16.07.20 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
संगमयुग विकर्म विनाश गर्ने युग हो , यस युगमा तिमीले कुनै पनि विकर्म गर्नु हुँदै
न , पावन अवश्य बन्नु छ।”
प्रश्न:–
अतीन्द्रिय
सुखको अनुभव कुन बच्चाहरूलाई हुन सक्छ?
उत्तर:–
जो अविनाशी ज्ञान रत्नहरूबाट भरपुर हुन्छन्, उनीहरूलाई नै अतीन्द्रिय सुखको अनुभव
हुन सक्छ। जसले जति ज्ञानलाई जीवनमा धारण गर्छ त्यति धनवान बन्छ। यदि ज्ञान रत्नको
धारणा छैन भने गरिब हो। बाबाले तिमीलाई पास्ट, प्रिजेन्ट, फ्यूचरको ज्ञान दिएर
त्रिकालदर्शी बनाइरहनु भएको छ।
गीत:–
ओम् नमो शिवाय....
ओम् शान्ति ।
पास्ट नै
प्रिजेन्ट बनेको छ फेरि यो जुन प्रिजेन्ट छ, त्यो पास्ट हुन्छ। यो गायन गरिन्छ
पास्टको। अहिले तिमी पुरुषोत्तम संगमयुगमा छौ। पुरुषोत्तम अक्षर अवश्य राख्नुपर्छ।
तिमीले प्रिजेन्टमा देखिरहेका छौ, जो पास्टको गायन हो त्यो अब यथार्थमा भइरहेको छ,
यसमा कुनै संशय ल्याउनु हुँदैन। बच्चाहरूले जानेका छन्– संगमयुग पनि छ, कलियुगको
अन्त्य पनि छ। वास्तवमा संगमयुग ५ हजार वर्ष पहिला बितेको हो, अहिले फेरि प्रिजेन्ट
छ। अहिले बाबा आउनु भएको छ, फ्युचर पनि त्यही हुन्छ जुन पास्ट भएको थियो। बाबाले
राजयोग सिकाइरहनु भएको छ फेरि सत्ययुगमा राज्य पाउँछौ। अहिले हो संगमयुग। यो कुरा
तिमी बच्चाहरू सिवाय कसैले पनि जान्दैन। तिमीले यथार्थमा राजयोग सिकिरहेका छौ। यो छ
अति सहज। जति पनि साना अथवा ठूला बच्चाहरू छन्, सबैलाई एउटा मुख्य कुरा अवश्य
सम्झाउनु छ– बाबालाई याद गरेमा विकर्म विनाश हुन्छ। जब विकर्म विनाश हुने समय छ भने
यस्तो को होला जसले फेरि विकर्म गरोस्। तर मायाले विकर्म गराइदिन्छ, सम्झन्छन्–
थप्पड लाग्यो। मबाट यो ठूलो भूल भयो जबकि बाबालाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्।
अहिले बाबा आउनु भएको छ पावन बनाउन भने पावन बन्नुपर्यो नि। ईश्वरको बनेर फेरि पतित
बन्नु हुँदैन। सत्ययुगमा सबै पवित्र थिए। यो दुनियाँ नै पावन थियो। गाउँछन् पनि–
निर्विकारी दुनियाँ र विकारी दुनियाँ। उनीहरू सम्पूर्ण निर्विकारी, हामी विकारी हौं
किनकि हामी विकारमा जान्छौं। विकार नाम नै पतितको हो। पतितले नै बोलाउँछन्– आएर
पावन बनाउनुहोस् भनेर। क्रोधीले बोलाउँदैनन्। बाबा पनि फेरि ड्रामा योजना अनुसार
आउनु हुन्छ। थोरै पनि फरक पर्न सक्दैन। जो पास्ट भयो त्यो प्रिजेन्ट भइरहेको छ।
पास्ट, प्रिजेन्ट, फ्यूचरलाई जान्नु, यसैलाई त्रिकालदर्शी भनिन्छ। यो याद
