31.03.21 Morning Nepali Murli Om Shanti BapDada Madhuban
मीठे बच्चे– एक बाबा
नै नम्बरवन एक्टर हुनुहुन्छ , जसले पतितहरूलाई पावन बनाउने कार्य गर्नुहुन्छ। बाबाले
जस्तो कार्य कसैले गर्न सक्दैन।”
प्रश्न:–
संन्यासीहरूको
योग जिस्मानी योग हो, रूहानी योग बाबाले नै सिकाउनु हुन्छ, कसरी?
उत्तर:–
संन्यासीहरूले ब्रह्म तत्त्वसँग योग लगाउन सिकाउँछन्। अब त्यो त निवासस्थान हो।
त्यसैले त्यो जिस्मानी योग भयो। तत्त्वलाई सुप्रीम भनिदैन। तिमी बच्चाहरूले सुप्रीम
आत्मासँग योग लगाउँछौ त्यसैले तिम्रो योग रूहानी योग हो। यो योग बाबाले मात्रै
सिकाउन सक्नुहुन्छ, अरू कसैले पनि सिकाउन सक्दैन किनकि उहाँ नै तिम्रो रूहानी बाबा
हुनुहुन्छ।
गीत:–
तू प्यार का
सागर है...
ओम् शान्ति ।
प्यारा
बच्चाहरू! धेरै मानिसले भन्छन्– ओम् शान्ति अर्थात् आफ्नो आत्माको परिचय दिन्छन्।
तर स्वयंले बुझ्न सक्दैनन्। ओम् शान्तिको अर्थ धेरै निकाल्छन्। कसैले भन्छन्– ओम्
अर्थात् भगवान। तर होइन, यो आत्माले भन्छ ओम् शान्ति। अहम् आत्माको स्वधर्म हो नै
शान्ती त्यसैले भन्छन्– म हुँ शान्त स्वरूप। यो मेरो शरीर हो, जसद्वारा मैले कर्म
गर्छु। कति सहज छ। त्यसैगरी बाबाले पनि भन्नुहुन्छ– ओम् शान्ति। तर म सबैको बाबा
हुनाले, बीजरूप हुनाले जो रचना रूपी वृक्ष छ कल्पवृक्ष, त्यसको आदि-मध्य-अन्त्यलाई
जान्दछु। जस्तै तिमीले कुनै पनि वृक्ष हेर्यौ भने त्यसको आदि, मध्य, अन्त्यलाई
जान्न सक्छौ, त्यो बीज त जड हो। त्यसैले बाबा सम्झाउनु हुन्छ– यो कल्प वृक्ष हो,
यसको आदि, मध्य, अन्त्यलाई तिमीले जान्न सक्दैनौ, मैले जान्दछु। मलाई भन्छन् नै–
ज्ञानको सागर। मैले बसेर तिमी बच्चाहरूलाई आदि, मध्य, अन्त्यको रहस्य सम्झाइरहेको
छु। यो जुन नाटक हो, जसलाई ड्रामा भनिन्छ, जसका तिमी कलाकार हौ। बाबा भन्नुहुन्छ– म
पनि कलाकार हुँ। बच्चाहरूले भन्छन्– हे बाबा पतित-पावन कलाकार बनेर आउनुहोस्, आएर
पतितहरूलाई पावन बनाउनुहोस्। अहिले बाबा भन्नुहुन्छ– मैले एक्ट (कार्य) गरिरहेको
छु। मेरो पार्ट केवल यस संगमको समयमा नै हुन्छ। यसमा पनि मेरो आफ्नो शरीर छैन। म यस
शरीरद्वारा कार्य गर्छु। मेरो नाम शिव हो। बच्चाहरूलाई नै त सम्झाइन्छ नि। पाठशाला
कुनै बाँदर वा जनावरहरूको लागि त हुँदैन। तर बाबा भन्नुहुन्छ– मनुष्यमा यी ५ विकार
हुनाले अनुहार त मनुष्यको जस्तो छ तर कर्तव्य बाँदरको जस्तै छ। बच्चाहरूलाई बाबाले
सम्झाउनु हुन्छ– पतित त सबैले आफूलाई भन्छन् नै। तर यो जानेका छैनन् – हामीलाई पतित
कसले बनाउँछ र पावन फेरि को आएर बनाउनुहुन्छ? पतित-पावन को हुनुहुन्छ? जसलाई
बोलाउँछन्, तर केही पनि बुझ्न सक्दैनन्। यो पनि जानेका छैनन्– हामी सबै कलाकार हौं।
हामी आत्माले यो चोला लिएर पार्ट खेल्छौं। आत्मा परमधामबाट आउँछ, आएर पार्ट खेल्छ।
सारा खेल यहाँको नै बनेको छ। दुनियाँलाई पावन, दुनियाँलाई पतित कसले बनायो? रावणले।
गायन पनि गर्छन्– रावणको लंकामा राज्य थियो। बाबाले बेहदमा लैजानुहुन्छ। हे बच्चाहरू!
