03.08.20          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमीलाई सेवाको धेरै उमंग आउनु पर्छ । ज्ञान र योग छ भने अरूलाई पनि सिकाऊ , सेवाको वृद्धि गर।”

प्रश्न:–
सेवामा उमंग नआउनुको कारण के हो? कुन विघ्नको कारण उमंग आउँदैन?

उत्तर:–
सबैभन्दा ठूलो विघ्न हो विकारी दृष्टि। यस बिमारीले सेवामा उमंग आउन दिंदैन। यो धेरै कडा बिमारी हो। यदि विकारी दृष्टि शीतल भएको छैन, गृहस्थ व्यवहारमा दुवै चक्का ठीक चल्दैनन् भने गृहस्थीको बोझ हुन जान्छ, फेरि हल्का भएर सेवामा उत्साहित हुन सक्दैनन्।

गीत:–
जाग सजनियाँ जाग...

ओम् शान्ति ।
मीठा-प्यारा बच्चाहरूले यो गीत सुन्यौ। यस्तै-यस्तै दुई चार राम्रा गीतहरू छन् ती सबैको पासमा हुनुपर्छ वा टेपमा भर्नुपर्छ। अब यो गीत त मनुष्यहरूले बनाएको हो। ड्रामा अनुसार टच गरिएको हो जुन फेरि बच्चाहरूलाई काममा आउँछ। यस्ता-यस्ता गीत बच्चाहरूले सुने भने नशा चढ्छ। बच्चाहरूलाई त नशा चढिरहनु पर्छ– अहिले हामीले नयाँ राजाई स्थापना गरिरहेका छौं। रावणबाट आफ्नो हातमा लिइरहेका छौं। जसरी कसैले लडाईं गर्छन् भने ख्याल रहन्छ नि– यिनको राजाई हड्पनुपर्छ, यिनको गाउँलाई मैले आफ्नो हातमा लिन्छु। अब उनीहरूले सबै हदको लागि लडाईं गर्छन्। तिमी बच्चाहरूको लडाईं हो मायासँग, जुन कुरा तिमी ब्राह्मणहरू सिवाय अरू कसैलाई थाहा छैन। तिमीलाई थाहा छ– हामीलाई यस विश्वमा गुप्त रीतिसँग राज्य स्थापना गर्नु छ अथवा बाबाबाट वर्सा लिनु छ। यसलाई वास्तवमा लडाईं पनि भनिँदैन। ड्रामा अनुसार तिमी जो सतोप्रधानबाट तमोप्रधान बन्छौ, तिमीहरू नै फेरि सतोप्रधान बन्नु छ। तिमीले आफ्ना जन्महरूलाई जान्दैनथ्यौ। अहिले बाबाले सम्झाउनु भएको छ। अरू जति पनि धर्म छन् उनीहरूलाई यो ज्ञान मिल्नु नै छैन। बाबा तिमी बच्चाहरूलाई नै बसेर सम्झाउनु हुन्छ। गायन पनि गरिन्छ– धर्ममा नै तागत छ। हिन्दुहरूलाई हाम्रो धर्म के हो– यो थाहा छैन। तिमीलाई बाबाद्वारा थाहा भएको छ– हाम्रो आदि सनातन देवी-देवता धर्म हो। बाबा आएर फेरि तिमीलाई त्यस धर्ममा बदल्नुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो धर्मले कति सुख दिन्छ। तिमीले कसैसँग लडाईं आदि गर्नु छैन। तिमी त आफ्नो स्वधर्ममा टिक्नु छ र बाबालाई याद गर्नु छ, यसमा समय पनि लाग्छ। यस्तो होइन– केवल भनेर मात्र टिकिन्छ। भित्र यो स्मृति रहनु पर्छ– म आत्मा शान्त स्वरूप हुँ। हामी आत्मा अहिले