21.12.20 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– तिमी
परम पवित्र बाबाको गोदमा आएका छौ , तिमी मनसा मा पनि पवित्र बन्नु छ।”
प्रश्न:–
पवित्र
बच्चाहरूको नशा र निशानी के हुन्छ?
उत्तर:–
उनीहरूलाई नशा हुन्छ– हामीले परम पवित्र बाबाको गोद लिएका छौं। हामी सम्पूर्ण
पवित्र देवी-देवता बन्छौं, उनीहरूको भित्र मनसामा पनि नराम्रो विचार आउन सक्दैन।
उनीहरू सुगन्धित फूल हुन्छन्। उनीहरूबाट कुनै पनि उल्टो कर्म हुन सक्दैन। उनीहरूले
अन्तर्मुखी बनेर आफ्नो जाँच गर्छन्– मबाट सबैलाई सुगन्ध आइरहेको छ? मेरो आँखा कसैमा
त डुब्दैन?
गीत:–
मरना तेरी गली
में........
ओम् शान्ति ।
बच्चाहरूले
गीत सुन्यौ। यसको अर्थ पनि भित्र विचार सागर मन्थन गरेर निकाल्नुपर्छ। यो कसले भन्यो–
मरना तेरी गली में? आत्माले भन्यो किनकि आत्मा पतित छ। पावन त अन्त्यमा भनिन्छ वा
पावन तब भनिन्छ, जब शरीर पनि पावन मिल्छ। अहिले त पुरुषार्थी हौ। यो पनि जानेका छौ–
बाबाको पासमा आएर मर्नु छ। एक पितालाई छोडेर अर्को बनाउनु अर्थात् एकबाट मरेर
अर्कोको साथमा जिउनु। लौकिक पिताको पनि बच्चाले शरीर छोड्छ भने अर्को पिताको साथमा
गएर जन्म लिन्छ नि। यो पनि यस्तै हो। तिमी मरेर फेरि परम पवित्र बाबाको गोदमा जान्छौ।
परम पवित्र को हुनुहुन्छ? (बाबा)। अरू पवित्र को छन्? (संन्यासी)। हो, यी संन्यासी
आदिलाई भनिन्छ होली। तिमीहरू र संन्यासीहरूमा फरक छ। उनीहरू पवित्र बन्छन् तर जन्म
त फेरि पनि पतितबाट नै लिन्छन् नि। तिमी बन्छौ परम पवित्र। तिमीलाई बनाउनेवाला
हुनुहुन्छ परम पवित्र बाबा। संन्यासीहरू घरबार छोडेर पवित्र बन्छन्। आत्मा पवित्र
बन्छ नि। तिमी स्वर्गमा देवी-देवता हुँदा तिमी परम पवित्र हुन्छौ। यो तिम्रो
संन्यास हो बेहदको। त्यो हो हदको। उनीहरू पवित्र बन्छन्, तिमी बन्छौ परम पवित्र।
बुद्धिले पनि भन्छ– हामी त नयाँ दुनियाँमा जान्छौं। ती संन्यासीहरू आउँछन् नै रजोमा।
फरक भयो नि। कहाँ रजो, कहाँ सतोप्रधान। तिमी परम पवित्र बाबाद्वारा परम पवित्र बन्छौ।
उहाँ ज्ञान सागर पनि हुनुहुन्छ, प्रेमको सागर पनि हुनुहुन्छ। अंग्रेजीमा ओशन अफ
नलेज, ओशन अफ लभ भनिन्छ। तिमीलाई कति उच्च बनाउनु हुन्छ। यस्तो परम पवित्रलाई
बोलाउँछन्– आएर पतितबाट पावन बनाउनुहोस्। पतित दुनियाँमा आएर हामीलाई परम पवित्र
बनाउनुहोस्। बच्चाहरूलाई यति नशा पनि हुनुपर्छ– हामीलाई कसले पढाउँछ! हामी के बन्छौं?