राख्नुपर्छ। यो धेरै मेहनतको कुरा छ। घरी-घरी भुल्छन्। नत्र तिमी बच्चाहरूलाई कति
अतीन्द्रिय सुख हुनु पर्ने हो। तिमी यहाँ अविनाशी ज्ञान धनबाट धेरै धनवान बनिरहेका
छौ। जसको जति धारणा छ, ऊ त्यति ठूलो धनवान बनिरहेको छ, तर नयाँ दुनियाँको लागि।
तिमीलाई थाहा छ– हामीले जे जति गर्छौं त्यो दूर फ्यूचर नयाँ दुनियाँको लागि हो। बाबा
आउनु भएको छ नै नयाँ दुनियाँको स्थापना गर्न। पुरानो दुनियाँको विनाश गर्न। हुबहु
कल्प पहिला जसरी नै हुन्छ। तिमी बच्चाहरूले पनि देख्छौ। प्राकृतिक प्रकोप पनि हुन्छ।
भूकम्प भयो कि खत्तम। भारतखण्डमा कति ठूला भूकम्प आउँछन्। म त भन्छु– यो त हुनु नै
छ। कल्प पहिला पनि भएको हो तब त भन्छन्– सुनको द्वारिका तल भासियो। बच्चाहरूलाई यो
राम्रोसँग बुद्धिमा बसाउनु पर्छ– हामीले ५ हजार वर्ष पहिला पनि यो ज्ञान लिएका थियौं।
यसमा थोरै पनि फरक छैन। बाबा ५ हजार वर्ष पहिला पनि हामीले हजुरबाट वर्सा लिएका थियौं।
हामीले अनेक पटक हजुरबाट वर्सा लिएका छौं। त्यसको गन्ती हुन सक्दैन। कति पटक तिमी
विश्वको मालिक बन्छौ, फेरि भिखारी बन्छौ। यस समय भारत पूरा भिखारी छ। तिमीले लेख्छौ
पनि ड्रामा योजना अनुसार। उनीहरूले ड्रामा अक्षर भन्दैनन्। उनीहरूको प्लान आफ्नो छ।
तिमीले भन्छौ– ड्रामाको प्लान अनुसार हामीले फेरि स्थापना गरिरहेका छौं, ५ हजार
वर्ष पहिला जस्तै। कल्प पहिला जुन कर्तव्य गरिएको थियो त्यो अहिले पनि श्रीमतद्वारा
गरिन्छ। श्रीमतद्वारा नै शक्ति लिन्छौं। शिवशक्ति नाम पनि छ नि। त्यसैले तिमी शिव
शक्तिहरू, देवीहरू हौ, जसको मन्दिरमा पूजा हुन्छ। तिमी नै देवीहरू हौ, जसले फेरि
विश्वको राज्य पाउँछौ। जगत् अम्बालाई हेर कति पूजा हुन्छ। अनेक नाम राखिदिएका छन्।
हुन त एउटै हो। जस्तै बाबा पनि एउटै शिव हुनुहुन्छ। तिमीले पनि विश्वलाई स्वर्ग
बनाउँछौ त्यसैले तिम्रो पूजा हुन्छ। अनेक देवीहरू छन्, लक्ष्मीको कति पूजा गर्छन्।
दीपावलीका दिन महालक्ष्मीको पूजा गर्छन्। उनी भइन् मुख्य, महाराजा-महारानी मिलाएर
महालक्ष्मी भनिदिन्छन्। यसमा दुवै आउँछ। हामीले पनि महालक्ष्मीको पूजा गर्थ्यौं, धन
वृद्धि भयो भने सम्झन्थ्यौं महालक्ष्मीको कृपा भयो। पुग्यो, हर वर्ष पूजा गर्छन्।
ठीक छ, उनीसँग धन माग्छन्, देवीसँग के माग्ने? तिमी संगमयुगी देवीहरू स्वर्गको
वरदान दिनेवाला हौ। मानिसहरूलाई यो थाहा छैन– देवीहरूबाट स्वर्गको सबै कामना पूरा
हुन्छ। तिमी देवी हौ नि। मनुष्यलाई ज्ञान दान गर्छौ, जसबाट सबै कामना पूर्ण
गरिदिन्छौ। बिमारी आदि भयो भने देवीहरूलाई भन्छन्– ठीक गर्नुहोस्। रक्षा गर्नुहोस्।