तमोप्रधान, पतित बनेका छौं। हामी आत्मा जब शान्तिधाममा थियौं तब पवित्र थियौं, फेरि पार्ट खेल्दा-खेल्दै तमोप्रधान बनेका हौं। अब फेरि पवित्र बनेर हामी फर्केर घर जानु छ। बाबाबाट वर्सा लिनको लागि आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नुपर्छ। तिमीलाई नशा चढ्छ– हामी ईश्वरका सन्तान हौं। बाबालाई याद गर्नाले नै विकर्म विनाश हुन्छ। कति सहज छ– यादबाट हामी पवित्र बनेर फेरि शान्तिधाममा जान्छौं। दुनियाँले यस शान्तिधाम, सुखधामलाई पनि जान्दैन। यो कुरा कुनै शास्त्रमा छैन। ज्ञानसागरको हो नै एउटा गीता, जसमा केवल नाम बदलिएको छ। सर्वका सद्गति दाता, ज्ञानका सागर उहाँ परमपिता परमात्मालाई भनिन्छ। अरू कसैलाई ज्ञानवान भन्न सकिन्न। जब त्यो ज्ञान दिनुहुन्छ तब तिमी ज्ञानवान बन्छौ। अहिले सबै छन् भक्तिवान। तिमी पनि थियौ। अहिले फेरि ज्ञानवान बन्दै गइरहेका छौ। नम्बरवार पुरुषार्थ अनुसार ज्ञान कसैमा छ, कसैमा छैन। त्यसैले के भन्ने? त्यस हिसाबले उच्च पद पाउन सक्दैनन्। बाबाले सेवाको लागि कति उत्साह दिनुहुन्छ। बच्चाहरूमा त्यो तागत अहिले आएको छैन ताकि कसैलाई राम्ररी सम्झाउन सकून्। यस्ता-यस्ता युक्ति रच। गर्न त बच्चाहरूले मेहनत गरेर सम्मेलन आदि गरिरहेका छन्, गोपहरूमा केही तागत छ, उनीहरूको विचार हुन्छ– संगठन होस् जसमा युक्तिहरू निकालौं। सेवा कसरी वृद्धि हुन सक्छ? मेहनत गरिरहेका छन्। छन त नाम शक्ति सेना छ तर पढे-लेखेका छैनन्। कोही त फेरि अनपढले पनि पढे-लेखेकालाई राम्ररी पढाउँछन्। बाबाले सम्झाउनु भएको छ– विकारी आँखाले धेरै नोक्सान गर्छ। यो बिमारी धेरै कडा छ त्यसैले उत्साहित हुँदैनन्। त्यसैले बाबा सोध्नुहुन्छ तिमी युगल दुवै चक्का ठीक चलिरहेका छौ? त्यसतर्फ कति ठूला-ठूला सेनाहरू छन्, स्त्रीहरूको पनि झुण्ड छ, पढे-लेखेका छन्। उनीहरूलाई मदत पनि मिल्छ। तिमी त गुप्त छौ। कसैले पनि जान्दैन– यी ब्रह्माकुमार-कुमारीहरूले के गर्छन्। तिमीहरूमा पनि नम्बवार छन्। गृहस्थ व्यवहारको बोझ शिरमा भएकोले झुकेका छन्। ब्रह्माकुमार-कुमारी कहलाउँछन् तर त्यो विकारी आँखा ठण्डा हुँदैन। दुवै चक्का समान हुन धेरै मुश्किल छ। बाबा बच्चाहरूलाई सेवा गर्नको लागि सम्झाइरहनु हुन्छ। कोही धनवान छन् तापनि उत्साहित हुँदैनन्, धनका भोका छन्। बच्चा छैन भने पनि कसैलाई गोद लिन्छन्। उमंगले बाबालाई भन्दैनन्– बाबा म छु नि, मैले ठूलो घर लिएर सेवाको लागि दिन्छु ।

