BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


16.12.2014

भोलानाथ बाबासँग अनुभवीमूर्त आत्माको वार्तालाप

पहिलो स्मृति

म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय गर्नका  लागि मधुर प्रकाशको घरबाट अवतरित भएको हुँ ।

म को हुँ ?

म एक अनुभवीमूर्त आत्मा हुँ । एक सेकेण्डको अमृतवेलाको गहन अनुभवले मलाई दिनभरिको लागि भरपुर गरिदिन्छ । मैले त केवल भोलानाथ बाबासँग बुद्धियोग लगाउनु छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठा ब्रह्मा बाबा गुडमर्निङ्ग ! भोलानाथ बाबा ! हजुर मेरो पिता हुनुहुन्छ । म स्वयंमा असीम शान्तिलाई समाहित गरेर अत्यन्त भाग्यशाली अनुभव गरिरहेको छु । हजुरको स्नेह मेरो दिलमा बसेको छ । मलाई आफ्नो आदि पवित्र र शक्तिशाली स्वरुपको स्मृति आएको छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे उठ ! मेरो साथमा बस । म तिम्रो लागि सदा हाजिर छु । चाहे तिमी मेरो साथमा खाऊ, बस, खेल, जे पनि गर, म तिम्रो साथ सदा रहन्छु । तिमीले जे पनि अनुभव र प्राप्ति गर्न चाहन्छौ, गर्न सक्छौ । अमृतबेलाको समय तिमी म भोलानाथ बाबासँग सहज मिलेर सर्व प्राप्तिहरुको खजाना लिन सक्छौ । यस समयमा सर्व गुणहरुको र सर्व शक्तिहरुको खानी तिम्रो लागि खुलेको छ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा म बाबासँग प्रेरणायुक्त र पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ तिमी एक कर्मयोगी आत्मा हौ, जसको हर सेकेण्ड, हर संकल्प र हर कर्ममा रुहानियत छ । तिम्रो हर श्वासमा बाबा छ, हर कदममा सत्यता छ र हर कर्ममा कल्याणको भावना छ । त्यसैले सन्तुष्टता तिम्रो दिलको राजा हो । यो उपहार तिमीले सबैलाई दानमा देऊ ।

बेहदको सूक्ष्म सेवा  (योगको अन्तिम १५ मिनेट)

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिश्ता ड्रेस लगाएर म विश्वको भ्रमण गर्दै सर्व आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नुभन्दा पहिला

आवाजको दुनियाँभन्दा पर गएर आफ्नो स्थितिलाई स्थिर बनाऔं । चेक गरौं— आज दिनभरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेँ भने बाबालाई बताऔं । कसैसँग मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो चार्ट बनाऔं । ३० मिनेट योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई साफ र हल्का गरेर सुतौं ।