यो सारा सृष्टि बेहदको टापू हो। त्यो त हदको लंका हो। यस बेहदको टापूमा रावणको
राज्य छ। पहिला रामराज्य थियो अब रावण राज्य छ। बच्चाहरूले भन्छन्– बाबा रामराज्य
कहाँ थियो? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! त्यो त यहाँ थियो नि, जसलाई सबैले
चाहन्छन्।
तिमी आदि सनातन देवी-देवता धर्मका हौ, हिन्दु धर्मका होइनौ। मीठे-मीठे सिकीलधे
प्यारा बच्चाहरू! तिमी नै पहिला सुरुमा यहाँ थियौ। तिमीलाई त्यो सत्ययुगको राज्य
कसले दिएको थियो? अवश्य स्वर्ग स्थापना गर्ने परमपिताले नै यो वर्सा दिनुहुन्छ। बाबा
सम्झाउनु हुन्छ– कति अरू अरू धर्ममा परिवर्तन भएका छन्। जब मुसलमानहरूको राज्य थियो,
तब धेरैलाई मुसलमान बनाए। क्रिश्चियनको राज्य थियो, त्यतिबेला धेरैलाई क्रिश्चियन
बनाए। बौद्धिष्टको त यहाँ राज्य पनि भएन तापनि धेरैलाई बौद्धी बनाए। परिवर्तन गरेका
छन् आफ्नो धर्ममा। आदि सनातन धर्म जब प्राय: लोप हुन्छ अनि मात्र फेरि त्यस धर्मको
स्थापना हुन्छ। बाबा तिमीहरू सबै बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीहरू
सबै आदि सनातन देवी-देवता धर्मका थियौ। तिमीले ८४ जन्म लियौ। ब्राह्मण, देवता,
क्षत्रिय.... वर्णमा आयौ। अब फेरि ब्राह्मण वर्णमा आएका छौ देवता वर्णमा जानको लागि।
गायन पनि गर्छन्– ब्राह्मण देवताय नम:। पहिला ब्राह्मणको नाम लिन्छन्। ब्राह्मणहरूले
नै स्वर्ग बनाएका हुन्। यो हो नै भारतवर्षको प्राचीन योग। पहिला सुरुमा जुन राजयोग
थियो, जसको गीतामा वर्णन छ। गीताको योग कसले सिकायो? यो बिर्सेका छन्। बाबा सम्झाउनु
हुन्छ– प्यारा बच्चाहरू! योग त मैले सिकाएको थिएँ। यो हो रूहानी योग। बाँकी सबै हुन्
जिस्मानी योग। संन्यासी आदिले जिस्मानी योग सिकाउँछन्, भन्छन्– ब्रह्मसँग योग लगाऊ।
त्यो त गलत हुन जान्छ। ब्रह्म तत्त्व त निवासस्थान हो। त्यो कुनै सुप्रीम रुह होइन।
बाबालाई बिर्सेका छन्। तिमीले पनि बिर्सेका थियौ। तिमीले आफ्नो धर्मलाई बिर्सियौ।
यो पनि ड्रामामा निश्चित छ। बेलायतमा योग थिएन। हठयोग र राजयोग यहाँ नै हुन्छ। ती
निवृत्ति मार्गका संन्यासीले कहिल्यै राजयोग सिकाउन सक्दैनन्। सिकाउँछ उसैले जसले
जानेको हुन्छ। संन्यासीहरूले त राजाई पनि छोडिदिन्छन्। गोपीचन्द राजाको उदाहरण छ
नि। राजाई छोडेर जंगलमा गए। त्यसको पनि कथा छ। संन्यासी त राजाई छुटाउनेहरू हुन्,
उनले फेरि राजयोग कसरी सिकाउन सक्छन्। यस समयमा सारा वृक्ष जीर्ण भएको छ। अब ढल्यो
कि ढल्यो। कुनै पनि वृक्ष जब जीर्ण हुन्छ अनि अन्त्यमा त्यसलाई ढाल्नु पर्ने हुन्छ।
त्यसैगरी यो मनुष्य सृष्टि रूपी वृक्ष पनि तमोप्रधान छ, यसमा कुनै सार छैन। यसको
अवश्य विनाश हुन्छ। यो भन्दा पहिला यहाँ आदि सनातन देवी-देवता धर्मको स्थापना गर्नु