दैवी गुण पनि धारण गर्नु छ। बच्चाहरूले लेख्छन्– बाबा! हामीलाई मायाले धेरै तुफान
ल्याउँछ। हामीलाई मनसामा शुद्ध रहन दिदैन। किन यस्ता नराम्रा विचार आउँछन् किनकि
हामी त परम पवित्र बन्नु छ? बाबा भन्नुहुन्छ– अहिले तिमी पवित्रबाट घोर अपवित्र
बनेका छौ। धेरै जन्मको अन्त्यमा अब बाबाले फेरि तिमीलाई जोडले पढाउनु हुन्छ।
बच्चाहरूको बुद्धिमा यो नशा रहनु पर्छ– हामी के बनिरहेका छौं? यी लक्ष्मी-नारायणलाई
यस्तो कसले बनायो? दुनियाँ स्वर्ग थियो नि। यस समयमा तमोप्रधान भ्रष्टाचारी बनेको
छ। फेरि हामीले यसलाई परम पवित्र बनाउँछौं। बनाउनेवाला त अवश्य चाहिन्छ नि! आफूमा
पनि त्यो नशा आउनु पर्छ– हामी त देवता बन्नु छ। यसको लागि गुण पनि यस्तो हुनुपर्छ।
एकदम तलबाट माथि चढ्दै छौ। सिँढीमा पनि उत्थान र पतन लेखिएको छ नि। जो तल गिरेका छन्,
उनीहरूले आफूलाई कसरी परम पवित्र कहलाउन सक्छन्? परम पवित्र बाबा नै आएर
बच्चाहरूलाई पनि त्यस्तै बनाउनु हुन्छ। तिमी यहाँ आएका हौ नै विश्वको मालिक परम
पवित्र बन्नको लागि, त्यसैले कति नशा हुनु पर्छ। बाबा हामीलाई यति उच्च बनाउन आउनु
भएको छ। मनसा-वाचा-कर्मणा पवित्र बन्नु छ। सुगन्धित फूल बन्नु छ। सत्ययुगलाई भनिन्छ
नै– फूलको बगैंचा। दुर्गन्ध कुनै पनि नहोस्। दुर्गन्ध देह-अभिमानलाई भनिन्छ।
कुदृष्टि कसैमा पनि नजाओस्। यस्तो उल्टो काम नहोस्, जसले दिललाई नै खाओस् र खाता
बनोस्। तिमीले २१ जन्मको लागि धन जम्मा गर्छौ। तिमी बच्चाहरूलाई थाहा छ– हामी धेरै
सम्पत्तिवान बनिरहेका छौं। आफ्नो आत्मालाई हेर्नु छ– म दैवी गुणले भरपुर छु? जसरी
बाबाले भन्नुहुन्छ– त्यसैगरी मैले पुरुषार्थ गरेको छु? तिम्रो लक्ष्य-उद्देश्यलाई त
हेर कस्तो छ। कहाँ संन्यासी, कहाँ तिमी!
तिमी बच्चाहरूलाई नशा हुनुपर्छ– हामी कसको गोदमा आएका छौं! हामीलाई के बनाउनु हुन्छ?
अन्तर्मुखी भएर हेर्नु छ– म कहाँसम्म लायक बनेको छु? म कति सुन्दर फूल बन्नुपर्छ
जसबाट सबैलाई ज्ञानको सुगन्ध आओस्। तिमीले अनेकलाई सुगन्ध दिन्छौ नि। आफू समान
बनाउँछौ। पहिला त नशा हुनुपर्छ– हामीलाई पढाउनेवाला को हुनुहुन्छ! ती त सबै हुन्
भक्ति मार्गका गुरु। एक परमपिता परमात्मा सिवाय ज्ञान मार्गको गुरु त कोही पनि हुन
सक्दैन। बाँकी हुन् भक्तिमार्गका। भक्ति हुन्छ नै कलियुगमा। रावणको प्रवेशता हुन्छ।
यो पनि दुनियाँमा कसैलाई थाहा छैन। अहिले तिमीलाई थाहा छ– सत्ययुगमा हामी १६ कला
सम्पूर्ण थियौं, फेरि एक दिन बितेपछि पूर्णिमा कहाँ भनिन्छ र! यो पनि त्यस्तै हो।
थोरै-थोरै जुम्रा जसरी चक्र घुमिरहन्छ। अब तिमी पूरा १६ कला सम्पूर्ण बन्नु छ, त्यो
पनि आधाकल्पको लागि। फेरि कला कम हुँदै जान्छ, यो तिम्रो बुद्धिमा ज्ञान छ, त्यसैले
तिमी बच्चाहरूलाई कति नशा रहनु पर्छ। धेरैलाई यो पनि बुद्धिमा आउँदैन– हामीलाई
पढाउनेवाला को हुनुहुन्छ? ज्ञानको सागर। बच्चाहरूलाई त भन्नुहुन्छ– नमस्ते बच्चाहरू!
