12.04.21          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिम्रो यो अनौठो विश्व विद्यालय हो , जसमा बिग्रेका लाई बनाउने भोलानाथ बाबा टिचर बनेर तिमीलाई पढाउनु हुन्छ।”

प्रश्न:–
यस कयामतको समयमा तिमी बच्चाहरूले सबैलाई कुनचाहिँ लक्ष्य दिन्छौ?

उत्तर:–
हे आत्माहरू! अब पवित्र बन्नुहोस्, पवित्र नबनेसम्म फर्केर जान सकिँदैन। आधा कल्प देखिको जुन रोग लागेको छ, त्यसबाट मुक्त हुनको लागि तिमीले सबैलाई ७ दिनको भट्टीमा बस्न लगाउँछौ। पतितहरूको संगतबाट टाढा बस, कोही पनि याद नआओस्, अनि बुद्धिमा ज्ञानको केही धारणा हुन्छ।

गीत:–
तूने रात गँवाई...

ओम् शान्ति ।
बच्चाहरूलाई यो कसले भन्यो? किनकि विद्यालयमा बसेका छौ भने अवश्य टिचरले भन्नुभयो। प्रश्न उठ्छ, यो टिचरले भन्नुभयो, बाबाले भन्नुभयो वा सद्गुरुले भन्नुभयो? यी वाक्यहरू कसले भन्नुभयो? बच्चाहरूको बुद्धिमा सबैभन्दा पहिला त यो आउनु पर्छ– हाम्रो बेहदको बाबा हुनुहुन्छ, जसलाई परमपिता परमात्मा भनिन्छ। त्यसैले बाबाले पनि भन्नुभयो, शिक्षकले पनि भन्नुभयो भने साथ-साथै सद्गुरुले पनि भन्नुभयो। यो तिमी विद्यार्थीहरूको बुद्धिमा छ। कलेजमा वा विश्व विद्यालयमा टिचरले पढाउँछन्, उनलाई कुनै फादर वा गुरु भनिदैन। यो पनि पाठशाला हो, फेरि विश्व विद्यालय भन वा कलेज भन। हुन्छ त पढाइ नै। पहिला त यही जान्नु छ, पाठशालामा हामीलाई कसले पढाउनु हुन्छ? बच्चाहरूले जानेका छन्– उहाँ जो निराकार हुनुहुन्छ, जो सबै आत्माहरूका पिता हुनुहुन्छ, सबैको सद्गतिदाता हुनुहुन्छ, उहाँले नै हामीलाई पढाउँदै हुनुहुन्छ। यो सारा रचना उहाँ एक रचयिताको नै सम्पत्ति हो। उहाँ स्वयं नै बसेर रचनाको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। तिमी बच्चाहरूले जन्म लिएका छौ– बाबाको पासमा। तिमीले बुद्धिद्वारा जानेका छौ– उहाँ हामी सबै आत्माहरूका पिता हुनुहुन्छ, जसलाई ज्ञानको सागर, नलेजफुल भनिन्छ। ज्ञानको सागर हुनुहुन्छ, पतित-पावन हुनुहुन्छ। ज्ञानद्वारा नै सद्गति हुन्छ, मनुष्य पतितबाट पावन बन्छन्। अब तिमी बच्चाहरू यहाँ बसेका छौ। अरू कुनै विद्यालयमा कसैको बुद्धिमा रहँदैन– हामीलाई ज्ञानको सागर निराकार बाबाले पढाइरहनु भएको छ। यो कुरा तिमीले यहाँ नै जानेका छौ। तिमीलाई नै सम्झाइन्छ। सारा दुनियाँमा यस्तो कसैले जानेका छैनन्– हामीलाई निराकार बाबाले पढाउनु हुन्छ। उनीहरूलाई पढाउने त हुन् नै मनुष्य टिचर। यो पनि ज्ञान छैन जसबाट सम्झून्– हामी आत्मा हौं। आत्माले नै पढ्छ। आत्माले नै सबै कुरा गर्छ। फलानो नोकरी आत्माले गर्छ, यी अंगहरूद्वारा। उनलाई त यस्तो लाग्छ हामी फलाना हौं। तुरुन्तै आफ्नो नाम-रूप याद आउँछ। हामीले यो गर्छौं, हामीले यस्तो गर्छौं। शरीरको नाम नै याद आउँछ, तर यो गलत हो। हामी त पहिला आत्मा हौं। पछि यो शरीर लिएका हौं। शरीरको नाम परिवर्तन भइरहन्छ, आत्माको नाम त परिवर्तन हुँदैन। आत्मा त एउटै हो। बाबाले भन्नुभएको छ– म आत्माको एउटै नाम शिव हो। यो सारा दुनियाँले जान्दछ। बाँकी यतिका सबै नाम शरीरको राखिन्छ। शिवबाबालाई त शिव नै भनिन्छ। उहाँको कुनै शरीर देखा पर्दैन। मनुष्यको त नाम राखिन्छ, म फलाना हुँ। हामीलाई फलाना टिचरले पढाइरहनु भएको छ। नाम लिन्छन् नि। वास्तवमा आत्माले शरीरद्वारा टिचरको काम गर्छ, उनको आत्माले पढाउँछ। संस्कार आत्मामा हुन्छ। अंगहरूद्वारा पढाउँछ, पार्ट खेल्छ, संस्कार अनुसार। तर शरीरलाई जुन नाम दिइन्छ, त्यसैको आधारमा सारा काम व्यवहार चल्छ। यहाँ तिमी बच्चाहरूलाई थाहा छ– हामीलाई निराकार बाबाले पढाउनु हुन्छ। तिम्रो बुद्धि कहाँ गयो? हामी आत्मा उहाँ बाबाको बनेका छौं। आत्माले सम्झन्छ– निराकार बाबा आएर हामीलाई यस साकारद्वारा पढाउनु हुन्छ। उहाँको नाम हो शिव। शिवजयन्ती पनि मनाउँछन्। शिव त हुनुहुन्छ बेहदको पिता, उहाँलाई नै परमपिता परमात्मा भनिन्छ। उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ, अब उहाँको जयन्ती कसरी मनाउने? आत्मा शरीरमा प्रवेश गर्छ वा गर्भमा आउँछ। माथिबाट आउँछ, यो कसैलाइ थाहा हुँदैन। क्राइस्टलाई धर्म स्थापक भनिन्छ। उनको आत्मा सबैभन्दा पहिला माथिबाट आउनु पर्छ। सतोप्रधान आत्मा आउँछ। कुनै पनि विकर्म गरेको हुँदैन। पहिला सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछ अनि विकर्म हुन्छ। पहिला जुन आत्मा आउँछ, त्यो सतोप्रधान हुनाले कुनै दु:ख भोग्नु पर्दैन। जब आधा समय पूरा हुन्छ अनि विकर्म गर्न लाग्छ।

