BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


04.01.2015

सर्व सम्बन्ध निर्वाह गर्ने परमात्मासँग मायाजीत आत्माको कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

मायाजीत आत्मा हुँ बाबालाई सधैं आँखामा राखेर मायामाथि विजय प्राप्त गर्दछु आफ्नो कानद्वारा सधैं बाबाकै सुन्दछु मेरो पाउ बाबालाई फलो गर्नको लागि हो सधैं बाबाको हर कदममा कदम राखेर चल्दछु

कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग सधैं हजुरलाई नै देख्छु, हजुरकै सुन्छु, हजुरको साथमा नै सुत्छु हजुरको साथमा नै खान्छु बाबा ! जब सेवा गछु, तब अन्य आत्माहरुलाई हजुरको परिचय दिएर हजुरसँग मिल्ने प्रेरणा दिन्छु यो अव्यभिचारी समर्पणले मलाई मायाजीत बनाउँछ

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस कहिले तिम्रो पिता बन्छु, कहिले शिक्षक बनेर तिमीलाई पढाउँछु भने कहिले तिम्रो मित्र पनि बन्दछु बाबाले तिमीलाई सर्व सम्बन्धको अनुभव गराउनुहुन्छ केवल बाबाले नै यो सारा पार्ट बजाउन सक्नुहुन्छ त्यो पनि केवल यस संगमयुगमा तिमी बाबासँग जुन पनि सम्बन्धबाट मिल्न चाहन्छौ, मिल्न सक्छौ आफ्नो उँचा भाग्य बनाउन सक्छौ

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ बाबा हुनुहुन्छ शान्तिका सागर यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको

पुरानो दुनियाँको त्याग गरेर तिम्रो हात ईश्वरीय खजानाहरुले भरिएका छन् सम्पर्कमा आउने हरेक आत्मालाई तिमी यी खजानाहरुबाट भरपुर गरिदिन्छौ यसबाट तिम्रो विश्व महाराजन दातापनको संस्कार इमर्ज हुन्छ

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु आफ्नो फरिश्ता ड्रेस पहिरिएर विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।