BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


08.01.2015

मोहजित आत्माको कर्मातीत ब्रह्मा बाबासँग रुहरिहान

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

मोहजित आत्मा हुँ मोहसँग जित पाउनका लागि सारा दिन आफ्ना पाँचै स्वरुपको स्मृतिमा रहन्छु . हजुरको सन्तान हुँ . ईश्वरीय विद्यार्थी हुँ . रुहानी यात्री हुँ . रुहानी योद्धा हुँ . खदाई खिमदगार हुँ

कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठे बाबा गुड मर्निङ्ग मैले विश्व कल्याणको जिम्मेवारी निभाउने प्रतिज्ञा लिएको छु स्वर्णिम दुनियाँ ल्याउनका लागि हजुरको सहयोगी बन्छु यस जिम्मेवारीलाई राम्रोसँग पूरा गर्नका लागि मैले मोहलाई जित्नुपर्छ स्मृति स्वरुप बन्नुपर्छ

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे ! जाग ! मसँग बस अमृतवेला उठ्नेबित्तिकै तिमी बाबासँग रुहरिहान गर आफ्नो पाँच स्वरुपलाई अनुभव गर ईश्वरीय सन्तान, ईश्वरीय विद्यार्थी, रुहानी यात्री, रुहानी योद्धा खुदाइ खिदमदगार जब तिमी यी पाँचै स्वरुपबाट बाबासँग मिल्छौ भने तिमी कर्म बन्धनबाट छुट्नेछौ सारा दिन भिन्नभिन्न कार्य गर्दागर्दै पनि तिमी यी पाँच स्वरुपलाई स्मृतिमा राख यसरी स्मृति स्वरुप बनेर तिमी मोहलाई जित्न सक्नेछौ ब्रह्माबाबा समान कर्मातीत बन्नेछौ

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ बाबा शान्तिका सागर हुनुहुन्छ यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको

तिमी आत्माहरुको जादुयुक्त नयनले हर आत्माको विशेषता सुन्दरतालाई नै देख्दछ तिमीहरुको यस रुहानी दृष्टिद्वारा संगठन एकमत बन्दै गइरहेको हर आत्माको दिलमा आफ्नोपनको भावना पैदा भइरहेको -

बेहदको सूक्ष्म सेवा : आखिरी १५ मिनेट

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, पूरै विश्वलाई दान दिइरहेको छु आफ्नो फरिस्ता ड्रेस पहिरिएर विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं  । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।