BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


01.01.2015

एक ब्राह्मण आत्माको सागर बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म एक ब्राह्मण आत्मा हुँ । मेरो जन्म ब्रह्मा मुख कमलद्वारा भएको हो । यस्तो संकल्प गर्ने बित्तिकै मेरो मनमा स्नेहको लहर फैलिइरहेको छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग । बाबा ! मलाई हजुरबाट अलौकिक वर्सा प्राप्त भएको छ । यस ब्राह्मण जीवनमा मेरो त केवल एकै आशा छ कि म हजुर सागरमा समाहित भएर सागर समान बन्न सकूँ ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे ! उठ ! मसँगै बस । जति जति ज्ञान सूर्यको लाइटको चमक तेज हुँदै जान्छ, त्यति त्यति तिमी भित्र स्नेहको लहर पैदा हुन्छ, जसलाई तिमीले अनुभव गर्छौ । अमृतबेलाबाट नै यो कार्य ज्ञान सूर्यले ज्ञान मुरलीद्वारा प्रारम्भ गरिदिनुहुन्छ । ज्ञान, स्नेह, सुख, शान्ति र शक्तिको सर्व प्रकारको लहरहरु यस अमृतबेलाको विशेष समयमा नै उत्पन्न हुन्छन् ।  

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ

तिमीले आफ्नो वास्तविक स्वरुपलाई सधैं स्मृतिमा राखेर दिव्यताको श्रेष्ठताले चम्किरहन्छौ । यस कारण तिम्रो संगतले पारसको काम गर्छ र तिम्रो संपर्कमा आउने हरेक आत्मा गोल्डेन लाइटले चम्किन्छ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।