आज भन्दा ५ हजार वर्ष पहिला अवश्य सूर्यवंशी राज्य थियो अरू सबै धर्म पछि आए। तिमीहरू विश्वका मालिक थियौ। भारतखण्डलाई अविनाशी खण्ड भनिन्छ अरू कुनै खण्ड छँदै थिएन। शिवबाबा हुनुहुन्छ बिग्रेकालाई बनाउने, भोलानाथ शिवलाई भनिन्छ, नकि शंकरलाई। भोलानााथ शिव बिग्रेकालाई बनाउनेवाला हुनुहुन्छ। शिव र शंकर एउटै होइनन्, अलग अलग हुन्। ब्रह्मा, विष्णु, शंकरको कुनै महिमा छैन। महिमा केवल एक शिव बाबाको छ, जो बिग्रेकालाई बनाउने वाला हुनुहुन्छ। भन्नुहुन्छ– म साधारण वृद्ध शरीरमा आउँछु। यिनले ८४ जन्म पूरा गरे। अब खेल पूरा भयो। यो पुरानो चोला, पुरानो सम्बन्ध पनि समाप्त हुन्छ। अब कसलाई याद गर्ने? नष्ट हुने चीजलाई याद गरिंदैन। नयाँ घर बन्छ भने फेरि पुरानोबाट दिल हट्छ। फेरि यी हुन् बेहदका कुरा। सबैको सद्गति हुन्छ अर्थात् रावणको राज्यबाट सबैलाई छुट्कारा मिल्छ। रावणले सबैलाई बिगारी दिएको छ। भारत बिल्कुल नै कंगाल भ्रष्टाचारी छ। मानिसहरूले भ्रष्टाचार सम्झन्छन् करप्सन, एडल्टेशनलाई, चोरी, ठगीलाई। तर बाबा भन्नुहुन्छ– पहिलो भ्रष्टाचार हो विकारी बन्नु। शरीर विकारबाट पैदा हुन्छ त्यसैले यसलाई विकारी संसार भनिन्छ। सत्ययुगलाई निर्विकारी भनिन्छ। हामी सत्ययुगमा प्रवृत्तिमार्गका देवी देवता थियौं। भन्छन्– पवित्र बनेपछि त फेरि विकार विना कसरी बच्चा जन्मन्छ? भन– हामीले आफ्नो राजधानी बाहुबलले होइन, योगबलद्वारा स्थापना गर्छौं। त्यसैले के योगबलले बच्चा पैदा हुन सक्दैन? जबकि हो नै निर्विकारी दुनियाँ, पवित्र गृहस्थ आश्रम। यथा राजा रानी सम्पूर्ण निर्विकारी तथा प्रजा। यहाँ छन् सम्पूर्ण विकारी। सत्ययुगमा विकार हुँदैन। त्यसलाई भनिन्छ ईश्वरीय राज्य। ईश्वर बाबाद्वारा स्थापना गरिएको। अहिले त हो रावण राज्य। शिव बाबाको पूजा हुन्छ, जसले स्वर्गको स्थापना गर्नुभयो। रावण, जसले नर्क बनायो त्यसलाई जलाउँदै आइन्छ। द्वापर कहिले सुरु भयो? यो पनि कसैलाई थाहा छैन। यो पनि बुझ्ने कुरा हो। यो हो नै तमोप्रधान आसुरी दुनियाँ। त्यो हो ईश्वरीय दुनियाँ। त्यसलाई स्वर्ग दैवी पावन दुनियाँ भनिन्छ। यो हो नर्क, पतित दुनियाँ। यी कुरा पनि उसैले बुझ्छ, जसले सधैं पढ्छ। धेरैले भन्छन्– फलाना ठाउँमा विद्यालय कहाँ छ र। अरे, हेड अफिस त छ नि। तिमी आएर डाइरेक्सन लिएर जाऊ। ठूलो कुरा त छैन। सृष्टि चक्रलाई सेकेण्डमा सम्झाइन्छ। सत्ययुग त्रेता