05.04.20 Avyakt Bapdada Nepali Murli 19.12.85 Om Shanti Madhuban
बाबाको अनुसरण
आज सर्व स्नेही
बच्चाहरूको स्नेहको जवाफ दिनको लागि बापदादा मिलन मनाउन आउनु भएको छ। विदेही
बापदादालाई देहको आधार लिनु पर्छ। किन? बच्चाहरूलाई पनि विदेही बनाउनको लागि। जसरी
बाबा विदेही भएर पनि, देहमा आएर विदेही स्वरूपमा, विदेहीपनको अनुभव गराउनुहुन्छ,
त्यसैगरी तिमीहरू सबैले पनि जीवनमा रहेर, देहमा रहेर विदेही आत्म-स्थितिमा स्थित
भएर यस देहद्वारा करावनहार बनेर कर्म गराउनु छ। यो देह करनहार हो। तिमी देही
करावनहार हौ। यही स्थितिलाई विदेही स्थिति भनिन्छ। यसैलाई नै बाबाको अनुसरण भनिन्छ।
सदा बाबाको अनुसरण गर्नको लागि आफ्नो बुद्धिलाई दुई प्रकारको स्थितिमा स्थित गर।
बाबालाई अनुसरण गर्ने स्थिति हो– सदा अशरीरी भव, विदेही भव, निराकारी भव! दादा
अर्थात् ब्रह्मा बाबालाई अनुसरण गर्नको लागि सदा अव्यक्त स्थिति भव, फरिश्ता स्वरूप
भव, आकारी स्थिति भव। यी दुवै स्थितिमा स्थित रहनु नै बाबालाई अनुसरण गर्नु हो। यो
भन्दा तल व्यक्त भाव, देहभान, व्यक्ति भाव– यसमा तल नआऊ। व्यक्ति भाव वा व्यक्त भाव
तल ल्याउने आधार हुन्, त्यसैले सबै भन्दा पर यी दुई स्थितिमा सदा रहने गर। तेस्रो
स्थितिको लागि भने ब्राह्मण जन्म हुनासाथ बापदादाको शिक्षा मिलेको छ– यो गिरावटको
स्थितिमा संकल्पमा वा स्वप्नमा पनि नजानु, यो पराई स्थिति हो। जसरी कोही विना
आज्ञाले परदेश गयो भने के हुन्छ? बापदादाले पनि यो आज्ञाको रेखा खिचिदिनु भएको छ,
भन्नुहुन्छ– यसभन्दा बाहिर नजानु। यदि अवज्ञा गर्छौ भने परेशान पनि हुन्छौ,
पश्चाताप पनि हुन्छ। त्यसैले सदा शानमा रहने, सदा प्राप्ति स्वरूप स्थितिमा स्थित
हुने साधन हो– बाबाको अनुसरण। अनुसरण गर्न त सहज हुन्छ नि! जीवनमा बचपनबाटै अनुसरण
गर्नमा अनुभवी छौ। बचपनमा पनि बाबाले बच्चाको औँला समातेर हिँड्नमा, उठ्न-बस्नमा
अनुसरण गराउँछन्। फेरि जब गृहस्थी बन्छन् त्यतिबेला पनि पति पत्नीलाई एक अर्कोलाई
अनुसरण गर्दै हिँड्न सिकाउँछन्। फेरि पछि गएर गुरु बनाउँछन् अनि गुरुको चेला बन्छन्
अर्थात् अनुसरण गर्नेवाला बन्छन्। लौकिक जीवनमा पनि आदि र अन्त्यमा अनुसरण गर्नु
पर्ने हुन्छ। अलौकिक, पारलौकिक बाबाले पनि एउटै सजिलो कुराको साधन बताउनुहुन्छ– के
गर्ने, कसरी गर्ने, यसरी गरौं वा त्यसरी गरौं भन्ने यस्तो विस्तारमा जानबाट
