या ज्ञान को? अवश्य भनिन्छ भक्तिको। अहिले तिमीलाई ज्ञान मिलिरहेको छ, जसबाट तिमी यति उच्च बन्छौ। अहिले बाबाले तिमीलाई सुखदायी बनाउनु हुन्छ। सुखधामलाई नै स्वर्ग भनिन्छ। सुखधाममा तिमी जाँदैछौ, त्यसैले तिमीलाई नै पढाउनु हुन्छ। यो ज्ञान पनि तिम्रो आत्माले लिन्छ। आत्माको कुनै धर्म हुँदैन। त्यो त आत्मा हो। फेरि आत्मा जब शरीरमा आउँछ अनि शरीरको धर्म अलग हुन्छ। आत्माको धर्म के हो? एक त आत्मा बिन्दु जस्तै छ र शान्त स्वरूप छ। शान्तिधाम, मुक्तिधाममा रहन्छ। अहिले बाबाले सम्झाउनु हुन्छ– सबै बच्चाहरूको हक छ। धेरै बच्चाहरू छन्, जो अरू अरू धर्ममा परिवर्तित भएका छन्। उनीहरू फेरि निस्केर आफ्नो असली धर्ममा आउँछन्। जो देवी-देवता धर्म छोडेर अरू धर्ममा गएका छन्, ती सबै पातहरू फर्केर आउँछन्, आफ्नो स्थानमा। यी सबै कुरालाई अरू कसैले बुझ्न सक्दैन। पहिला सुरुमा त बाबाको परिचय दिनु छ। यसमा नै सबै अलमलिएका छन्। तिमी बच्चाहरूलाई थाहा छ– अहिले हामीलाई कसले पढाउँछ? बाबाले पढाउनु हुन्छ। कृष्ण त देहधारी हुन्। यिनलाई दादा भनिन्छ। सबै भाइ-भाइ हुन् नि। फेरि छ पद। यो भाइको शरीर हो, यो बहिनीको शरीर हो। यो पनि अहिले तिमीले जानेका छौ– आत्मा त एक सानो सितारा हो। यो सबै ज्ञान सानो सितारामा छ। सिताराले शरीर बिना केही पनि गर्न सक्दैन। सितारालाई पार्ट खेल्नको लागि अंग पनि चाहिन्छ। सिताराको दुनियाँ नै अलग छ। फेरि यहाँ आएर आत्माले शरीर धारण गर्छ। त्यो हो आत्माहरूको घर। आत्मा सानो बिन्दु हो। शरीर ठूलो चीज हो। त्यसैले यसलाई कति याद गर्छन्! अब तिमीले याद गर्नु छ– एक परमपिता परमात्मालाई। यही सत्य हो जब आत्माहरू र परमात्माको मेला हुन्छ। गायन पनि छ– आत्मा परमात्मा अलग रहे बहुकाल... हामी बाबासँग अलग भयौं नि। याद आउँछ कति समय अलग भयौं! बाबाले जे कल्प-कल्प सुनाउँदै आउनु भएको छ, त्यही आएर गर्नुहुन्छ। यसमा अलिकति पनि फरक पर्न सक्दैन। सेकेण्ड बाई सेकेण्ड जो एक्ट चल्छ, त्यो नयाँ। एक सेकेण्ड पास हुन्छ, मिनेट पास हुन्छ, त्यसलाई मानौं छोड्दै जान्छौं। पास हुँदै जान्छ अनि भनिन्छ– यति वर्ष, यति दिन, मिनेट, यति सेकेण्ड पास गरेर आएका हौं। पूरा ५ हजार वर्ष हुन्छ फेरि नम्बरवनबाट सुरु हुन्छ। एक्युरेट हिसाब छ नि। मिनेट, सेकेण्ड सबै नोट गर्छन्। अहिले तिमीसँग सोध्छन्– यिनले कहिले जन्म लिएका थिए? तिमीले गन्ती गरेर भन्छौ। कृष्णले पहिलो नम्बरमा जन्म लिएका हुन्। शिवको त मिनेट, सेकेण्ड केही पनि निकाल्न सकिँदैन। कृष्णको तिथि-तारिख पूरा लेखिएको छ। मनुष्यहरूको घडीमा फरक पर्न सक्छ– मिनेट, सेकेण्डको। शिवबाबाको अवतरणमा त बिलकुल फरक पर्न सक्दैन। थाहा पनि हुँदैन– कहिले आउनु भयो! यस्तो पनि होइन, साक्षात्कार भयो अनि आउनु भयो। अन्दाजमा भनिदिन्छन्। बाँकी यस्तो होइन, यतिबेला प्रवेश भयो। साक्षात्कार भयो– म फलानो बन्छु। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सुखधाममा जानको लागि सुखदायी बन्नु छ। सबैको दु:ख हरेर सुख दिनु छ। कहिल्यै पनि दु:खदायी काँडा बन्नु छैन।

२) यस विनाशी शरीरमा आत्मा नै अति अमूल्य छ, यही अमर अविनाशी हो। त्यसैले अविनाशी चीजसँग प्यार राख्नु छ। देहको भान मेटाइदिनु छ।

वरदान:–
एक बल एक भरोसाको आधारमा गन्तव्यलाई समीप अनुभव गर्ने हिम्मतवान भव

उच्च गन्तव्यमा पुग्नुभन्दा पहिला आँधी तुफान अवश्य आउँछन्, जहाज पारी जानको लागि बीच भुँमरीबाट क्रस गर्नै पर्छ। त्यसैले चाँडै आत्तिनु हुँदैन, थाक्नु हुँदैन, रोकिनु हुँदैन। साथीलाई साथ राख्यौ भने हर मुश्किल अवस्था सहज हुन पुग्छ। हिम्मतवान बनेर बाबाको मदतको पात्र बन। एक बल एक भरोसा– यही पाठलाई सदा पक्का गर्यौ भने बीच भुमरीबाट सहजै निस्कन्छौ अनि गन्तव्य समीप अनुभव हुन्छ।

स्लोगन:–
विश्व कल्याणकारी ती हुन् जसले प्रकृति सहित हर आत्माप्रति शुभ भावना राख्छन्।