तिमी ब्रह्माण्डको पनि मालिक हौ, त्यहाँ सबै रहन्छौ, अनि विश्वको पनि मालिक बन्छौ।
तिम्रो हौसला बढाउनको लागि बाबा भन्नुहुन्छ– तिमी म भन्दा उच्च बन्छौ। म त विश्वको
मालिक बन्दिनँ, आफू भन्दा पनि तिमीलाई उच्च महिमा योग्य बनाउँछु। बच्चाहरू उच्च
बन्छन् वा चढ्छन् भने पिताले सम्झन्छन्– यिनीहरूले पढेर यति ठूलो पद पाएका हुन्।
बाबा पनि भन्नुहुन्छ– मैले तिमीलाई पढाउँछु। अब आफ्नो पद जति उच्च बनाउन चाहन्छौ,
त्यति पुरुषार्थ गर। बाबाले हामीलाई पढाउनु हुन्छ– पहिला त यो नशा चढ्नुपर्छ। बाबाले
त जतिबेला पनि आएर कुरा गर्नुहुन्छ। उहाँ त मानौं यिनमा हुँदै हुनुहुन्छ। तिमी
बच्चाहरू उहाँका हौ नि। यो रथ पनि उहाँको हो नि। यस्ता परम पवित्र बाबा आउनु भएको
छ, तिमीलाई पावन बनाउनु हुन्छ। अब तिमीले फेरि अरूलाई पावन बनाऊ। म रिटाएर हुन्छु।
जब तिमी परम पवित्र बन्छौ तब यहाँ कोही पनि पतित आउन सक्दैन। यो परम पवित्र बाबाको
चर्च हो। त्यस चर्चमा त विकारी सबै जान्छन्, सबै पतित अपवित्र छन्। यो त धेरै ठूलो
पवित्र चर्च हो। यहाँ कोही पतितले पाउ पनि राख्न सक्दैन। तर अहिले यसो गर्न सकिँदैन।
जब बच्चाहरू पनि यस्ता बन्छन् त्यसैले यस्तो नियम निकाल्न सकिन्छ। यहाँ भित्र कोही
आउन नसकून्। सोध्छन् नि– हामी आएर सभामा बसौं? बाबा भन्नुहुन्छ– अफिसरहरूसँग काम
हुन्छ त्यसैले उनलाई बसाउनु पर्छ। जब तिम्रो नाम प्रसिद्ध हुन्छ अनि तिमीलाई कसैको
पर्बाह गर्नु पर्दैन। अहिले तिमी परम पवित्रहरूले पनि पर्बाह गर्नुपर्छ। अहिले मनाही
गर्न सकिँदैन। प्रभाव देखिएपछि मानिसहरूको दुस्मनी पनि कम हुन्छ। तिमीले पनि
सम्झाउँछौ– हामी ब्राह्मणहरूलाई राजयोग सिकाउने परम पवित्र बाबा हुनुहुन्छ।
संन्यासीहरूलाई परम पवित्र कहाँ भन्न सकिन्छ! उनीहरू त आउँछन् नै रजोगुणमा। उनीहरू
विश्वको मालिक बन्न सक्छन् र? अहिले तिमी पुरुषार्थी हौ। कहिले त धेरै राम्रो
चालचलन हुन्छ, कहिले त फेरि यस्तो चालचलन हुन्छ जसकारण नाम बदनाम गरिदिन्छौ।
सेन्टरहरूमा धेरै यस्ता पनि आउँछन्, जसले थोरै पनि बुझेका हुँदैनन्। तिमीले आफूलाई
पनि यति भुल्छौ– हामी के बन्दैछौं? बाबाले पनि चालचलनबाट बुझ्नुहुन्छ– यी के बन्छन्?
