27.11.20 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमीले
ड्रामाको खेललाई बुझेका छौ , त्यसैले धन्यवाद भन्नु पर्ने कुनै कुरा छैन।”
प्रश्न:–
सेवाधारी
बच्चाहरूमा कुनचाहिँ बानी बिल्कुल हुनु हुँदैन?
उत्तर:–
माग्ने बानी। तिमीलाई बाबासँग आशीर्वाद वा कृपा आदि माग्ने आवश्यक छैन। तिमीले
कसैसँग पनि पैसा माग्न सक्दैनौ। माग्नु भन्दा मर्नु बेस। तिमीलाई थाहा छ– ड्रामा
अनुसार कल्प पहिला जसले बिऊ रोपेको छ, उसैले रोप्छ, जसलाई आफ्नो भविष्य पद उच्च
बनाउनु छ, ऊ अवश्य सहयोगी बन्छ। तिम्रो काम हो सेवा गर्नु। तिमीले कसैसँग केही
माग्न सक्दैनौ। भक्तिमा मागिन्छ, ज्ञानमा होइन।
गीत:–
मुझको सहारा
देने वाले....
ओम् शान्ति ।
यो धन्यवाद
शब्द बाबा, टिचर र गुरुप्रति तिमी बच्चाहरूको दिलबाट निस्कन सक्दैन किनकि बुझेका
छौ– यो खेल बनिबनाउ हो। धन्यबाद आदिको कुरा छैन। यो पनि बच्चाहरूले बुझेका छन्,
ड्रामा अनुसार। ड्रामा शब्द पनि तिमी बच्चाहरूको बुद्धिमा आउँछ। खेल शब्द भन्दा नै
सारा खेल तिम्रो बुद्धिमा आउँछ। मानौं स्वदर्शन चक्रधारी तिमी स्वयं नै बन्छौ। तिनै
लोक पनि तिम्रो बुद्धिमा आउँछ– मूल वतन, सूक्ष्म वतन, स्थूल वतन। यो पनि बुझेका छौ–
अब खेल पूरा हुन्छ। बाबा आएर तिमीलाई त्रिकालदर्शी बनाउनु हुन्छ। तीनै काल, तीनै
लोक र आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनु हुन्छ। काल समयलाई भनिन्छ। यी सबै कुरालाई
नोट नगरेसम्म याद रहन सक्दैन। तिमी बच्चाहरूले त धेरै प्वाइन्टहरू बिर्सिन्छौ।
ड्रामाको समय अवधि पनि तिमीलाई थाहा छ–। तिमी त्रिनेत्री, त्रिकालदर्शी बन्छौ,
ज्ञानको तेस्रो नेत्र मिल्छ। सबैभन्दा मुख्य कुरा हो, तिमी आस्तिक बन्छौ, नत्र अनाथ
थियौ। यो ज्ञान तिमी बच्चाहरूलाई मिलिरहेको छ। विद्यार्थीको बुद्धिमा सधैं ज्ञानको
मन्थन हुन्छ। यो पनि ज्ञान हो नि। उच्च भन्दा उच्च बाबाले नै ज्ञान दिनु हुन्छ,
ड्रामा अनुसार। ड्रामा शब्द पनि तिम्रो मुखबाट निस्कन सक्छ। त्यो पनि जो बच्चाहरू
सेवामा तत्पर रहन्छन्। अहिले तिमीलाई थाहा छ– हामी अनाथ थियौं। अब बेहदको बाबा
मिल्नु भएको छ त्यसैले सनाथ बन्छौं। पहिला तिमी बेहदको अनाथ थियौ, बेहदको बाबा
बेहदको सुख दाता हुनुहुन्छ, अरू कुनै पिता छैन जसले यस्तो सुख दियोस्। नयाँ दुनियाँ
र पुरानो दुनियाँ यो सबै तिमी बच्चाहरूको बुद्धिमा छ। तर अरूलाई पनि यथार्थ रीतिले
बुझाउनु पर्छ। यस ईश्वरीय धन्दामा लाग्नु पर्छ। हरेकको परिस्थिति आ-आफ्नै हुन्छ।
सम्झाउन पनि उसैले सक्छ जो यादको यात्रामा रहेको हुन्छ। यादबाट बल मिल्छ नि। बाबा
हुनुहुन्छ नै शक्तिशाली तरबार। तिमी बच्चाहरूले शक्ति भर्नु छ। योगबलबाट विश्वको
बादशाही पाउँछौ। योगबाट बल मिल्छ, ज्ञानबाट होइन। बच्चाहरूलाई सम्झाइएको छ– ज्ञान
कमाईको स्रोत हो। योगलाई बल भनिन्छ। रात-दिनको फरक छ। अब योग राम्रो कि ज्ञान राम्रो?