छुटाइदिनु हुन्छ। सबै प्रश्नको उत्तर एउटै छ– बाबाको अनुसरण।
साकारमा पनि निमित्त बनेर कर्म सिकाउनको लागि पूरा ८४ जन्म लिएका ब्रह्माको आत्मा
निमित्त बन्नु भएको छ। कर्ममा कर्म बन्धनबाट मुक्त हुनको लागि, कर्म सम्बन्ध
निर्वाह गर्नको लागि, देहमा रहेर विदेही स्थितिमा स्थित रहन, तनको बन्धनलाई मुक्त
गर्नको लागि, मनको लगनमा मगन रहने स्थितिमा रहन, धनको एक-एक पैसा सफल गर्न साकार
ब्रह्मा साकार जीवनमा निमित्त बन्नुभयो। कर्मको बन्धनमा भएको आत्मा कर्मातीत बनेर
नमुना बन्नुभयो। त्यसैले साकार जीवनलाई अनुसरण गर्न सजिलो हुन्छ नि। यही पाठ हो
अनुसरण गर्ने। प्रश्न पनि चाहे तनको सोध, सम्बन्धको सोध, धनको सोध सबै प्रश्नको
जवाफ ब्रह्मा बाबाको जीवन हो। जसरी आजकलका वैज्ञानिकहरूले हरेक प्रश्नको उत्तर
कम्प्युटरसँग सोध्छन् किनकि सम्झन्छन्– मनुष्यको बुद्धि भन्दा यो कम्प्युटर सही
हुन्छ। बनाउनेलाई भन्दा पनि बनेको चीजलाई सही सम्झन्छन्। तर तिमी साइलेन्सवालाको
लागि ब्रह्माको जीवन नै सही कम्प्युटर हो। त्यसैले के, कसरीको सट्टा जीवनको
कम्प्युटरमा हेर। कसरी र किनको प्रश्नहरू यसरीमा परिवर्तन हुन्छन्। प्रश्नचित्तको
बदलामा प्रसन्नचित्त हुनेछौ। प्रश्नचित्त भनेको हलचल बुद्धि हो त्यसैले प्रश्न
चिन्ह पनि टेढो छ नि। प्रश्न लेख्यौ भने टेढो-बाङ्गो हुन्छ नि। तर प्रसन्नचित्त
हुन्छ बिन्दु। बिन्दुमा कुनै टेढापन हुन्छ र? चारैतिरबाट एउटै हुन्छ। बिन्दुलाई
जताबाट हेर– सिधा नै देख्छौ र एउटै देख्छौ। चाहे उल्टो चाहे सुल्टोबाट हेर।
प्रसन्नचित्त अर्थात् एकरस स्थितिमा एक बाबालाई अनुसरण गर्नेवाला। फेरि पनि सार के
निक्लियो त? अनुसरण गर्ने ब्रह्मा साकार रूप बाबालाई वा अनुसण गर्ने आकार रूप
ब्रह्मा बाबालाई। चाहे ब्रह्मा बाबालाई अनुसरण गर, चाहे शिव बाबालाई अनुसरण गर। तर
शब्द त्यही हो बाबाको अनुसरण, त्यसैले ब्रह्मा बाबाको महिमा ब्रह्मा वन्दे जगतगुरु
भनेर गर्छन् किनकि अनुसरण गर्नको लागि साकार रूपमा ब्रह्मा नै साकार जगतको लागि
निमित्त बन्नुहुन्छ। तिमीहरू सबै पनि आफूलाई शिवकुमार, शिवकुमारी कहलाउँदैनौ।
ब्रह्माकुमार ब्रह्माकुमारी कहलाउँछौ। साकार रचनाको निमित्त साकार श्रेष्ठ जीवनको
नमुना ब्रह्मा नै बन्नुहुन्छ। त्यसैले सद्गुरु शिव बाबालाई भनिन्छ, गुरु
सिकाउनेवालालाई पनि भनिन्छ। जगतको अगाडि सिकाउनको लागि ब्रह्मा नै निमित्त
