18.05.20 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
फेरि आफ्नो ठेगानामा आइपुगेका छौ , तिमीले बाबाद्वारा रचयिता र रचनालाई जानिसकेका
छौ , त्यसैले खुसीमा रोमाञ्च खडा हुनुपर्छ।”
प्रश्न:–
यस समय बाबाले
तिमी बच्चाहरूको शृङ्गार किन गरिहनु भएको छ?
उत्तर:–
किनकि अहिले हामी सज-धज भएर विष्णुपुरीमा जानु छ। हामी यस ज्ञानद्वारा सजिएर
विश्वको महाराजा-महारानी बन्छौं। अहिले संगमयुगमा छौं, बाबाले टिचर बनेर पढाइरहनु
भएको छ– विष्णुपुरीमा लैजानको लागि।
गीत:–
आखिर वह दिन
आया आज......
ओम् शान्ति ।
मीठे-मीठे
स्वीट चिल्ड्रेन, मीठे-मीठे सिकीलधे बच्चाहरूले गीत सुन्यौ। तिमी बच्चाहरूले नै
जानेका छौ– आधाकल्प जुन प्रियतमलाई याद गर्यौं, आखिर उहाँ मिलेको छ। दुनियाँमा यो
कसैलाई थाहा छैन– हामीले आधाकल्प भक्ति गर्छौं, प्रियतम बाबालाई पुकार्छौं। हामी
प्रियतमा हौं, उहाँ प्रियतम हुनुहुन्छ– यो पनि कसैले जानेका छैनन्। बाबा
भन्नुहुन्छ– रावणले तिमीलाई बिल्कुलै तुच्छ बुद्धि बनाइदिएको छ, खासगरी
भारतवासीलाई। तिमी देवी-देवता थियौ, यो पनि बिर्सियौ, त्यसैले तुच्छ बुद्धि भयौ।
आफ्नो धर्मलाई बिर्सिनु, यो हो तुच्छ बुद्धिको काम। अहिले यो केवल तिमीले नै जानेका
छौ– हामी स्वर्गवासी थियौं। यो भारतवर्ष स्वर्ग थियो। थोरै मात्र समय भएको छ। १२५०
वर्ष त सत्ययुग थियो र १२५० वर्ष रामराज्य चल्यो। त्यतिबेला अथाह सुख थियो। सुखलाई
याद गरेर रोमाञ्चित हुनुपर्छ। सत्ययुग, त्रेता.... त्यो पास भयो। सत्ययुगको अवधि
कति थियो, यो पनि कसैले जानेका छैनन्। लाखौं वर्ष कसरी हुन सक्छ। अहिले बाबा आएर
सम्झाउनु हुन्छ– तिमीलाई मायाले कति तुच्छ बुद्धि बनाइदिएको छ। दुनियाँमा कसैले
आफूलाई तुच्छ बुद्धि सम्झदैनन्। तिमीलाई थाहा छ– हामी हिजो तुच्छ बुद्धि थियौं।
अहिले बाबाले यति बुद्धि दिनु भएको छ जसद्वारा रचयिता र रचनाको आदि-मध्य-अन्त्यलाई
हामीले जानेका छौं। हिजो जान्दैनथ्यौं, आज जानेका छौं। जति-जति बुझ्दै जान्छौं,
त्यति रोमाञ्चित हुँदै जान्छौं। हामी फेरि आफ्नो ठेगानामा पुग्छौं। वास्तवमा बाबाले
हामीलाई स्वर्गको राजाई दिनुभएको थियो, फेरि हामीले गुमाइदियौं। अहिले पतित बनेका
छौं। सत्ययुगलाई पतित भनिदैन। त्यो हो नै पावन दुनियाँ। मनुष्यहरूले भन्छन्– हे
पतित-पावन आउनुहोस्। रावण राज्यमा पावन, उच्च कोही हुनै सक्दैन। उच्च भन्दा उच्च
बाबाका बच्चाहरू बन्यौ, त्यसैले उच्च पनि बन्नु छ। तिमी बच्चाहरूले बाबालाई चिनेका