योग नै प्रख्यात छ। योग अर्थात् बाबाको याद। बाबा भन्नुहुन्छ– यस यादबाट नै तिम्रो
पाप काटिन्छ। यसमा नै बाबाले जोड दिनुहुन्छ। ज्ञान त सहज छ। भगवानुवाच– म तिमीलाई
सहज ज्ञान सुनाउँछु। ८४ को चक्रको ज्ञान सुनाउँछु। त्यसमा सबै आउँछन्, ईतिहास-भूगोल
हो नि। ज्ञान र योग, दुवै हुन् सेकेण्डको काम। हामी आत्मा हौं, हामीले बाबालाई याद
गर्नु छ। यसमा मेहनत लाग्छ। यादको यात्रामा रह्यौ भने मानौं शरीरको विस्मृति हुन्छ।
१ घण्टा पनि यसरी अशरीरी भएर बस्यौ भने कति पावन हुन्छौ। मनुष्यहरू रातमा कोही ६
घण्टा, कोही ८ घण्टा निदाउँछन्। त्यतिबेला अशरीरी हुन्छन् नि। त्यस बेलामा कुनै
विकर्म हुँदैन। आत्मा थाकेर सुत्छ। यस्तो पनि होइन, पाप विनाश हुन्छ। हुँदैन, त्यो
त निद्रा हो। कुनै विकर्म हुँदैन। निदाएनन् भने त पाप गरिरहन्छन्। त्यसैले निद्रा
पनि एउटा बचाउ हो। सारा दिन सर्भिस गरेर आत्माले भन्छ– म अब सुत्छु, अशरीरी बन्छु।
तिमी शरीरमा हुँदा हुँदै पनि अशरीरी बन्नु छ। हामी आत्मा यस शरीर भन्दा अलग,
शान्तस्वरूप हौं। आत्माको महिमा कहिल्यै सुनेका छैनौ होला– आत्मा सत्, चित्, आनन्द
स्वरूप हो। परमात्माको महिमा गाइन्छ– सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, सुख शान्तिको
सागर हुनुहुन्छ। अब तिमीलाई फेरि भनिन्छ मास्टर, बच्चालाई मास्टर पनि भनिन्छ। यसरी
बाबाले उपायहरू पनि बताइरहनु हुन्छ। यस्तो पनि होइन, सारा दिन सुतिरहनु छ। तिमीले त
यादमा रहेर पापको विनाश गर्नु छ। जति हुन सक्छ बाबालाई याद गर्नु छ। यस्तो पनि होइन,
बाबाले हामीमाथि दया वा कृपा गर्नुहुन्छ। होइन, यो उहाँको गायन हो– रहमदिल बादशाह।
यो पनि उहाँको पार्ट हो, तमोप्रधानबाट सतोप्रधान बनाउनु। भक्तहरूले महिमा गाउँछन्–
तिमीले केवल महिमा गाउनु छैन। यो गीत आदि पनि दिन प्रतिदिन बन्द हुँदै जान्छ।
विद्यालयमा कहिल्यै गीत गाइन्छ र? बच्चाहरू शान्तिपूर्वक बसी रहन्छन्। शिक्षक आउँदा
उठ्छन्, फेरि बस्छन्। यहाँ बाबा भन्नुहुन्छ– मलाई त पार्ट मिलेको छ पढाउने, त्यो त
पढाउनु नै छ। तिमी बच्चाहरू उठ्न आवश्यक छैन। आत्माले बसेर सुन्नु छ। तिम्रो कुरा
सारा दुनियाँको भन्दा भिन्नै छ। बच्चाहरूलाई ‘तिमी उठ’ भनिन्छ र? त्यो त भक्ति
मार्गमा भन्छन्, यहाँ होइन। बाबा त स्वयं उठेर नमस्कार गर्नुहुन्छ। विद्यालयमा यदि
बच्चाहरू ढीलो आउँछन् भने शिक्षकले या त सजाय दिन्छन् वा बाहिरै उभ्याइदिन्छन्।