बन्नुहुन्छ। त्यसैले हरेक कर्ममा अनुसरण गर्नु छ। ब्रह्मालाई यस हिसाबले जगतगुरु
भनिन्छ, त्यसैले जगतब्रह्माको बन्दना गरिन्छ। जगतपिताको उपाधि पनि ब्रह्माको हो।
विष्णुलाई वा शंकरलाई प्रजापिता भनिँदैन। तिनीहरूले मालिकको हिसाबले पति भनिँदिएका
हुन् तर हुन् पिता। जति नै जगतको प्यारा त्यति नै जगतबाट न्यारा बनेर अहिले अव्यक्त
रूपमा अव्यक्त स्थिति भवको पाठ पढाइरहनु भएको छ। बुझ्यौ, कुनै पनि आत्माको यस्तो र
यत्ति न्यारापन हुँदैन। यो न्यारापनको ब्रह्माको कहानी फेरि सुनाउँला।
आज त शरीरलाई पनि सम्हाल गर्नु छ। जब सापटी लिइन्छ तब राम्रो मालिक उही हुन्छ जसले
शरीरलाई, स्थानलाई शक्ति अनुसार कार्यमा लगाउँछ। फेरि पनि बापदादा दुवैको शक्तिशाली
पार्टलाई रथले चलाउन निमित्त बनेको छ। यो पनि ड्रामामा विशेष वरदानको आधार हो। कति
बच्चाहरूको प्रश्न पनि उठ्छ– यही रथ निमित्त किन बन्यो? अरूको त कुरै छोड,
गुल्जारलाई पनि उठ्छ। तर जसरी ब्रह्माले पनि आफ्नो जन्मलाई जानेका थिएन् नि, यिनले
पनि आफ्नो वरदानलाई भुलेकी छन्। यो विशेष साकार ब्रह्माको आदि साक्षात्कारको पार्टको
समयमा बच्चीलाई वरदान मिलेको छ। ब्रह्मा बाबाको साथमा आदि समयमा एकान्तको तपस्वी
स्थानमा यो आत्माको विशेष साक्षात्कारको पार्टलाई देखेर ब्रह्माले बच्चीको सरल
स्वभाव, स्वच्छ जीवनको पनि विशेषतालाई देखेर यो वरदान दिनुभएको थियो– जसरी अहिले यस
पार्टमा आदिमा ब्रह्मा बाबाको साथी पनि बन्यौ र साथमा पनि रहेकी छौ, त्यसैगरी पछि
गएर बाबाको साथी बन्ने, समान बन्ने कर्तव्य पनि सम्हाल्ने छौ। ब्रह्मा बाबा समान
सेवामा पार्ट खेल्ने छौ र त्यही वरदान भाग्यको रेखा बन्यो। ब्रह्मा बाबा समान रथ
बनेर पार्ट खेल्ने यो पनि निश्चित भयो। फेरि पनि बापदादाले यो पार्ट खेलेकोमा
बच्चीलाई पनि बधाई दिनुहुन्छ। यति समय, यति शक्तिलाई निर्वाह गर्नु, यो निर्वाह
गर्ने विशेषताको सहयोगको कारण पनि एक्स्ट्रा गिफ्ट हो। फेरि पनि बापदादालाई शरीरको
सबै हेर्न पर्ने हुन्छ। बाजा पुरानो छ र चलाउनेवाला शक्तिशाली हुनुहुन्छ। फेरि पनि
हाँ जी, हाँ जीको पार्टको कारणले राम्रै चलिरहेको छ। तर बापदादाले पनि विधि र
युक्तिपूर्वक नै काम चलाइरहनु भएको छ। मिल्ने प्रतिज्ञा त छ तर विधि, समय प्रमाण
परिवर्तन भइरहने छ। अब फेरि अठारौं वर्षमा सबै सुनाउँला। १७ त पूरा गर्नु नै छ।
अच्छा!