भाग्यमा उच्च पद छ भने चालचलन पनि धेरै रोयल हुन्छ। हामीलाई पढाउनेवाला को? यति कुरा
मात्र याद रह्यो भने पनि अपार खुसी हुन्छ। हामी भगवानका विद्यार्थी हौं त्यसैले
बाबाप्रति कति सम्मान हुनु पर्छ। अहिले अझै सिकिरहेका छौं। बाबाले त सम्झाइरहनु
हुन्छ– अझै समय लाग्छ। नम्बरवार त हर कुरामा हुन्छ नै। घर पनि पहिला सतोप्रधान
हुन्छ फेरि सतो-रजो-तमो हुन्छ। अहिले तिमी सतोप्रधान, १६ कला सम्पूर्ण बन्नेवाला
हौ। भवन बन्दै जान्छ। तिमीहरू सबै मिलेर स्वर्गको भवन बनाउँदै छौ। यो पनि तिमीलाई
धेरै खुसी हुनुपर्छ। विश्व जो अहिले घोर अपवित्र भएको छ, यसलाई हामी परम पवित्र
बनाउँछौं, त्यसैले आफूमाथि कति खबरदारी राख्नुपर्छ। हाम्रो दृष्टि यस्तो नहोस् जसले
गर्दा हाम्रै पद भ्रष्ट होस्। यस्तो होइन, बाबालाई लेखेँ भने बाबाले के भन्नुहोला?
अहिले त सबै पुरुषार्थ गरिरहेका छन्। यिनलाई पनि अहिले परम पवित्र कहाँ भनिन्छ र!
बनिसकेपछि त यो शरीर पनि रहँदैन। तिमी पनि परम पवित्र बन्छौ। बाँकी त्यसमा छ पद।
त्यसको लागि पुरुषार्थ गर्नु छ र गराउनु छ। बाबाले प्वाइन्ट त धेरै दिइरहनु हुन्छ।
कोही आए भने तुलना गरेर बताऊ। कहाँ यी परम पवित्र, कहाँ ती पवित्र। यी
लक्ष्मी-नारायणको त जन्म नै सत्ययुगमा हुन्छ। तिनीहरू त आउँछन् नै पछि, कति फरक छ।
बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई यो बनाइरहनु भएको छ। भन्नुहुन्छ– म एकलाई
याद गर। आफूलाई अशरीरी आत्मा सम्झ। सर्वोच्च शिवबाबाले पढाएर सर्वोच्च बनाउनु हुन्छ।
ब्रह्माद्वारा हामी यो पढिरहेका छौं। ब्रह्मा नै विष्णु बन्छन्। यो पनि तिमीलाई थाहा
छ। मनुष्यले त केही पनि बुझ्दैनन्। अहिले सारा सृष्टिमा रावणको राज्य छ। तिमीले
रामराज्य स्थापना गरिरहेका छौ, जुन कुरा तिमीले बुझेका छौ। ड्रामा अनुसार हामी
स्वर्ग स्थापना गर्न लायक बनिरहेका छौं। अब बाबाले लायक बनाउनु हुन्छ। बाबा बाहेक
कसैले पनि शान्तिधाम, सुखधाममा लैजान सक्दैन। गफ लगाइरहन्छन् फलानो स्वर्ग गयो,
मुक्तिधाम गयो। बाबा भन्नुहुन्छ– यी विकारी पतित आत्माहरू शान्तिधाम कसरी जान सक्छन्?