त्यसैले डर हुन्छ, समयमै पुग्ने। यहाँ त डरको कुरा छैन। बाबा सम्झाइरहनु हुन्छ,
मुरली मिलिरहन्छ। त्यसलाई नियमित रूपले पढ्नु छ। मुरली पढ्यौ भने तिम्रो हाजिरी
हुन्छ। नत्र गयल मानिन्छ किनकि बाबा भन्नुहुन्छ– तिमीलाई गहन कुरा सुनाउँछु। तिमीले
यदि मुरली मिस गर्छौ भने ती प्वाइन्टहरू पनि मिस हुन्छन्। यी हुन् नयाँ कुरा, जुन
दुनियाँमा कसैले बुझेका छैनन्। तिम्रो चित्र देखेर नै चकित हुन्छन्। कुनै
शास्त्रहरूमा छैन– भगवानले चित्र बनाउनु भएको थियो। तिम्रो यो चित्रशाला हो नयाँ।
ब्राह्मण कुलका जो देवता बन्नेहरू छन्, उनीहरूकै बुद्धिमा बस्छ। भन्छन्– यो त ठीक
हो। कल्प पहिला पनि हामीले पढेका थियौं, अवश्य भगवानले पढाउनु हुन्छ। भक्ति मार्गका
शास्त्रहरूमा पहिलो नम्बरमा गीता नै छ किनकि पहिलो धर्म नै यो हो। फेरि आधा कल्पपछि
त्यसको पनि धेरैपछि अरू शास्त्रहरू बन्छन्। पहिला इब्राहम आउँदा एक्लै थिए। फेरि
एकबाट दुई, दुईबाट चार भए। जब धर्मको वृद्धि हुँदा हुँदै लाख, डेढ लाख बन्न पुग्छन्
तब शास्त्र आदि बन्छन्। उनको पनि आधा समयपछि नै बन्छन्, हिसाब गरिन्छ नि। बच्चाहरू
त धेरै खुसी हुनुपर्छ। बाबाबाट हामीलाई वर्सा मिल्छ। तिमीलाई थाहा छ– बाबाले
हामीलाई सारा सृष्टि चक्रको ज्ञान सम्झाउनु हुन्छ। यो हो बेहदको ईतिहास-भूगोल।
सबैलाई भन– यहाँ विश्वको ईतिहास-भूगोल पढाइन्छ, जुन अरू कसैले सिकाउन सक्दैन।
विश्वको नक्सा निकाल्छन्, तर त्यसमा यो कहाँ देखाउँछन्– लक्ष्मी-नारायणको राज्य
कहिले थियो, कति समयसम्म चल्यो? विश्व त एउटै छ। यहाँ नै राज्य गरेर गएका हुन्, अब
छैनन्। यी कुरा कसैको पनि बुद्धिमा छैनन्। उनीहरूले त कल्पको अवधि नै लाखौं वर्ष
लामो भनिदिन्छन्। तिमी प्यारा बच्चाहरूलाई कुनै धेरै मेहनत दिन्नँ। बाबा भन्नुहुन्छ–
पावन बन्नु छ। पावन बन्नको लागि तिमीले भक्तिमार्गमा कति धक्का खान्थ्यौ। अब बुझ्यौ
धक्का खाँदा खाँदा २५०० वर्ष बितिसक्यो। अब फेरि बाबा आउनु भएको छ, फेरि राज्य
भाग्य दिन। तिमीलाई यही याद छ। पुरानोबाट नयाँ र नयाँबाट पुरानो दुनियाँ अवश्य बन्छ।
अहिले तिमी पुरानो दुनियाँको मालिक हौ नि। फेरि नयाँ दुनियाँको मालिक बन्छौ। एकातिर
आफ्नो देशको धेरै महिमा गाइरहन्छन्, अर्कोतिर फेरि धेरै ग्लानि पनि गरिरहन्छन्। यस
बारेमा पनि तिमीसँग गीत छ। तिमीले बुझाउँछौ– अब के के हुँदैछ? यी दुवै गीत पनि
सुनाउनु पर्छ। तिमीले भन्न सक्छौ– कहाँ रामराज्य, कहाँ यो।