बितिसक्यो। फेरि द्वापर, कलियुग यो पनि बित्यो। अहिले हो संगमयुग। नयाँ दुनियाँमा जानको लागि पढ्नु छ। हरेकलाई अधिकार छ पढ्ने। बाबा मैले नोकरी गर्छु। ठीक छ, एक हप्ता ज्ञान लेऊ अनि जाऊ, मुरली मिलिरहन्छ। पहिला ७ दिन भठ्ठीमा अवश्य बस्नुपर्छ। ७ दिन आए पनि सबैको बुद्धि एकनाशको हुँदैन। ७ दिनको भठ्ठी अर्थात् कसैको पनि याद नआओस्। कसैसँग पत्र व्यवहार आदि पनि नहोस्। सबैले एकै किसिमले त बुझ्न सक्दैनन्। यहाँ पतितहरूलाई पावन बन्नु छ। यो पतितपना पनि रोग हो, मनुष्य आधाकल्पदेखिका महारोगी हुन्। उनीहरूलाई अलग्गै बसाल्नुपर्छ। अरू कसैको पनि सँगत नहोस्। बाहिर जान्छन्, उल्टो सुल्टो खान्छन्, पतितको हातको खान्छन्। सत्ययुगमा देवताहरू पावन हुन्छन् नि। हेर उनीहरूका खास मन्दिर बन्छन्। देवताहरूलाई फेरि पतितले छुन सक्दैन। यस समयमा त मनुष्य बिल्कुल पतित भ्रष्टाचारी छन्। शरीर विषबाट पैदा हुन्छ त्यसैले यसलाई भ्रष्टाचारी भनिन्छ। संन्यासीहरूको शरीर पनि विषबाट बनेको छ। बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला आत्मालाई पवित्र हुनु छ, फेरि शरीर पनि पवित्र हुनु छ, त्यसैले पुरानो अपवित्र शरीर सबै विनाश हुनु छ। सबैलाई फर्केर जानु छ। यो हो कयामतको समय। सबै पवित्र बनेर फर्केर जानु छ। भारतवर्षमा नै होलिका मनाइन्छ। यहाँ ५ तत्त्वका शरीर तमोप्रधान छन्। सत्ययुगमा शरीर पनि सतोप्रधान हुन्छ। श्रीकृष्णको चित्र छ नि। नर्कलाई लात मार्नु छ किनकि सत्ययुगमा जानु छ। मुर्दालाई पनि जब स्मशानमा लगिन्छ तब पहिला मुख शहरतर्फ, खुट्टा स्मशानतर्फ फर्काउँछन्। फेरि जब स्मशानमा पुग्छन् तब मुख स्मशानतर्फ फर्काउँछन्। अहिले तिमी स्वर्गमा जाँदैछौ त्यसैले तिम्रो मुख त्यतातर्फ छ। शान्तिधाम र सुखधाम, खुट्टा दु:खधामतर्फ छ। त्यो त मुर्दाको कुरा हो, यहाँ त पुरुषार्थ गर्नुपर्छ। स्वीट होमलाई याद गर्दा गर्दै तिमी आत्माहरू स्वीट होममा पुग्छौ। यो हो बुद्धिको अभ्यास। बाबा बसेर यो सबै रहस्य सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ– अहिले हामी आत्माहरूलाई जानु छ घर। यो पुरानो चोला पुरानो दुनियाँ हो। नाटक पूरा भयो अर्थात् ८४ जन्मको पार्ट खेलियो। यो पनि सम्झाइएको छ– सबैले ८४ जन्म लिनु पर्दैन। जो आउँछन् नै पछि अरू धर्ममा, अवश्य उनीहरूको जन्म थोरै हुन्छ। ईस्लामीहरूको भन्दा बौद्धीहरूको जन्म थोरै। क्रिश्चियनहरूको