अनुसरण गर्ने सबै सहज पुरुषार्थी बच्चाहरूलाई, सदा प्रसन्नचित्त विशेष आत्माहरूलाई,
सदा करावनहार बनेर देहद्वारा कर्म गर्ने मास्टर रचयिता बच्चाहरूलाई, यसरी बापदादाको
स्नेहलाई जीवनद्वारा देखाउने बच्चाहरूलाई स्नेह सम्पन्न बापदादाको याद-प्यार एवं
नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
टिचर
बहिनीहरूसँग अव्यक्त बापदादाको भेटघाट :–
१- टिचर सदा स्वस्थितिले स्वयं पनि अगाडि बढ्ने र अरूलाई पनि अगाडि बढाउनेवाला।
बढ्नु र बढाउनु, यही टिचरको विशेष लक्ष्य हो र लक्षण पनि हो। सदा बाबा समान मास्टर
सर्वशक्तिमान् आत्मा बनेर अगाडि बढ्दै र बढाउँदै गर। त्यागद्वारा भाग्य प्राप्त
गर्ने श्रेष्ठ आत्मा हौ, सदैव त्याग नै भाग्य हो। श्रेष्ठ भाग्य, श्रेष्ठ कर्म र
श्रेष्ठ फल… सदा यिनै प्रत्यक्षफलद्वारा स्वयं र अरूलाई उडाउँदै जाऊ। आफूलाई हरेक
कर्ममा निमित्त सम्झिनु– यही श्रेष्ठ बन्ने सहज साधन हो। सेवाधारी बन्नु– यो पनि
संगमयुगमा विशेष भाग्यको निशानी हो। सेवा गर्नु अर्थात् जन्म-जन्मको लागि सम्पन्न
बन्नु हो किनकि सेवामा जम्मा हुन्छ र जम्मा भयो भने अनेक जन्म खाइरहेने छौ। सेवामा
जम्मा भइरहेको छ, यदि यो स्मृति रह्यो भने पनि सदा खुशीमा रहने छौ। खुशीको कारणले
कहिल्यै थाक्ने पनि छैनौ। सेवाले अथक बनाउँछ, खुशीको अनुभव पनि गराउँछ।
सेवाधारी अर्थात् बाबा समान। समानतालाई जाँच गर्दै बाबा समान बनेर अरूलाई पनि बाबा
समान बनाउँदै जाऊ। सेन्टरको वायुमण्डललाई शक्तिशाली बनाउनको लागि एक-दुई चक्कर
लगाएर शक्तिशाली यादको अनुभूतिको प्रोग्राम बनाऊ। शक्तिशाली वातावरणले कति कुराबाट
स्वत: दूर बनाइदिन्छ। अब स्वयं गुणवान बनेर अरूलाई पनि गुणवान बनाउँदै जाऊ।
२- सबैले स्वयंलाई कुनचाहिँ मणि सम्झन्छौ? (सन्तुष्टमणि) अहिलेको समयमा विशेष
सन्तुष्टताको नै आवश्यकता छ। पूजा पनि धेरै कुन देवीको गर्छन्? सन्तोषीको।
सन्तोषीलाई सन्तुष्ट गर्न सजिलो पनि छ। सन्तोषी सन्तुष्ट चाँडै हुन्छिन्। सन्तोषीको
पूजा किन हुन्छ? किनकि आजको समयमा तनाव धेरै छ, समस्याहरू धेरै छन् त्यही कारणले
असन्तुष्टता बढ्दै गएको हो। सन्तुष्ट रहन सक्ने साधन सबैले सोच्छन्। तर गर्न
सक्दैनन्। त्यसैले यस्तो समयमा तिमीहरू सबै सन्तुष्टमणि बनेर सन्तुष्टताको प्रकाश
देऊ। आफ्नो सन्तुष्टताको प्रकाशले अरूलाई पनि सन्तुष्ट बनाऊ। पहिला स्वयंबाट स्वयं
सन्तुष्ट बन फेरि सेवाबाट सन्तुष्ट, फेरि सम्बन्धबाट सन्तुष्ट रहने गर तब नै
सन्तुष्टमणि कहलाउने छौ। सन्तुष्टताका पनि तीन प्रमाणपत्र चाहिन्छ। आफू आफैंसँग,
सेवासँग, फेरि साथीहरूसँग। यी तीनै प्रमाण पत्र लिएका छौ नि? ठीक छ, फेरि पनि
दुनियाँको हलचलबाट निक्लिएर अचल घरमा पुगेका छौ। यो बाबाको स्थान अचल घर हो। त्यसैले
अचल घरमा पुग्नु, यो पनि धेरै भाग्यको निशानी हो। त्याग गर्यौ त्यसैले अचल घर पुग्यौ?