बाबाको नजर दिल्लीमा विशेष छ किनकि दिल्ली हो राजधानी, हेड अफिस। बाबा भन्नुहुन्छ– दिल्लीमा विशेष सेवाको घेराउ लगाऊ। कसैलाई सम्झाउनको लागि भित्र पस्नुपर्छ। गायन गरिएको पनि छ– पाण्डवलाई कौरवहरूबाट तीन पाउ पृथ्वी पनि मिल्दैनथ्यो। यो कौरव शब्द त गीताको हो। भगवानले आएर राजयोग सिकाउनु भयो, त्यसको नाम गीता राखिएको छ। तर गीताका भगवानलाई बिर्सेका छन् त्यसैले बाबा घरी-घरी भनिरहनुहुन्छ– मुख्य यस प्वाइन्टलाई नै लिनु छ। पहिला बाबा भन्नुहुन्थ्यो– बनारसका विद्वत् मण्डलीलाई सम्झाऊ। बाबा युक्तिहरू त बताइरहनु हुन्छ। फेरि राम्रोसँग कोसिस गर्नु छ। बाबा बारम्बार सम्झाइरहनु हुन्छ। नम्बरवन दिल्लीमा युक्ति रच। संगठनमा पनि यो विचार गर। मूल कुरा– ठूलो मेला आदि दिल्लीमा कसरी गर्ने! उनीहरूले त दिल्लीमा धेरै भोक हड्ताल आदि गर्छन्। तिमीले त यस्तो कुनै काम गर्दैनौ। लडाईं झगडा केही हुँदन। तिमीले त केवल सुतेकालाई जगाउँछौ। दिल्लीले नै मेहनत गर्नु छ। तिमीले त जानेका छौ– हामी ब्रह्माण्डको पनि मालिक फेरि कल्प पहिला जस्तै सृष्टिको पनि मालिक बन्छौं। यो पक्का छ। विश्वको मालिक बन्नु नै छ। अहिले तिमीलाई ३ पाउ पृथ्वी पनि राजधानीमा नै चाहिएको छ, जसले गर्दा त्यहाँ ज्ञानको गोला छोड्न सकियोस्। नशा हुनुपर्छ नि! ठूलाको आवाज चाहिन्छ। यस समयमा सारा भारत गरिब छ। गरिबहरूको सेवा गर्नको लागि नै बाबा आउनु हुन्छ। दिल्लीमा त धेरै राम्रो सेवा हुनुपर्छ। बाबा इसारा दिइरहनु हुन्छ। दिल्लीले सम्झन्छन्– बाबाले हाम्रो अटेन्सन खिचाउनु हुन्छ। आपसमा क्षीरखण्ड हुनुपर्छ। आफ्नो पाण्डवको किल्ला त बनाऊ। दिल्लीमा नै बनाउनु पर्छ। यसमा दिमाग धेरै राम्रो चाहिन्छ। धेरै कुरा गर्न सक्छन्। गाउन त मानिसहरूले धेरै गाउँछन्– यो हाम्रो देश हो, हामी यस्तो गर्नेछौं। तर स्वयंमा केही पनि दम छैन। विदेशीको मदत विना उठ्न सक्दैनन्। तिमीलाई त धेरै मदत मिलिरहेको छ, बेहदका बाबाबाट। यति मदत कसैले दिन सक्दैन। अब छिटै किल्ला बनाउनु छ। तिमी बच्चाहरूलाई बाबाले विश्वको बादशाही दिनुहुन्छ त्यसैले हौसला धेरै चाहिन्छ। परचिन्तनमा धेरैको बुद्धि अड्किइरहन्छ। बन्धनको आपत्ति हुन्छ माताहरूमाथि। पुरुषमाथि कुनै बन्धन हुँदैन। माताहरूलाई अबला भनिन्छ। पुरुष बलवान हुन्छन्। पुरुषले विवाह गर्यो भने उसलाई बल दिइन्छ– तिमी नै गुरु ईश्वर सबै कुरा हौ। स्त्री त पुच्छरजस्तै हुन्। कसैको मोहमा पर्नु त वास्तवमा पुच्छर नै हो। पतिमा मोह, बच्चाहरूमा मोह, पुरुषलाई यति मोह हुँदैन। उसको त एउटा जुत्ता