बाबा हुनुहुन्छ गरिब निवाज। गरिबहरूकै बच्चीहरू आउँछन्। धनवानहरूको त आफ्नै नशा
हुन्छ। कल्प पहिला जो आएका थिए उनै आउँछन्। चिन्ताको कुनै कुरा छैन। शिवबाबालाई
कहिल्यै कुनै चिन्ता हुँदैन, दादालाई हुन्छ। यिनको आफ्नै पनि चिन्ता छ, मलाई
नम्बरवन पावन बन्नु छ। यसमा छ गुप्त पुरुषार्थ। चार्ट राख्नाले थाहा हुन्छ, यिनको
पुरुषार्थ धेरै छ। बाबा सधैं सम्झाइरहनु हुन्छ, डायरी राख। धेरै बच्चाहरूले लेख्छन्
पनि। चार्ट राख्नाले धेरै सुधार भएको छ। यो युक्ति धेरै राम्रो छ। त्यसैले सबैले
राख्नुपर्छ। डायरी राख्नाले तिमीलाई धेरै फाइदा हुन्छ। डायरी राख्नु अर्थात्
बाबालाई याद गर्नु। त्यसमा बाबाको याद लेख्नु छ। डायरी पनि सहयोगी बन्छ, पुरुषार्थ
हुन्छ। डायरीहरू कति लाखौं करोडौं बन्छन्, नोट आदि गर्नको लागि। सबैभन्दा मुख्य कुरा
त यही हो– नोट आदि गर्न। यो कहिल्यै बिर्सिनु हुँदैन। त्यही बेलामा डायरीमा लेख्नु
पर्छ। रातमा हिसाब किताब लेख्नु पर्छ। अनि थाहा हुन्छ– यो त हामीलाई घाटा परिरहेछ
किनकि जन्म जन्मान्तरको विकर्म भस्म गर्नु छ।
बाबाले मार्ग बताउनु हुन्छ– आफैंमाथि दया वा कृपा गर्नु छ। टिचरले त पढाउनु हुन्छ,
आशीर्वाद त दिनु हुन्न। आशीर्वाद, कृपा, दया आदि माग्नु भन्दा त मर्नु बेस। कसैसँग
पैसा पनि माग्नु हुँदैन। बच्चाहरूलाई सख्त मनाही छ। बाबा भन्नुहुन्छ– ड्रामा अनुसार
जसले कल्प पहिला बिऊ रोपेका छन्, वर्सा पाएका छन्, उनले स्वयं गर्छन्। तिमीले कुनै
कामको लागि नमाग। गर्दैनन् भने पाउँदैनन्। मनुष्यले दान पुण्य गर्छन् भने रिटर्नमा
मिल्छ नि। राजाको घरमा वा धनवानको पासमा जन्म हुन्छ। जसलाई गर्नु छ उनले आफैं गर्छन्,
तिमीले माग्नु छैन। कल्प पहिला जसले जति गरेको छ, ड्रामाले उनीहरूद्वारा त्यति
गराउँछ। माग्न के आवश्यक छ? बाबा त भनिरहनु हुन्छ– हुण्डी भरिइरहन्छ, सेवाको लागि।
मैले बच्चाहरूलाई पैसा देऊ कहाँ भन्छु र। भक्ति मार्गको कुरा ज्ञान मार्गमा हुँदैन।
जसले कल्प पहिला मदत गरेका थिए, उनले गरिरहन्छन्, स्वयंले कहिल्यै माग्नु हुँदैन।
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! चन्दा आदि तिमीले जम्मा गर्न सक्दैनौ। यो त
संन्यासीहरूले गर्छन्। भक्ति मार्गमा अलिकति दिए पनि, त्यसको रिटर्नमा एक जन्मको
लागि मिल्छ। यो त जन्म जन्मान्तरको लागि हो। त्यसैले जन्म जन्मान्तरको लागि सबै दिनु
राम्रो हो नि। यिनको नाम त भोला भण्डारी हो। तिमीले पुरुषार्थ गर्यौ भने विजय मालामा