अनेक प्रकारका देवीहरू छन्। तिमी हौ संगमयुगका शिवशक्ति देवीहरू। तिमीले नै स्वर्गको
वरदान दिन्छौ। बाबाले पनि दिनुहुन्छ, बच्चाले पनि दिन्छन्। महालक्ष्मी देखाउँछन्।
नारायणलाई गुप्त गराइदिन्छन्। बाबाले तिमी बच्चाहरूको कति प्रभाव बढाउनु हुन्छ।
देवीहरूले २१ जन्मको लागि सुखका सबै कामनाहरू पूरा गरिदिन्छन्। लक्ष्मीसँग धन
माग्छन्। धनको लागि नै मानिसहरूले राम्रो धन्दा आदि गर्छन्। तिमीलाई त बाबा आएर सारा
विश्वको मालिक बनाउनु हुन्छ, अथाह धन दिनुहुन्छ। श्री लक्ष्मी-नारायण विश्वका मालिक
थिए। अहिले कंगाल छन्। तिमी बच्चाहरूलाई थाहा छ– राजाईको, फेरि कसरी कला
विस्तारै-विस्तारै कम हुन्छ। पुनर्जन्म लिँदा-लिँदै कला कम हुँदै-हुँदै अहिले हेर
कस्तो हालत भएको छ! यो पनि नयाँ कुरा होइन। हर ५ हजार वर्षपछि चक्र घुमिरहन्छ। अहिले
भारतवर्ष कति कंगाल छ। रावण राज्य हो। कति उच्च नम्बरवन थियो, अहिले लास्ट नम्बर छ।
लास्टमा नआउने हो भने नम्बर वनमा फेरि कसरी जाने? हिसाब छ नि। धैर्यसँग यदि विचार
सागर मन्थन गर्ने हो भने सबै कुरा आफैं बुद्धिमा आउँछ। कति मीठा-मीठा कुरा छन्।
अहिले त तिमीले सारा सृष्टि चक्रलाई जानेका छौ। पढाइ केवल स्कुलमा मात्रै पढिंदैन।
शिक्षकले पाठ दिन्छन् घरमा पढ्नको लागि, जसलाई होम वर्क भनिन्छ। बाबाले तिमीलाई घरको
लागि पढाइ दिनुहुन्छ। दिनमा धन्दा आदि गरे पनि, शरीर निर्वाह त गर्नु नै छ, अमृतबेला
त सबैलाई फुर्सद हुन्छ। सबेरै दुई तीन बजेको समय धेरै राम्रो हुन्छ। त्यस समय उठेर
बाबालाई प्यारसँग याद गर। बाँकी यी विकारले नै तिमीलाई आदि-मध्य-अन्त्य दु:खी बनाएका
हुन्। रावणलाई जलाउँछन् तर त्यसको पनि अर्थ केही जानेका छैनन्। केवल परम्परादेखि
रावणलाई जलाउने चलन चल्दै आएको छ। ड्रामा अनुसार यो पनि निश्चित छ। रावणलाई मार्दै
आएका छन् तर रावण मर्दै मर्दैन। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यो रावणलाई जलाउन
कहिले बन्द हुन्छ। तिमीले अहिले सच्चा-सच्चा नारायणको कथा सुन्छौ। तिमीलाई थाहा छ–
हामीलाई अहिले बाबाबाट वर्सा मिल्छ। बाबालाई नजानेको कारणले नै सबै अनाथ छन्। बाबा
जसले विश्वलाई स्वर्ग बनाउनु हुन्छ उहाँलाई पनि जानेका छैनन्। यो पनि ड्रामामा
निश्चित छ। सिँढी उत्रिँदै तमोप्रधान बनेका छन् त्यसैले त फेरि बाबा आउनु भएको छ।
तर आफूलाई तमोप्रधान कहाँ सम्झन्छन् र! बाबा भन्नुहुन्छ– यस समय सारा वृक्षको जीर्ण