छौ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। सबेरै उठेर आफ्नो दिलसँग सोध, अमृतबेलाको
समय राम्रो हो। सबेरै अमृतबेला बसेर यो ख्याल गर। बाबा हाम्रो बाबा पनि हुनुहुन्छ,
टिचर पनि हुनुहुन्छ। ओ गडफादर, हे! परमपिता परमात्मा त भन्छन् नै। अहिले तिमी
बच्चाहरूलाई थाहा छ– जसलाई हे भगवान भनेर याद गर्छन्, अहिले उहाँ हामीलाई मिलेको छ।
हामीले फेरि बेहदको वर्सा लिइरहेका छौं। उहाँ हुनुहुन्छ लौकिक बाबा, यहाँ हुनुहुन्छ
बेहदका बाबा। तिम्रो लौकिक पिताले पनि उहाँ बेहदका बाबालाई याद गर्नुहुन्छ। त्यसैले
पिताहरूका पिता, पतिहरूका पति उहाँ हुनु भयो। यो पनि तिमीले नै भन्छौ किनकि अहिले म
पिताहरूको पिता, पतिहरूको पति बन्छु। अहिले म तिम्रो बाबा पनि हुँ। तिमी बच्चा
बनेका छौ। बाबा-बाबा भनिरहन्छौ। अब फेरि तिमीलाई विष्णुपुरी घर लिएर जान्छु। यो हो
तिम्रो बाबाको घर, फेरि घर जान्छौ। बच्चाहरूले जानेका छन्– हामीलाई धेरै राम्रो
शृंगारिन्छ। अहिले तिमी बाबाको घरमा छौ नि। तिमीलाई पढाइन्छ पनि। तिमी यस
ज्ञानद्वारा सजिएर विश्वको महाराजा-महारानी बन्छौ। तिमी यहाँ आएका हौ नै विश्वको
मालिक बन्न। तिमी बच्चाहरू नै विश्वका मालिक थियौ, जब सत्ययुग थियो। अहिले तिमीले
यस्तो भन्दैनौ– हामी विश्वका मालिक हौं। अहिले तिमीलाई थाहा छ– यहाँका मालिक
कलियुगी हुन्, हामी त संगमयुगी हौं। फेरि हामी सत्ययुगमा सारा विश्वको मालिक
बन्छौं। यो कुरा तिमी बच्चाहरूको बुद्धिमा आउनु पर्छ। जानेका छौ– विश्वको बादशाही
दिनेवाला आउनु भएको छ। अहिले संगमयुगमा उहाँ आउनु भएको छ। ज्ञानदाता एउटै बाबा
हुनुहुन्छ। बाबा सिवाय कुनै पनि मनुष्यलाई ज्ञानदाता भनिदैन किनकि बाबाको पासमा
यस्तो ज्ञान छ जसबाट सारा विश्वको सद्गति हुन्छ। तत्त्वहरू सहित सबैको सद्गति
हुन्छ। मनुष्यहरूको पासमा सद्गतिको ज्ञान छँदै छैन।
यस समयमा सारा दुनियाँ तत्त्वहरू सहित तमोप्रधान छ। यसमा रहनेहरू पनि तमोप्रधान
छन्। नयाँ दुनियाँ हो नै सत्ययुग। त्यसमा रहने पनि देवता थिए फेरि रावणले जित्यो।
अब फेरि बाबा आउनु भएको छ। तिमी बच्चाहरूले भन्छौ– हामी जान्छौं बापदादाको पासमा।
बाबाले हामीलाई दादाद्वारा स्वर्गको बादशाहीको वर्सा दिनुहुन्छ। बाबाले त स्वर्गको
बादशाही दिनुहुन्छ अरू के दिनुहुन्छ। तिमी बच्चाहरूको बुद्धिमा यो त आउनु पर्छ नि।
तर मायाले भुलाइदिन्छ। स्थायी खुसी रहन दिदैन। जसले राम्रोसँग पढ्छन्-पढाउँछन्
उनैले उच्च पद पाउँछन्। गायन पनि गरिन्छ– सेकेण्डमा जीवन-मुक्ति। पहिचान एकै पटक
