BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


07.01.2015

सन्तुष्टमणि आत्माको दिव्य दर्पण दातासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म आत्मा सधैं बेहदमा रहन्छु । मैले सम्पूर्ण विश्वको कल्याणको लागि बेहदको जिम्मेवारी लिएको छु । यस बेहदको जिम्मेवारीलाई निभाएर म उँच स्थिति प्राप्त गरिरहेको छु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग । मैले अनुभव गरेको छु, जब म संकल्प गर्दछु म गृहस्थी हुँ, मेरा यी सम्बन्धी हुन्, त्यसपछि म मोह मायाको जालमा फँस्छु । तर स्मृतिको परिवर्तनबाट म यस बन्धनलाई तोडिरहेको छु । मलाई त केवल यही स्मृति राख्नु छ म सेवाको मैदानमा खडा छु । मैले सारा विश्वको कल्याण गर्नु छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! जाग ! मेरो साथमा बस । आफ्नो लौकिक जिम्मेवारीलाई सधैं याद राख । यदि तिमीले आफ्नो समय र संकल्प हदको जिम्मेवारी निभाउनमा लगाइदियौ भने तिमीले आफ्नो वास्तविक जिम्मेवारीमा ध्यान दिन सक्ने छैनौ । हदमा रहेर तिमीेले आत्माहरुको कल्याण गर्नुको सट्टा उल्टै डिस्टर्ब गर्नेछौ । तिमीले अलौकिक कार्य नगरेको देखेर आत्माहरु अलौकिक बाबासँग दूर हुनेछन् । साथै हदको हदको जिम्मेवारी तिमीलाई बोझ अनुभव हुनेछ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा शान्तिका सागर हुनुहुन्छ । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ

खुशीको कुराको स्टक र ईश्वरीय संकल्पहहरुद्वारा तिमी व्यर्थ कर्महरुको स्टकलाई खत्तम गरिदिन्छौ । यसकारण तिम्रो रुहानियत, वायुमण्डललाई शक्तिशाली बनाइरहेको छ र आत्माहरुलाई परमात्माको करेन्ट अनुभव गराइरहेको छ ।

बेहदको सूक्ष्म सेवा - आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, म पूरै विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता ड्रेस पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं  । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।