उनीहरूको भन्दा पनि कम। गुरु नानकको सिक्खहरू त आएका हुन् नै अहिले मात्र। गुरु नानक आएको ५०० वर्ष भयो भने उनले ८४ जन्म त लिंदैनन् नि। हिसाब गर्न सकिन्छ। ५००० वर्षमा यति जन्म हुन्छ भने ५०० वर्षमा कति जन्म होला? १२-१३ जन्म। क्राइस्टको २००० वर्ष हुन्छ भने उनको कति जन्म होला? आधा भन्दा पनि कम हुन्छ। हिसाब छ नि। यस मध्ये कसैको कति, कसैको कति, एक्युरेट भन्न सकिन्न। यी कुरामा वाद-विवाद गरेर समय खेर फाल्नु छैन। तिम्रो काम हो बाबालाई याद गर्नु। फाल्तु कुरामा बुद्धि जानु हुँदैन। बाबासँग योग लगाउनु, चक्रलाई जान्नु छ। बाँकी पाप नष्ट हुन्छ यादद्वारा। यसैमा मेहनत छ। त्यसैले भारतको प्राचीन योग भनिन्छ, जसलाई बाबाले नै सिकाउनु हुन्छ। सत्ययुग, त्रेतायुगमा त योगको कुरै हुँदैन। फेरि भक्तिमार्गमा हठयोग सुरु हुन्छ। यो हो सहज राजयोग। बाबा भन्नुहुन्छ– मलाई याद गर्नाले पावन बन्छौ। मुख्य कुरा यादको हो। कुनै पनि पाप गर्नु छैन। देवी देवताहरूका मन्दिर छन् किनकि पवित्र हुन्छन्। पुजारीहरू त पतित छन्। पावन देवताहरूलाई स्नान आदि गराउँछन्। वास्तवमा त पतितहरूको हातले छुन पनि हुँदैन। यो सबै हो भक्तिमार्गको रसम-रिवाज। अहिले त हामी पवित्र बनिरहेका छौं। पवित्र बनेपछि फेरि देवता बन्छौं। त्यहाँ त पूजा आदिको आवश्यकता हुँदैन। सबैको सद्गतिदाता हुनुहुन्छ नै एक बाबा। उहाँलाई नै भोलानाथ भनिन्छ। म आउँछु पतित दुनियाँ, पतित शरीरमा पुरानो रावण राज्यमा। हो, कसैको पनि शरीरमा प्रवेश गरेर मुरली चलाउन सक्छु। यसको मतलब यो होइन– सर्वव्यापी छु। हरेकमा त आ-आफ्नो आत्मा हुन्छ। फाराममा पनि लेखाइन्छ– तपाईंको आत्माको पिता को हुनुहुन्छ? तर कुरा बुझ्दैनन्। आत्माहरूका पिता त एउटै हुनुहुन्छ। हामी सबै भाइहरू हौं। पिता एउटै हुनुहुन्छ। उहाँबाट वर्सा मिल्छ जीवनमुक्तिको। उहाँ नै मुक्तिदाता, गाइड हुनुहुन्छ। सबै आत्माहरूलाई लैजानु हुन्छ स्वीट होम, त्यसैले पुरानो दुनियाँको विनाश हुन्छ। होलिका हुन्छ नि। शरीर सबै नष्ट हुन्छ। बाँकी आत्माहरू सबै फर्केर जान्छन्। सत्ययुगमा त फेरि धेरै कम हुन्छन्। जान्नुपर्छ– स्वर्गको स्थापना कसले गराउनु हुन्छ, कलियुगको विनाश कसले गराउँछ? त्यो त स्पष्टसँग लेखिएको छ। भनिन्छ– प्यार गर्यौ भने प्यार मिल्छ। बाबा भन्नुहुन्छ– जसले मेरो लागि धेरै सेवा गर्छ, मनुष्यलाई देवता बनाउनमा, ऊ नै धेरै प्यारो लाग्छ।