उनिन्छौ, भण्डारा भरपुर काल कण्टक दूर। त्यहाँ कहिल्यै पनि अकालमा मृत्यु हुँदैन।
यहाँ मनुष्य कालसँग कति डराउँछन्? अलिकति केही भयो भने मृत्युको याद आउँछ। त्यहाँ
यस्तो ख्याल कहिल्यै आउँदैन, तिमी अमरपुरीमा जाँदैछौ। यो फोहोरी मृत्युलोक हो।
भारतवर्ष नै अमरलोक थियो, अहिले मृत्युलोक बनेको छ।
तिम्रो आधा कल्प धेरै नराम्रोसँग बितेको छ। तल झर्दै आयौ। जगन्नाथ पुरीमा धेरै
फोहोरी चित्रहरू छन्। बाबा त अनुभवी छन् नि। चारैतिर घुमिसकेका छन्। गोरोबाट कालो
बनेका छन्। गाउँमा बस्दथे। वास्तवमा यो सारा दुनियाँ नै गाउँ हो। तिमी गाउँका हौ।
अब तिमीले बुझेका छौ, हामी विश्वको मालिक बन्छौं। यस्तो नसम्झ– म त मुम्बईमा
बस्नेवाला हुँ। मुम्बई पनि स्वर्गको अगाडि के हो? केही पनि होइन। एउटा पत्थर पनि
होइन। हामी गाउँका अनाथ बनेका छौं, अब फेरि स्वर्गको मालिक बन्दैछौं, त्यसैले खुसी
हुनु पर्छ। नाम नै हो स्वर्ग। कति हीरा–जुहारत महलहरूमा लागेका छन्। सोमनाथको
मन्दिर नै कति हीरा जुहारतले भरिएको थियो। पहिला पहिला शिवको मन्दिर नै बनाउँछन्।
कति धनवान थिए। अहिले त भारतवर्ष गाउँ हो। सत्ययुगमा धेरै मालामाल थियो। यी कुरा
दुनियाँमा तिमीले सिवाय अरू कसैले पनि जान्दैन। तिमीले भन्छौ– हिजो हामी बादशाह थियौं,
आज फकीर छौं। फेरि विश्वको मालिक बन्छौं। तिमी बच्चाहरूले आफ्नो भाग्यलाई धन्यबाद
भन्नु पर्छ। हामी पदमापदम भाग्यशाली हौं। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विकर्मबाट
बच्नको लागि यस शरीरमा रहेर अशरीरी बन्ने पुरुषार्थ गर्नु छ। यादको यात्रा यस्तो
होस्, जसबाट शरीरको विस्मृति हुँदै जाओस्।
२) ज्ञानको मन्थन गरेर आस्तिक बन्नु छ। मुरली कहिल्यै पनि मिस गर्नु हुँदैन। आफ्नो
उन्नतिको लागि डायरीमा यादको चार्ट नोट गर्नु पर्छ।
वरदान:–
ज्ञान को
चाबीद्वारा भाग्यको अखुट खजाना प्राप्त गर्ने मालामाल भव
संगमयुगमा सबै
बच्चाहरूलाई भाग्य बनाउनको लागि ज्ञानरूपी चाबी मिल्छ। यो चाबी लगाऊ अनि जति चाह्यो
त्यति भाग्यको खजाना प्राप्त गर। चाबी मिल्यो, मालामाल बन्यौ। जो जति मालामाल बन्छ,
स्वत: त्यति नै खुसी हुन्छ। यस्तो अनुभव हुन्छ मानौं खुसीको झरना अखुट अविनाशी
बगिरहेको छ। उनीहरू सबै खजानाले भरपुर मालामाल देखिन्छन्। उनीहरूको पासमा कुनै पनि
प्रकारको अप्राप्ति रहँदैन।
स्लोगन:–
बाबासँग कनेक्सन ठीक राख्यौ भने सर्व शक्तिहरूको करेन्ट आइरहन्छ।