भाग्यवान बन्यौ तर भाग्यको रेखा अझै पनि जति लामो खिच्न चाहन्छौ, त्यति खिच्न सक्छौ।
भाग्यवानको लिस्टमा आयौ किनकि भगवानको बन्यौ त्यसैले भाग्यवान भयौ। अरू सबैसँग
किनारा गरेर एकलाई आफ्नो बनायौ त्यसैले भाग्यवान भयौ। बापदादा बच्चाहरूको यो
हिम्मतलाई देखेर खुशी हुनुहुन्छ। जे भए पनि त्याग र सेवाको हिम्मतमा श्रेष्ठ छौ।
साना छौ वा नयाँ छौ तर पनि बापदादाले त्याग र हिम्मतको बधाई दिनुहुन्छ। त्यही
सम्मानले बापदादाले हेर्नुहुन्छ। निमित्त बन्नुमा पनि महत्त्व हुन्छ। यही महत्त्वले
सदा अगाडि बढ्दै विश्वमा महान आत्मा बनेर प्रसिद्ध हुनेछौ। त्यसैले आफ्नो महानतालाई
त जानेका छौ नि! जति महान बन्छौ त्यति निर्मान बन्नु छ। जसरी फलदायक वृक्षको निशानी
हुन्छ– झुक्नु। त्यस्तै जो निर्मान हुन्छन् तिनीहरू नै प्रत्यक्ष फल खानेवाला
हुन्छन्। संगमयुगको विशेषता नै यो हो।
कुमारहरूसँग
अव्यक्त बापदादाको भेटघाट :–
कुमार अर्थात् कमजोरीलाई सदाको लागि छोडपत्र दिनेवाला। आधा कल्पको लागि कमजोरीलाई
छोडपत्र दियौ नि वा अहिलेसम्म दिएका छैनौ? जो सदा समर्थ आत्मा छन् तिनीहरूको अगाडि
कमजोरी आउन सक्दैन। सदा समर्थ रहनु अर्थात् कमजोरीलाई समाप्त गर्नु। यस्ता समर्थ
आत्माहरू बाबालाई पनि प्रिय लाग्छ। परिवारलाई पनि प्रिय लाग्छ। कुमार अर्थात् आफ्नो
हरेक कर्मद्वारा अनेकौंको श्रेष्ठ कर्मको रेखा खिच्नेवाला। स्वयंको कर्म अरूको
कर्मको रेखा बनाउनमा निमित्त बनोस्। यस्तो सेवाधारी बन्नु छ। त्यसैले हरेक कर्ममा
यो जाँच गर– हर कर्म यसरी स्पष्ट छन् जुन अरूलाई पनि कर्मको रेखा स्पष्ट देखियोस्।
यसरी श्रेष्ठ कर्मको श्रेष्ठ खातालाई सदा जम्मा गर्नेवाला विशेष आत्मा बन्नु छ।
यस्तालाई भनिन्छ सच्चा सेवाधारी। याद र सेवा, यही हुन् सदा अगाडि बढाउने साधन। यादले
शक्तिशाली बनाउँछ र सेवाले खजानाबाट सम्पन्न बनाउँछ। याद र सेवाले अगाडि बढ्दै गर र
बढाउँदै गर। अच्छा।
वरदान:–
ब्रह्मा बाबा
समान सबैभन्दा श्रेष्ठ तस्वीर बनाउने परोपकारी भव
श्रेष्ठ स्मृति र
श्रेष्ठ कर्मद्वारा भाग्यको तस्वीर त सबै बच्चाहरूले बनाएका छौ। अब केवल अन्तिम
टचिङ्ग छ सम्पूर्णता अथवा ब्रह्मा बाबा समान श्रेष्ठ भन्दा श्रेष्ठ बन्ने। यसको लागि
परोपकारी बन अर्थात् स्वार्थ भावदेखि सदा मुक्त रहने गर। हरेक परिस्थितिमा, हरेक
कार्यमा, हरेक सहयोगी संगठनमा जति नि:स्वार्थपन हुन्छ, त्यति नै पर-उपकारी बन्न
सक्छौ। सदा स्वयंलाई भरपुर अनुभव गर्ने छौ। सदा प्राप्ति स्वरूपको स्थितिमा स्थित
रहने छौ। स्व प्रति केही पनि स्वीकार गर्ने छैनौ।
स्लोगन:–
सर्वस्व त्यागी
बन्नाले नै सरलता र सहनशीलताको गुण आउँछ।