BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


02.01.2015

एक परवाना बच्चाहरुको रुहानी शमा (ज्योति) बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

एक अविनाशी परवाना (पुतली) हुँ मैले केवल रुहानी शमालार्ई नै देख्छु उहाँसँग नै वार्तालाप गर्छु मेरो स्मृतिमा सदा एक बाबा, दोस्रो कोही नै रहन्छ

कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग बाबा ! हजुर शमा अविनाशी हुनुहुन्छ परवाना पनि अविनाशी हुँ हजुरप्रति मेरो स्नेह पनि अविनाशी

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस आज रुहानी शमा अविनाशी स्नेह लिएर तिमी परवानाहरुसँग भेट्नको लागि यस महफिलमा आउनुभएको जसले यस स्नेहलाई पहिचान गरेर जिम्मेवारीलाई निभाउँछन्, उनीहरुलाई सर्व प्राप्ति स्वतः हुन लाग्छ यस रुहानी प्यारको अनुभव स्नेही सम्बन्ध निर्वाह गर्ने जिम्मेवारीलाई पनि सहज बनाइदिन्छ

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ बाबा हुनुहुन्छ शान्तिका सागर यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको

तिमीले जानिसकेका छौ सारा कल्पमा यस्तो सुनौलो दिन आउने छैन यस संगमयुगको सुनौलो अवसर लिएर तिमी बाबाद्वारा मिलेका खजाना हर सेकेण्डलाई कार्यमा लगाउँछौ यसैले तिमी समर्थवान सदा विजयी बन्दछौ

बेहदको सूक्ष्म सेवा- आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु आफ्नो फरिश्ता ड्रेस पहिरिएर विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।