BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


03.01.2015

अति स्नेही प्रिय बच्चाहरुको अति प्यारा बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

एक अति प्रिय सन्तान हुँ बाबाको मसँग पवित्र गहिरो स्नेह यस रुहानी प्यारलाई स्मृतिमा ल्याउने बित्तिकै मेरो दिल हल्का मन शान्त हुन्छ

कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग मेरा बाबा, मीठा बाबा, प्यारा बाबा ! यो गीत सुन्नासाथ सतर्क हुन्छु मैले यो सम्झेको छु यस अविनाशी गीतलाई निरन्तर गाएर सधैं अगाडि बढिरहनेछु

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस मीठे बच्चे, सिकीलधे बच्चे ! बाबाको प्यारको मीठो धुन सधैं तिम्रो कानमा गुञ्जिरहोस् तिमी सधैं बाबाको महिमा श्रेष्ठ जीवनको गीत गाइराख ईश्वरीय ज्ञान सर्व प्राप्तिहरुको गीत पनि सधैं तिम्रो दिलमा बजिरहोस् तिमी स्वयंलाई सधैं यो मधुर संगीत सुनाएर व्यर्थबाट मुक्त होऊ

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ बाबा हुनुहुन्छ शान्तिका सागर यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको

तिमी कुनै पनि विघ्न आउँदा रुहानी जादुगर बनेर बाबाको आफ्नो फरिश्ता स्वरुपको आह्वान गर्दछौ यस युक्तिले तिमी मायाको प्रभावमा नपरेर सधैं उँचा उडान भरिरहन्छौ

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु आफ्नो फरिश्ता ड्रेस पहिरिएर विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।