गयो भने दोस्रो तेस्रो लिन्छ। बानी परेको छ। बाबा त सम्झाइरहनु हुन्छ– यो यो समाचारमा छपाऊ। बच्चाहरूले बाबाको प्रत्यक्षता गर्नु छ। यो सम्झाउने तिम्रो काम हो। बाबाको साथमा त दादा पनि छन्। त्यसैले यी जान सक्दैनन्। भन्छन्– शिवबाबा यो बताउनुहोस्, ममाथि यो आपत्ति आएको छ, यसमा हजुरले राय दिनुहोस्। यस्ता यस्ता कुरा सोध्छन्। बाबा त आउनु भएको छ पतितलाई पावन बनाउन। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई सबै ज्ञान मिल्छ। कोसिस गरेर आपसमा मिलेर सल्लाह गर। तिमी बच्चाहरूले अहिले विहंग मार्गको सेवाको चमत्कार देखाउनु पर्छ। मन्द गति (चिटी मार्ग)को सेवा त चल्दै आइरहेको छ। तर यस्तो चमत्कार देखाऊ जसद्वारा धेरैको कल्याण होस्। बाबाले यो कल्प पहिला पनि सम्झाउनु भएको थियो, अहिले पनि सम्झाउनु हुन्छ। धेरैको बुद्धि कहीं न कहीं फँसिरहन्छ। उमंगै छैन। झट्ट देह अभिमान आइहाल्छ। देह-अभिमानले नै सत्यानाश गरेको छ। अब बाबाले सत्यलाई बढाउने कति सहज कुरा बताउनु हुन्छ। बाबाको याद गर्यौ भने शक्ति आउँछ। नत्र त शक्ति आउँदैन। सम्हाल्न त सेन्टर सम्हाल्छन्, तर नशा हुँदैन किनकि देह-अभिमान छ। देही-अभिमानी बन्ने हो भने नशा चढ्ने थियो। हामी कुन बाबाका बच्चा हौं! बाबा भन्नुहुन्छ– जति तिमी देही-अभिमानी हुन्छौ, त्यति बल आउँछ। आधाकल्पको देह-अभिमानको नशा छ त्यसैले देही-अभिमानी बन्न धेरै मेहनत लाग्छ। यस्तो होइन, बाबा ज्ञानका सागर हुनुहुन्छ, हामीले पनि ज्ञान लिएका छौं, धेरैलाई सम्झाउनु हुन्छ तर यादको बल पनि हुनुपर्छ। ज्ञान तरबार हो। याद यात्रा हो। दुवै अलग चीज हुन्। ज्ञानमा यादको यात्राको बल हुनुपर्छ। याद नभए काठका तरबार जस्तै हुन्छन्। सिक्खहरूले तरबारको कति मान राख्छन्। उनीहरू त हिंसक थिए, जसबाट लडाईं गरे। वास्तवमा गुरुहरूले कहाँ लडाईं गर्न सक्छन् र? गुरु त अहिंसक हुनुपर्छ नि। लडाईंबाट कहाँ सद्गति हुन्छ र? तिम्रो त छ योगको कुरा। यादको बल विना ज्ञान तरबारले काम गर्दैन। विकारी आँखाले धेरै नोक्सान गर्छ। आत्माले कानद्वारा सुन्छ,। बाबा भन्नुहुन्छ– तिमी यादमा मस्त रह्यौ भने सेवा बढ्दै जान्छ। कहिले कहिले भन्छन् बाबा सम्बन्धीहरूले सुन्दै सुन्दैनन्। बाबा भन्नुहुन्छ– यादको यात्रामा कच्चा छौ त्यसैले ज्ञान तरबारले काम गर्दैन। यादको मेहनत गर। यो हो गुप्त मेहनत। मुरली चलाउनु त प्रत्यक्ष हो। याद नै गुप्त मेहनत हो, जसद्वारा शक्ति मिल्छ। ज्ञानबाट शक्ति मिल्दैन। तिमी पतितबाट पावन यादको बलले बन्छौ। कमाईको नै पुरुषार्थ गर्नु छ।