तिमीले भन्न सक्छौ अनि उनले सम्झन्छन्– यिनलाई कति नशा छ। यस्तो विचार सागर मन्थन
गर, कसरी सम्झाऔं। हिँड्दा-डुल्दा अन्तर्मुखी हुनुपर्छ। धैर्य पनि राख्नुपर्छ, हामी
पनि लायक बनौं। तिमीहरू नै पूरा लायक र पूरा नालायक बन्छौ। अरू कोही बन्दैन। अहिले
बाबाले तिमीलाई लायक बनाइरहनु भएको छ। ज्ञान धेरै मजाको छ। भित्र धेरै खुसी हुन्छ–
हामीले यस दुनियाँलाई परम पवित्र बनाउँछौं। चालचलन धेरै रोयल हुनुपर्छ। खान-पान,
चालचलनबाट थाहा हुन्छ। शिवबाबाले तिमीलाई यति उच्च बनाउनु हुन्छ। उहाँको बच्चा बनेका
छौ त्यसैले नाम प्रख्यात गर्नुपर्छ। चालचलन यस्तो होस् जसबाट बुझून्– यी त परम
पवित्रका बच्चाहरू हुन्। बिस्तारै-बिस्तारै तिमी पवित्र बन्दै जान्छौ। महिमा हुँदै
जान्छ। फेरि नियम कानुन सबै बन्छ, अनि कोही पनि पतित भित्र आउन सक्दैन। बाबाले
सम्झिनुहुन्छ– अझै समय छ। बच्चाहरूले धेरै पुरुषार्थ गर्नुपर्छ जसबाट आफ्नो राजधानी
पनि तयार होस्। फेरि यी कानुन लागु गर्न कुनै हर्जा छैन। फेरि त यहाँबाट तल
आबूरोडसम्म क्यू लाग्छ। अब तिमी अगाडि बढ। बाबाले तिम्रो भाग्यलाई बढाइरहनु हुन्छ।
पद्म भाग्यशाली पनि नियम अनुसार भनिन्छ नि। पाउमा पद्म देखाउँछन् नि। यो सबै तिमी
बच्चाहरूको महिमा हो। फेरि पनि बाबा भन्नुहुन्छ– मनमनाभव, बाबालाई याद गर। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई
गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) यस्तो कुनै
काम गर्नु छैन, जसले दिल खाइरहोस्। पूरा सुगन्धित फूल बन्नु छ। देह-अभिमानको
दुर्गन्धलाई निकालिदिनु छ।
२) चालचलन धेरै रोयल
हुनुपर्छ। परम पवित्र बन्ने पूरा पुरुषार्थ गर्नु छ। दृष्टि यस्तो नहोस्, जसकारण पद
भ्रष्ट बनोस्।
वरदान:–
हरेक खजानालाई
कार्यमा लगाएर प दमौं को कमाई जम्मा गर्ने प दमापदम भाग्यशाली भव
हर सेकेन्ड पदमौंको
कमाई जम्मा गर्न सक्ने वरदान ड्रामामा संगमको समयमा मिलेको छ। यस्तो वरदान स्वयंको
लागि जम्मा गर अनि अरूलाई दान गर, त्यसैगरी संकल्पको खजानालाई, ज्ञानको खजानालाई,
स्थूल धनरूपी खजानालाई कार्यमा लगाएर पदमौंको कमाई जम्मा गर किनकि यतिबेला स्थूल धन
पनि ईश्वरअर्थ समर्पण गर्नाले एक पैसा एक रत्नको जति नै मूल्यवान हुन जान्छ त्यसैले
यी सबै खजानाहरूलाई स्वयंको लागि वा सेवाको लागि कार्यमा लगायौ भने पदमापदम
भाग्यशाली बन्छौ।
स्लोगन:–
जहाँ दिलको
स्नेह हुन्छ, त्यहाँ सबैको सहयोग सजिलैसँग प्राप्त हुन्छ।
शब्दार्थ:–
होलिएस्ट अफ द होली=
परम पवित्र, सबैभन्दा पवित्र। होली= पवित्र।