हुनुपर्छ नि। सबै आत्माहरूका बाबा एक हुनुहुन्छ, उहाँ सबै आत्माहरूका बाबा आउनु
भएको छ। तर सबै त मिल्न पनि सक्दैनन्। असम्भव छ। बाबा त पढाउन आउनु हुन्छ। तिमीहरू
पनि सबै टिचर हौ। भनिन्छ नि गीता पाठशाला। यो अक्षर पनि साधारण छ। भन्छन्– कृष्णले
गीता सुनाए। अब यो कृष्णको पाठशाला त हुँदै होइन। कृष्णको आत्माले पढिरहेको छ।
सत्ययुगमा कसैले गीता पाठशालामा पढ्ने-पढाउने गर्छ र? कृष्ण त हुन्छन् नै सत्ययुगमा
फेरि ८४ जन्म लिन्छन्। एक जनाको पनि शरीर अर्कोसँग मिल्न सक्दैन। ड्रामा योजना
अनुसार हरेक आत्मामा ८४ जन्मको आफ्नो पार्ट भरिएको छ। एक सेकेण्ड मिल्दैन अर्को
सेकेण्डसँग। ५ हजार वर्ष तिमीले पार्ट खेल्छौ। एक सेकण्डको पार्ट अर्को सेकेण्डसँग
मिल्न सक्दैन। कति बुझ्नु पर्ने कुरा छ। ड्रामा हो नि। पार्ट दोहोरिइरहन्छ। बाँकी
ती शास्त्र सबै हुन् भक्ति मार्गका। आधाकल्प भक्ति चल्छ फेरि सबैलाई सद्गति मैले नै
आएर दिन्छु। तिमीले जानेका छौ– ५ हजार वर्ष पहिला राज्य गर्थ्यौं। सद्गतिमा थियौं।
दु:खको नाम थिएन। अहिले त दु:ख नै दु:ख छ। यसलाई दु:खधाम भनिन्छ। शान्तिधाम, सुखधाम
र दु:खधाम। तिमीलाई नै आएर सुखधामको मार्ग बताउँछु। कल्प-कल्प फेरि मलाई आउनु पर्छ।
अनेक पटक आएको हुँ, आइरहन्छु। यसको अन्त्य हुन सक्दैन। तिमी चक्कर लगाएर दु:खधाममा
आउँछौ फेरि मलाई आउनु पर्छ। अहिले तिमीलाई स्मृति आएको छ– ८४ जन्मको चक्रको।
बाबालाई रचयिता भनिन्छ। यस्तो होइन, ड्रामालाई कसैले रच्छ। रचयिता अर्थात् यस समय
सत्ययुगलाई आएर रच्नुहुन्छ। सत्ययुगमा जसको राज्य थियो फेरि गुमाए, उनीहरूलाई नै
बसेर पढाउँछु। बच्चाहरूलाई एडप्ट गर्नुहुन्छ। तिमी मेरा बच्चाहरू हौ नि। तिमीलाई
कुनै साधु-सन्त आदिले पढाउँदैन। पढाउनेवाला एक बाबा हुनुहुन्छ, जसलाई सबैले याद
गर्छन्। याद जसलाई गर्छन् अवश्य कुनै समय आउनु पनि हुन्छ नि। याद किन गर्छौं! यो
पनि कसैलाई ज्ञान छैन। अवश्य पतित-पावन बाबा आउनु हुन्छ। क्राइस्टलाई यस्तो
भन्दैनन्– फेरि आउनुहोस्। उनलाई त सम्झन्छन्, लीन हुनु भयो। फेरि आउने कुरा नै भएन।
याद फेरि पनि पतित-पावनलाई गर्छन्। हामी आत्माहरूलाई फेरि वर्सा दिनुहोस्। अहिले
तिमी बच्चाहरूलाई स्मृति आएको छ– बाबा आउनु भएको छ। नयाँ दुनियाँको स्थापना
गर्नुहुन्छ। उनीहरू फेरि पनि आफ्नो समयमा रजो, तमोमा नै आउँछन्। अहिले तिमी
बच्चाहरूले सम्झन्छौ– हामी मास्टर नलेजफुल बन्छौं।
एक बाबा नै हुनुहुन्छ जसले तिमी बच्चाहरूलाई पढाएर विश्वको मालिक बनाइदिनुहुन्छ।
स्वयं बन्नुहुन्न। त्यसैले उहाँलाई भनिन्छ निष्काम सेवाधारी। मनुष्यहरूले भन्छन्–