बच्चाहरूलाई जब एकरस याद रहन्छ, अवस्था राम्रो छ भने धेरै खुसी हुन्छ र जब याद ठीक हुँदैन, कुनै कुरामा अतालियो भने खुसी गायब हुन्छ। के विद्यार्थीलाई शिक्षक याद आउँदैन होला! यहाँ त घरमा रहँदा, सबै कुरा गर्दा शिक्षकलाई याद गर्नु छ। उहाँ शिक्षकबाट धेरै उच्च पद मिल्छ। गृहस्थ व्यवहारमा पनि रहनु छ। शिक्षकको याद रह्यो भने पनि बाबा र गुरु याद अवश्य आउँछ। कति प्रकारले सम्झाइरहनु हुन्छ। तर घरमा फेरि धन-दौलत, बाल-बच्चा आदि देखेर भुलिहाल्छन्। सम्झाउन त धेरै सम्झाउनु हुन्छ। तिमीले रूहानी सेवा गर्नु छ। बाबाको याद नै हो उच्च भन्दा उच्च सेवा। मनसा-वाचा-कर्मणा बुद्धिमा बाबाको याद रहोस्। मुखबाट पनि ज्ञानका कुरा सुनाऊ। कसैलाई दु:ख दिनु हुँदैन। कुनै अकर्तव्य गर्नु हुँदैन। पहिलो कुरा अल्फलाई नबुझिकन अरू केही पनि बुझ्दैनन्। पहिला अल्फलाई पक्का गराऊ तबसम्म अगाडि सम्झाउनु छैन। शिवबाबाले राजयोग सिकाएर विश्वको मालिक बनाउनु हुन्छ। यस छी-छी दुनियाँमा मायाको आकर्षण धेरै छ। कति फेसन छ। छी-छी दुनियाँबाट वैराग्य आउनु पर्छ। एक बाबालाई याद गर्नाले तिम्रो विकर्म विनाश हुन्छ। पवित्र बनेर जान्छौ। समय व्यर्थ नफाल। राम्रोसँग धारणा गर। माया दुस्मनले धेरैको अक्कललाई चट गरिदिन्छ। कमाण्डरले गल्ती गर्छन् भने उनलाई डिसमिस पनि गरिदिन्छन्। स्वयं कमाण्डरलाई पनि लाज लाग्छ अनि राजिनामा पनि गरिदिन्छन्। यहाँ पनि यस्तै हुन्छ। राम्रा-राम्रा कमान्डरहरू कुनै बेला फेल हुन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यादको गुप्त मेहनत गर्नु छ। यादको मस्तीमा रहनाले सेवा स्वत: नै बढिरहन्छ। मनसा-वाचा-कर्मणा यादमा रहने पुरुषार्थ गर्नुपर्छ।

२) मुखद्वारा ज्ञानकै कुरा सुनाउनु पर्छ, कसैलाई दु:ख दिनु हुँदैन। कुनै पनि अकर्तव्य गर्नु हुँदैन। देही-अभिमानी बन्ने मेहनत गर्नु छ।

वरदान:–
विजयीपनको नशाद्वारा स दा हर्षित रहने सर्व आकर्षणहरूबाट मुक्त भव

विजयी रत्नहरूको यादगार बाबाको गलाको हार आजसम्म पूजिन्छ। त्यसैले सदा यही नशा रहोस्– म बाबाको गलाको हार विजयी रत्न हुँ, म विश्वको मालिकको बालक हुँ। मलाई जे मिलेको छ त्यो कसैलाई पनि मिल्न सक्दैन। यो नशा र खुसी स्थायी रह्यो भने कुनै पनि प्रकारको आकर्षणबाट पर रहन्छौ। जो सदा विजयी हुन्छ ऊ नै सदैव हर्षित हुन्छ। एक बाबाको यादको आकर्षणमा नै आकर्षित हुन्छ।

स्लोगन:–
एकको अन्तमा डुब्नु अर्थात् एकान्तवासी बन्नु हो।