BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


20.12.2014

बापदादाको एक अनन्य बच्चाहरुसँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । यस बसुन्धरालाई प्रकाशमय गर्नको लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म एक विशेष आत्मा हुँ । म बाबाको हुँ र बाबाको दृष्टिमा म एक अति विशेष र अनन्य बच्चा हुँ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठा बाबा गुडमर्निङ्ग ! बाबा ! म हजुरको सामुन्ने सूक्ष्म वतनमा बसेको छु । मलाई हजुरको रुहानी प्यार र पालनाको खिचावट अनुभव भइरहेको छ । बाबा ! हजुरको श्रेष्ठ संकल्पहरुद्वारा सूक्ष्म शक्तिहरुको अनुभव गरिरहेको छु । 

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे उठ ! मेरो साथमा बस । प्यारा बच्चाहरु, तिमी मेरा हौं र म तिम्रो हुँ । यस रुहानी सम्बन्धको स्मृतिले तिमी आत्मालाई वरदानी शक्तिले भरपुर गर्छ । बापदादाले केवल वाणीद्वारा मात्र वरदान दिनुहुन्न, बापदादाको स्नेहभरि संकल्प पनि तिमी बच्चाहरुलाई सर्व श्रेष्ठ प्राप्तिको अनुभव गराउँछ । म तिम्रो पालना यिनै स्नेहभरि सूक्ष्म संकल्पहरुद्वारा गर्छु । म सूक्ष्म वतनमा बसेर तिमी विशेष बच्चाहरुलाई परमात्म शक्तिले भरपुर गरिदिन्छु ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा म बाबासँग प्रेरणायुक्त र पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान 

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ

बापदादाको स्नेह र प्यारले तिम्रो ज्ञान र योगको पंख पनि विकसित हुन्छ । यो स्नेहको पंखले तिमीलाई एक सकेण्डमा यस स्थूल दुनियाँ र मायाको छायाँबाट पर लैजान्छ । यो पंखले तिमीलाई बेफिक्र स्थितिमा उडाउँछ, जहाँ तिम्रो पुरुषार्थ एक मनोरञ्जन बन्न पुग्छ र तिम्रो विजय निश्चित हुनेछ ।

बेहदको सूक्ष्म सेवा  (योगको अन्तिम १५ मिनेट)

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो परिश्ता ड्रेस लगाएर म विश्वको भ्रमण गर्दै सर्व आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नुभन्दा पहिला

आवाजको दुनियाँभन्दा पर गएर आफ्नो स्थितिलाई स्थिर बनाऔं । चेक गरौं— आज दिनभरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेँ भने बाबालाई बताऔं । कसैसँग मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो चार्ट बनाऔं। ३० मिनेट योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई साफ र हल्का गरेर सुतौं ।