पर्ने हुन्छ। सत्ययुगमा दुर्गति भएको कोही हुँदैन। उनले बेलायतमा गएर योग सिकाउँछन्
तर त्यो हो हठयोग। ज्ञान बिल्कुलै हुँदैन। अनेक प्रकारका हठयोग छन्। यो हो राजयोग,
यसलाई रूहानी योग भनिन्छ। ती सबै हुन् जिस्मानी। मनुष्यले मनुष्यलाई सिकाउँछन्।
बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– मैले तिमीलाई एकै पटक यो राजयोग सिकाउँछु, अरू
कसैले कदाचित् सिकाउन सक्दैन। रूहानी बाबाले रूहानी बच्चाहरूलाई सिकाउनु हुन्छ– म
एकलाई याद गर्यौ भने तिम्रा सबै पाप मेटिन्छन्। हठयोगीले कहिल्यै यस्तो भन्न
सक्दैनन्। बाबा आत्माहरूलाई सम्झाउनु हुन्छ। यो नयाँ कुरा हो। बाबाले तिमीलाई अहिले
देही-अभिमानी बनाइरहनु भएको छ। बाबाको देह छैन। यिनको तनमा आउनु हुन्छ, भन्नुहुन्छ
यिनको नाम फेरिदिन्छु किनकि मरजीवा बनेका छन्। जस्तै गृहस्थी संन्यासी बने भने
मरजीवा बन्छन्, गृहस्थ आश्रम छोडेर निवृत्ति मार्ग लिएका हुन्छन्। त्यसैले तिम्रो
पनि मरजीवा बनेपछि नाम परिवर्तन हुन्छ। पहिला सुरुमा वतनबाट सबैका नाम ल्याएका थिए
फेरि जो आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती भए त्यसपछि नाम आउन बन्द भयो। त्यसैले
अब बाबा भन्नुहुन्छ– मैले नाम दिऊँ तर फेरि भागे भने त फाल्तु हुन जान्छ। पहिला
आउनेहरूको जुन नाम राखेँ, ती धेरै रमणिक थिए। अब राखिँदैन। उनीहरूको राख्न राम्रो
हुन्छ, जो सदैव कायम रहन सक्छन्। धेरैको नाम राखियो फेरि बाबालाई छोडेर गए त्यसैले
अब नाम फेरिँदैन। बाबाले सम्झाउनु हुन्छ– यो ज्ञान क्रिश्चियनको बुद्धिमा पनि बस्छ।
यति बुझ्छन्– राजयोग निराकार बाबाले नै आएर सिकाउनु भएको थियो। बाबालाई याद गर्नाले
नै पाप भस्म हुन्छ र हामी आफ्नो घर जान्छौं। जो यस धर्मको हो, अन्य धर्ममा परिवर्तन
भएको छ भने ऊ टिक्छ। तिमीले जानेका छौ– मनुष्यले मनुष्यको सद्गति गर्न सक्दैन। यी
दादा पनि मनुष्य हुन्, यिनले भन्छन्– मैले कसैको सद्गति गर्न सक्दिन। यो त बाबाले
हामीलाई सिकाउनु हुन्छ। तिम्रो सद्गति पनि यादद्वारा हुन्छ। बाबा भन्नुहुन्छ– प्यारा
बच्चाहरू! हे आत्माहरू, मसँग योग लगायौ भने तिम्रो विकर्म विनाश हुन्छ। तिमी पहिला
सतोप्रधान पवित्र थियौ फेरि मैला चढ्दै गयो। जो पहिला देवी-देवता २४ क्यारेट सुन
थिए, अब फलाम जस्तै बनेका छन्। यो योग कल्प-कल्प तिमीले सिक्नुपर्छ। तिमीले जानेका
छौ– त्यसमा पनि कसैले पूरा जानेका छन्– कसैले कम जानेका छन्। कोही त यसै हेर्न
आउँछन्– यहाँ के सिकाउँदा रहेछन्? ब्रह्माकुमार-कुमारीहरू यति धेरै बच्चाहरू छन्।
अवश्य प्रजापिता ब्रह्मा हुनुपर्छ नि, जसका यति बच्चाहरू बनेका छन्, अवश्य केही छ।
त्यसैले गएर उनीहरूसँग सोधूँ त सही। तपाईंलाई प्रजापिता ब्रह्माबाट के मिल्छ?