हामीले फलको आसा राख्दैनौं, निष्काम सेवा गर्छौं। तर यस्तो हुँदैन। जस्तो संस्कार
लिन्छन्, त्यसै अनुसार जन्म मिल्छ। कर्मको फल अवश्य मिल्छ। संन्यासीले पनि
गृहस्थीहरूको पास पुनर्जन्म लिएर फेरि संस्कार अनुसार संन्यास धर्ममा जान्छन्। जसरी
बाबाले लडाईंको पनि उदाहरण दिनुहुन्छ। भन्छन्– गीतामा लेखिएको छ, जो युद्धको
मैदानमा मर्छ ऊ स्वर्गमा जान्छ, तर स्वर्गको पनि समय हुनुपर्छ नि। स्वर्ग त लाखौं
वर्ष भनिदिन्छन्। अब तिमीलाई थाहा छ– बाबाले के सम्झाउनु हुन्छ, गीतामा के
लेखिदिएका छन्। भन्छन्, भगवानुवाच म सर्वव्यापी हुँ। बाबा भन्नुहुन्छ– मैले आफूलाई
यस्तो गाली कसरी गर्न सक्छु– म सर्वव्यापी हुँ, कुकुर-बिरालो सबैमा छु। मलाई त
ज्ञानसागर भन्छन्। मैले आफूलाई फेरि यो कसरी भनुँला? कति झुटो छ। ज्ञान त कसैमा
छँदै छैन। संन्यासी आदिको मान कति छ किनकि पवित्र छन्। सत्ययुगमा त कोही गुरु
हुँदैनन्। यहाँ त स्त्रीलाई भन्छन्– तिम्रो पति गुरु ईश्वर हुनुहुन्छ, अरू कसैलाई
गुरु नबनाऊ। त्यो त तब सम्झाइन्थ्यो जब भक्ति पनि सतोप्रधान थियो। सत्ययुगमा त गुरु
थिएनन्। भक्तिको सुरुवातमा पनि गुरु हुँदैनन्। पति नै सबथोक हुन्छन्। गुरु
बनाउँदैनन्। यी सबै कुरालाई अब तिमीले बुझ्दछौ।
कति मनुष्य त ब्रह्माकुमार-कुमारीहरूको नाम सुनेर नै डराउँछन् किनकि सम्झन्छन्–
यिनले भाइ-बहिनी बनाउँछन्। अरे, प्रजापिता ब्रह्माको बच्चा बन्नु त राम्रो हो नि।
बी.के.ले नै स्वर्गको वर्सा लिन्छन्। अहिले तिमीले लिइरहेका छौ। तिमी बी.के. बनेका
छौ। दुवैले भन्छन्– हामी भाइ-बहिनी हौं। शरीरको भान, विकारको दुर्गन्ध निस्किन्छ।
हामी एक बाबाका बच्चाहरू भाइ-बहिनी विकारमा कसरी जान सक्छौं? यो त महान् पाप हो। यो
पवित्र रहने युक्ति ड्रामामा छ। संन्यासीहरूको हो निवृत्ति मार्ग। तिमी हौ
प्रवृत्ति मार्गका। अब तिमीले यस छी-छी दुनियाँको रसम-रिवाजलाई छोडेर यस दुनियाँलाई
नै बिर्सिनु छ। तिमी स्वर्गका मालिक थियौ फेरि रावणले कति छी-छी बनाएको छ। यो पनि
बाबाले सम्झाउनु भएको छ, कसैले भनोस् हामी कसरी मानौं– हामीले ८४ जन्म लिएका हौं।
८४ जन्म लिएका हौं, यो त हामीले राम्रो भन्छौं नि। ८४ जन्म लिएका होइनन् भने यहाँ
रहँदै रहँदैनन्। बुझिन्छ यो देवी-देवता धर्मको होइन, स्वर्गमा आउन सक्दैन। प्रजामा
पनि सानो पद पाउने छ। प्रजामा पनि राम्रो पद, सानो पद हुन्छ नि। यो कुरा कुनै
शास्त्रहरूमा छैन। भगवान आएर राजधानी स्थापन गर्नुहुन्छ। श्रीकृष्ण त वैकुण्ठका