अवस्था भएको छ। एउटा पनि सतोप्रधान छैन। सतोप्रधान हुन्छन् नै शान्तिधाम र सुखधाममा।
अहिले छन् तमोप्रधान। बाबा नै आएर तिमी बच्चाहरूलाई अज्ञान निद्राबाट ब्यूँझाउनु
हुन्छ। तिमीले फेरि अरूलाई जगाउँछौ। जागिरहन्छन्। जसरी मनुष्य मरेपछि उसको लागि दियो
बाल्छन् जसबाट प्रकाशमा आऊन्। अहिले यो हो घोर अन्धकार, आत्माहरू फर्केर आफ्नो घर
जान सक्दैनन्। हुन त दिल हुन्छ दु:खबाट छुटौं। तर एउटा पनि छुट्न सक्दैन।
जुन बच्चाहरूलाई पुरुषोत्तम संगमयुगको स्मृति रहन्छ उनीहरू ज्ञान रत्नको दान नगरिकन
रहन सक्दैनन्। जसरी मनुष्यले पुरुषोत्तम महिनामा दान-पुण्य गर्छन्, त्यसरी नै यस
पुरुषोत्तम संगमयुगमा तिमीलाई ज्ञान रत्नहरूको दान गर्नु छ। यो पनि सम्झन्छौ– स्वयं
परमपिता परमात्माले पढाइरहनु भएको छ, कृष्णको कुरा होइन। कृष्ण त सत्ययुगका प्रथम
राजकुमार थिए, फेरि उनले त पुनर्जन्म लिँदै आउँछन्। बाबाले पास्ट, प्रिजेन्ट,
फ्यूचरको पनि रहस्य सम्झाउनु भएको छ। तिमी त्रिकालदर्शी बन्छौ, अरू कसैले
त्रिकालदर्शी बनाउन सक्दैन, बाबा सिवाय। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बाबालाई
नै छ, उहाँलाई नै ज्ञानका सागर भनिन्छ। उच्च भन्दा उच्च भगवानलाई नै भनिन्छ, उहाँ
नै रचयिता हुनुहुन्छ। हेविनली गड फादर अक्षर धेरै स्पष्ट छ– हेविन स्थापना गर्ने।
शिवजयन्ती पनि मनाउँछन् तर उहाँ कहिले आउनु भयो, के गर्नुभयो– यो केही पनि जानेका
छैनन्। जयन्तीको अर्थ नै थाहा छैन भने फेरि मनाएर के गर्ने, यो पनि ड्रामामा सबै छ।
यस समयमा नै तिमी बच्चाहरूले ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेका छौ फेरि कहिल्यै
जान्दैनौ। फेरि जब बाबा आउनु हुन्छ तब मात्रै जान्दछौ। अहिले तिमीलाई स्मृति आएको
छ– यो ८४ को चक्र कसरी फिर्छ। भक्तिमार्गमा के छ र, त्यसबाट त केही पनि मिल्दैन। कति
भक्तहरू भीडमा धक्का खान जान्छन्, बाबाले तिमीलाई त्यसबाट छुटाइदिनु भयो। अब
तिमीलाई थाहा छ– हामीले श्रीमत अनुसार फेरि विश्वलाई श्रेष्ठ बनाइरहेका छौं।
श्रीमतद्वारा नै श्रेष्ठ बन्छन्। श्रीमत संगममा नै मिल्छ। तिमीले यथार्थसँग जानेका
छौ– हामी को थियौं फेरि कसरी यस्ता बनेका छौं, अहिले फेरि पुरुषार्थ गरिरहेका छौं।
पुरुषार्थ गर्दा-गर्दा यदि फेल भयौ भने बाबालाई समाचार देऊ, बाबाले फेरि खडा हुन
सावधानी दिनुहुन्छ। कहिल्यै पनि फेल भएर बस्नु हुँदैन। फेरि खडा भइहाल, दबाई गर।
सर्जन त बस्नुभएको छ नि। बाबा सम्झाउनु हुन्छ– पाँच तल्लाबाट गिर्नु र दुई तल्लाबाट