सोध्नुपर्छ नि! तर यति बुद्धि पनि छैन। यहाँको लागि खास भन्छन्। गायन पनि गरिन्छ–
पत्थरबुद्धि सो पारसबुद्धि। पारसबुद्धि सो पत्थरबुद्धि। सत्ययुग त्रेतामा पारसबुद्धि
गोल्डेन एजेड थिए फेरि सिलभर एजमा २ कला कम भयो त्यसैले नाम रहन गयो चन्द्रवंशी
किनकि फेल भए। यो पनि पाठशाला हो। ३३ अंक भन्दा जो तल हुन्छन्, ती फेल हुन्छन्।
राम-सीता फेरि उनको डिनायस्टी, सम्पूर्ण हुँदैनन् त्यसैले सूर्यवंशी बन्न सक्दैनन्।
कोही त फेल हुन्छन् नि किनकि परीक्षा पनि धेरै ठूलो छ। पहिला सरकारी आई.सी.एस.को
ठूलो परीक्षा हुन्थ्यो। सबैले कहाँ पढ्न सक्थे र! करोडौंमा कोही निस्कन्छन्। कोही
सूर्यवंशी महाराजा-महारानी बन्न चाहेमा उनले धेरै मेहनत गर्नुपर्छ। मम्मा बाबाले पनि
पढिरहेका छन्, श्रीमत अनुसार। यिनले पहिलो नम्बरमा पढ्छन् फेरि जसले माता-पितालाई
फलो गर्छन्, उनै उहाँको तख्तमा बस्छन्। सूर्यवंशी ८ डिनायस्टी चल्छ। जस्तै एडवर्ड द
फस्ट , द सेकेण्ड चल्छ। तिम्रो कनेक्शन यी क्रिश्चियनसँग अधिक छ। क्रिश्चियन
घरानाकाले भारतको राजाई निलेका हुन्। भारतको अथाह धन लिएर गए। फेरि विचार गर–
सत्ययुगमा कति अथाह धन हुन्छ। त्यहाँको तुलनामा त यहाँ केही पनि होइन। त्यहाँ सबै
खानीहरू भरिपूर्ण हुन्छन्। अब त हर चीजको खानी खाली हुँदै जान्छन्। चक्र दोहोरिएपछि
फेरि सबै खानी भरिपूर्ण हुन्छन्। प्यारा बच्चाहरू! तिमीले अब रावणलाई जितेर राजाई
लिइरहेका छौ। फेरि आधाकल्प पछि यो रावण आउँछ फेरि तिमीले राजाई गुमाउँछौ। अहिले सबै
कौडी समान बनेका छन्। मैले तिमीलाई हीरा जस्तो बनाएको थिएँ। रावणले तिमीलाई कौडी
जस्तो बनायो। बुझ्दैनन्– यो रावण कहिले आयो? हामीले किन उसलाई जलाउँछौं? भन्छन्– यो
रावण त परम्परादेखि चल्दै आएको हो। बाबा सम्झाउनु हुन्छ– आधाकल्प पछि यो रावण राज्य
सुरु हुन्छ। विकारी बन्नाले आफूलाई देवी-देवता भन्न सक्दैनन्। वास्तवमा तिमी
देवी-देवता धर्मका थियौ। तिमीले जति सुख कसैले देख्न पाउँदैन। सबै भन्दा अधिक गरिब
पनि तिमी बनेका छौ। अरू धर्मावलम्बी पछि वृद्धि हुन्छन्। क्राइस्ट आए, पहिला त धेरै
कम थिए। जब धेरै हुन्छन्, तब त राजाई गर्न सक्छन्। तिमीलाई त पहिला राजाई मिल्छ। यो
त सबै ज्ञानको कुरा हो। बाबा भन्नुहुन्छ– हे आत्माहरू! म बाबालाई याद गर। आधाकल्प
तिमी देह-अभिमानी रह्यौ। अब देही-अभिमानी बन। घरी-घरी यो बिर्सिन्छौ किनकि आधाकल्पको
खिया परेको छ। यस समयमा तिमी ब्राह्मण चोटी हौ। तिमी हौ सबैभन्दा ऊँच। संन्यासीहरूले
ब्रह्मसँग योग लगाउँछन्, त्यसबाट विकर्म विनाश हुँदैन। हरेकलाई सतो रजो तमोमा आउनु