मालिक थिए। स्थापना बाबाले गर्नुहुन्छ। बाबाले गीता सुनाउनु भयो जसबाट यो पद पाए
फेरि त पढ्ने-पढाउने आवश्यकता नै हुँदैन। तिमीले पढेर पद पाउँछौ। फेरि कहाँ गीताको
ज्ञान पढ्छौ र। ज्ञानद्वारा सद्गति मिल्यो, जति पुरुषार्थ त्यति उच्च पद पाउँछौ।
जति पुरुषार्थ कल्प पहिला गरेका थिए त्यो गरिरहन्छन्। साक्षी भएर हेर्नु छ। टिचरले
पनि हेर्नु छ, यसले हामीलाई पढाएको हो, म यस भन्दा पनि होसियार हुनु छ। मार्जिन
धेरै छ। कोसिस गर्नु छ उच्च भन्दा उच्च बन्ने। मूल कुरा हो तमोप्रधानबाट सतोप्रधान
बन्नु छ। यो बुझ्ने कुरा हो नि। गृहस्थ व्यवहारमा पनि रहनु छ, बाबालाई याद पनि
गर्नु छ अनि पावन बन्छौ। यहाँ सबै पतित छन्। यसमा दु:ख नै दु:ख छ। सुखको राज्य
कहिले थियो, यो कसैलाई थाहा छैन। दु:खमा भन्छन् हे भगवान, हे राम, यो दु:ख किन दिनु
भयो? अब भगवानले त कसैलाई दु:ख दिनुहुन्न। रावणले दु:ख दिन्छ। अहिले तिमीलाई थाहा
छ– हाम्रो राज्यमा अरू कुनै धर्म हुँदैन। फेरि पछि अरू धर्म आउँछन्। तिमी कहीं पनि
जान सक्छौ। पढाइ साथ छ, मनमनाभवको लक्ष्य त मिलेको छ, बाबालाई याद गर। बाबाबाट
हामीले स्वर्गको वर्सा लिइरहेका छौं। यो पनि याद गर्न सक्दैनौ? यो याद पक्का
हुनुपर्छ। त्यसपछि फेरि अन्त मति सो गति हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते। धारणाको लागि मुख्य सार:–
धारणाको लागि
मुख्य सारः–
१) बिहान
सबेरै अमृतबेला उठेर विचार गर्नु छ– बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि
हुनुहुन्छ, अहिले बाबा आउनु भएको छ हामीलाई ज्ञान रत्नहरूले शृङ्गार गर्न। उहाँ
पिताहरूका पिता, पतिहरूका पति हुनुहुन्छ, यस्तो चिन्तन गरेर अपार खुसीको अनुभव
गर्नु छ।
२) हरेकको
पुरुषार्थलाई साक्षी भएर हेर्नु छ, उच्च पदको मार्जिन छ, त्यसैले तमोप्रधानबाट
सतोप्रधान बन्नु छ।
वरदान:–
संगमयुगमा
प्रत्यक्षफलद्वारा शक्तिशाली बन्ने सदा समर्थ आत्मा भव
संगमयुगमा जुन
आत्माहरू बेहद सेवाको निमित्त बन्छन्, उनीहरूलाई निमित्त बनेकोमा प्रत्यक्षफलको
रूपमा शक्ति मिल्छ। यो प्रत्यक्ष फल नै श्रेष्ठ युगको फल हो। यस्तो फल खाने
शक्तिशाली आत्माले कुनै पनि परिस्थितिमाथि सहजै विजय प्राप्त गर्छ। ऊ समर्थ बाबाको
साथमा हुनाको कारणले व्यर्थबाट सहजै मुक्त हुन्छ। विषालु सर्प जस्तो परिस्थितिमाथि
पनि उसको विजय हुन्छ। त्यसैले यादगारको रूपमा श्रीकृष्णले नागको शिरमाथि डान्स
गरेको देखाइन्छ।
स्लोगन:–
पास विद् अनर
बनेर पास्टलाई पास गर्दै सधैं बाबाको पासमा रहने गर।