BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


05.01.2015

सच्चा सीताको परमात्मा रामसँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

सच्चा सच्चा सीता हुँ हर कदम श्रीमत प्रमाण चल्छु साथसाथै सर्व मर्यादाहरुको पालन पनि गर्छु

कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग यस पुरानो दुनियाँमा रहँदै आफ्नो लौकिक जिम्मेवारी निभाउँदै सधैं यस स्मृतिमा रहन्छु हजुरको सच्चा सच्चा सीता हुँ मेरो हर श्वासमा हजुर रामको नै याद रहन्छ

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! उठ ! मसँगै बस एक परमात्मा नै राम हुनुहुन्छ तिमी नै सच्चासच्चा सीता हौ सच्चा सीता बनेर तिमीले सधैं बाबाको यादमा  रहेर हर श्रीमतलाई निरन्तर फलो गर्नु तिम्रो एक पनि कदम बाबाको डायरेक्शनको विरुद्ध नहोस् जसरी रेल लिकमा सुरक्षित रहन्छ, ठीक त्यसै गरेर तिमी पनि अमृतबेलाको समय स्वयंलाई सेट गरेर सुरक्षित होऊ यदि तिम्रो अमृतबेलाको डाउण्डेशन मजबुत भयो भने तिमीलाई बापदादाको सहयोग मिलिरहन्छ

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ बाबा हुनुहुन्छ शान्तिका सागर यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको

तिमी आत्माहरुको ज्योति बालेर उनलाई अगाडि बढाउँछौ उनलाई उँचा उडाएर असीम सुख पाउँछौ तिमी सधैं अरुलाई अगाडि राखेर इच्छा मात्रम् अविद्याको स्मृतिमा रहन्छौ यस कारण तिमीले सबैको दिल जितेका छौ विश्व कल्याणकारी बनेका छौ

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु आफ्नो फरिश्ता ड्रेस पहिरिएर विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।