जसले धेरै पुरुषार्थ गर्छ उसैले उच्च वर्सा पाउँछ। वर्सा आत्माहरूले पाउनु छ परमात्मा पिताबाट। आत्म-अभिमानी बन्नुपर्छ। कतिले धेरै भूल पनि गर्छन्, पुरानो बानी पक्का भएर बसेको छ नि। त्यसैले जतिसुकै सम्झाए पनि छुट्दै छुट्दैन। त्यसले गर्दा आफ्नै पद सानो हुन जान्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलार्र्ई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालार्र्ई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि कुराको वाद-विवादमा आफ्नो समय खेर फाल्नु छैन। व्यर्थका कुरामा बुद्धि नजाओस्। जति सकिन्छ यादको यात्राद्वारा विकर्म विनाश गर्नु छ। आत्म-अभिमानी रहने आदत बनाउनु छ।

२) यो पुरानो दुनियाँबाट आफ्नो मुख मोड्नु छ। शान्तिधाम र सुखधामलाई याद गर्नु छ। नयाँ घर बनिरहेको छ त्यसैले पुरानोबाट दिल हटाउनु छ।

वरदान:–
मायाको विघ्नलाई खेल समान अनुभव गर्ने मास्टर विश्व-निर्माता भव

जसरी बुज्रुगको अगाडि सानो बच्चाले आफ्नो बचपनको अलबेलापनको कारण केही बोलिदिन्छ वा कुनै यस्तो कर्तव्य गर्छ भने पनि बुज्रुग मानिसले सम्झन्छन्– यो निर्दोष, अन्जान, सानो बच्चा हो। कुनै असर हुँदैन। त्यसैगरी तिमीले आफूलाई मास्टर विश्व-निर्माता सम्झियौ भने यो मायाको विघ्न बच्चाहरूको खेल जस्तै लाग्छ। माया कुनै पनि आत्माद्वारा समस्या, विघ्न वा परीक्षा पेपर बनेर आयो भने त्यसमा आत्तिनु हुँदैन, उसलाई निर्दोष सम्झिनु छ।

स्लोगन:–
स्नेह, शक्ति र ईश्वरीय आकर्षण स्वयंमा भर्यौ भने सबै सहयोगी बन्छन्।