अवश्य छ। फर्केर कोही पनि जान सक्दैन। जब सबै तमोप्रधान बन्छन्, अनि बाबा आएर
सबैलाई सतोप्रधान बनाउनु हुन्छ अर्थात् सबैको ज्योति बल्छ। हरेक आत्मालाई आ-आफ्नो
पार्ट मिलेको छ। तिमी हौ हीरो-हीरोइन पार्टधारी। तिमी बच्चाहरू सबै भन्दा उच्च हौ,
जसले राज्य लिन्छौ फेरि गुमाउँछौ, अरू कसैले राज्य लिँदैनन्। उनले राज्य लिन्छन्,
बाहुबलद्वारा। बाबाले सम्झाउनु भएको छ– जो विश्वका मालिक थिए, उनै बन्छन्। सत्य
राजयोग बाबा सिवाय कसैले सिकाउन सक्दैन। जुन सिकाउँछन्, ती सबै अयथार्थ योग हुन्।
फर्केर त कोही पनि जान सक्दैन। अहिले हो अन्त्य। सबै दु:खबाट छुट्छन्, फेरि
नम्बरवार आउनु छ। पहिला सुख देख्नु छ फेरि दु:ख देख्नु छ। यी सबै बुझ्नु पर्ने कुरा
हुन्। भनिन्छ– हथ कार डे दिल यार डे। काम गरिराख बाँकी बुद्धि योग बाबासँग होस्।
तिमी आत्माहरू प्रियतमा हौ, एक प्रियतमका। अहिले उहाँ प्रियतम आउनु भएको छ। सबै
आत्माहरूलाई सुन्दर फूल बनाएर लिएर जानुहुन्छ। बेहदका प्रियतम र बेहदका प्रियतमा
हुन्। भन्नुहुन्छ– म सबैलाई लिएर जान्छु। फेरि गएर नम्बरवार पुरुषार्थ अनुसार पद
पाउँछौ। ठीक छ गृहस्थ व्यवहारमा बस। बच्चाहरूलाई सम्हाल गर। हे आत्माहरू! तिम्रो
दिल बाबातर्फ होस्। यही यादको अभ्यास गर्दै गर। बच्चाहरूले जानेका छन्– बाबालाई याद
गर्नाले अब हामी स्वर्गवासी बन्छौं। विद्यार्थीहरू त धेरै खुसीमा रहनु पर्छ। यो त
धेरै सहज छ। ड्रामा अनुसार सबैलाई मार्ग बताउनु छ। कसैसँग वादविवाद गर्न आवश्यक छैन।
अहिले तिम्रो बुद्धिमा सारा ज्ञान आइसकेको छ। बिरामी निको भएपछि बधाई दिन्छन्। यहाँ
त सारा दुनियाँ रोगी छन्। थोरै समयमा जयजयकार हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सच्चा-सच्चा
प्रियतमा बनेर हातले काम गर्दै बुद्धिद्वारा प्रियतमलाई याद गर्ने अभ्यास गर्नु छ।
बाबाको यादद्वारा हामी स्वर्गवासी बनिरहेका छौं, यस खुसीमा रहनु छ।
२) सूर्यवंशी डिनायस्टीमा तख्तनशीन बन्नको लागि माता-पितालाई पूरा-पूरा फलो गर्नु
छ। बाबा समान ज्ञानको सागर बनेर सबैलाई मार्ग बताउनु छ।
वरदान:–
अटुट
कनेक्शनद्वारा करेन्टको अनुभव गर्ने सदा मायाजित , विजयी भव
जसरी बिजुलीको शक्तिले
यस्तो करेन्ट लगाउँछ, जसकारण मनुष्य टाढा पुगेर गिर्छ, बेहोस हुन्छ। यसैगरी ईश्वरीय
शक्तिले मायालाई टाढा फ्याँकि देओस्। यस्तो करेन्ट हुनु पर्छ तर करेन्टको आधार
कनेक्शन हो। हिँड्दा-डुल्दा हर सेकेन्ड बाबासँग कनेक्शन जुटेको होस्। यस्तो अटुट
कनेक्शन भयो भने करेन्ट आउँछ र मायाजित, विजयी बन्छौ।
स्लोगन:–
तपस्वी उसलाई
भनिन्छ, जो राम्रो नराम्रो कर्म गर्नेको प्रभावको बन्धनबाट मुक्त छ।