गिर्नुमा कति फरक छ। काम विकार हो पाँच तल्ला। त्यसैले बाबाले भन्नुभएको छ– काम
महाशत्रु हो, त्यसले नै तिमीलाई पतित बनाएको हो, अब पावन बन। पतित-पावन बाबाले नै
आएर पावन बनाउनु हुन्छ। अवश्य संगममा बनाउनु हुन्छ। कलियुग अन्त्य र सत्ययुग आदिको
यो संगम हो।
बच्चाहरूले जानेका छन्– बाबाले अहिले कलमी लगाइरहनु भएको छ फेरि पूरा वृक्ष यहाँ
बढ्छ। ब्राह्मणहरूको वृक्ष वृद्धि हुन्छ फेरि सूर्यवंशी-चन्द्रवंशीमा गएर सुख
भोग्छन्। कति सहज सम्झाउनु हुन्छ। ठिक छ, मुरली मिल्दैन भने बाबालाई याद गर। यो
बुद्धिमा पक्का गर– शिवबाबाले ब्रह्मा तनबाट हामीलाई भन्नुहुन्छ– मलाई याद गर्यौ भने
विष्णुको घरानामा जान्छौ। सारा आधार पुरुषार्थमा छ। कल्प-कल्प जो पुरुषार्थ गरिएको
छ, हुबहु त्यही हुन्छ। आधाकल्प देह-अभिमानी बनेका छौ, अहिले देही-अभिमानी बन्ने पूरा
पुरुषार्थ गर, यसमा मेहनत छ। पढाइ त सहज छ। मुख्य हो पावन बन्ने कुरा। बाबालाई
भुल्नु, यो त ठूलो भूल हो। देह-अभिमानमा आउनाले नै भुल्छौ। शरीर निर्वाह अर्थ ८
घण्टा धन्दा आदि गरे पनि, बाँकी ८ घण्टा यादमा रहने पुरुषार्थ गर्नु पर्छ। त्यो
अवस्था छिटै हुँदैन। अन्त्यमा जब यो अवस्था हुन्छ तब विनाश हुन्छ। कर्मातीत अवस्था
भएपछि त फेरि यो शरीर रहन सक्दैन, छुट्छ किनकि आत्मा पवित्र बन्यो नि। जब नम्बरवार
कर्मातीत अवस्था हुन्छ तब लडाईं सुरु हुन्छ, तबसम्म रिहर्सल भइरहन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस
पुरुषोत्तम महिनामा अविनाशी ज्ञान रत्नको दान गर्नु छ। अमृतबेला उठेर विचार सागर
मन्थन गर्नु छ। श्रीमत अनुसार शरीर निर्वाह गर्दै बाबाले जो होम वर्क दिनुभएको छ,
त्यो पनि अवश्य गर्नु छ।
२) पुरुषार्थमा
रोकावट आयो भने बाबालाई समाचार दिएर श्रीमत लिनु छ। सर्जनलाई सबै सुनाउनु छ। विकर्म
विनाश गर्ने समयमा कुनै पनि विकर्म गर्नु हुँदैन।
वरदान:–
देह , सम्बन्ध
एवं वैभव हरू को बन्धनबाट स्वतन्त्र बाबा समान कर्मातीत भव
जो निमित्त मात्र भएर
आज्ञा अनुसार प्रवृत्तिलाई सम्हाल्दै आत्मिक स्वरूपमा रहन्छन्, मोहको कारण होइन।
उनीहरूलाई यदि अहिले तुरून्तै आऊ भनी आदेश दिएमा आउँछन्। बिगुल बज्यो तर सोच्नमा
समय नलागोस्– तब भनिन्छ नष्टोमोह। त्यसैले सदैव आफूलाई जाँच गर्नु छ– देहको,
सम्बन्धको, वैभवहरूको बन्धनले आफूतिर खिचेको त छैन? जहाँ बन्धन हुन्छ त्यहाँ आकर्षण
हुन्छ। तर जो स्वतन्त्र छन् उनीहरू बाबा समान कर्मातीत स्थितिको समीप हुन्छन्।
स्लोगन:–
स्नेह र
सहयोगका साथै शक्ति रूप बन्यौ भने राजधानीमा नम्बर पहिला आउँछ।