BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    22.12.2014

सूर्यको तेजस्वी किरण र चन्द्रमाको चाँदनीमा मग्न एक आत्मा

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । यस बसुन्धरालाई प्रकाशमय गर्नको लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म आत्मा बाबाको बच्चा हुँ । म बाबाको साथमा सर्व सम्बन्धहरुको रसको मिठासको अनुभव गरिरहेको छु । यी दुवै संकल्पहरुको नशाले मलाई सजिलै सूक्ष्म वतनतर्फ उडाइरहेको छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठा बाबा गुडमर्निङ्ग ! म बाबाको हुँ र मेरो सर्व सम्बन्ध एक मीठा बाबासँग नै छ । यी दुवै संकल्पले मलाई सदाकालको स्वाभाविक र सहजयोगी बनाइरहेको छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे उठ ! मेरो साथमा बस । तिमी बच्चाहरुलाई पिकनिकमा जानु र बिदाको दिन मनाउन धेरै राम्रो लाग्छ । त्यसैले अमृतबेला बापदादा तिमी बच्चाहरुलाई सूक्ष्म वतनमा आउने निमन्त्रण दिइरहनुभएको छ । प्यारा बच्चाहरु ! यस ज्ञान सागरको किनारमा आऊ अनि यस बेहदको सागरमा समाहित होऊ । मेरो छत्रछायाँमा यी सबै सूक्ष्म खजानाहरु स्वतः तिमीलाई प्राप्त छ । प्रिय बच्चाहरु ! आऊ र म ज्ञान सूर्य प्रकाश र ज्ञान चन्द्रमाको शीतल चाँदनीमा मगन होऊ । सबै मिलेर रुहानी पिकनिक मनाऊ । रुहानी खेलमा आनन्द लेऊ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा म बाबासँग प्रेरणायुक्त र पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान 

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ

आफ्नो स्वमानको हाइएस्ट सीटमा सेट भएर तिमी हीरो एक्टर बच्चाहरु सबै बिकराल परिस्थितिहरुलाई सहजतासँग पार गरिरहेका छौ ।  तिमी एक विजयी रत्न एवं मास्टर सर्व शक्तिमान आत्मा हौ, यही स्मृति तिमी आत्माको स्वमानको सीट बनिरहेको छ । यस स्वमानको सीटमा सेट भएर तिम्रो हर आज्ञाको पालन भइरहेको छ । तिम्रो हातमा जादू समान परमात्म शक्ति आइरहेको छ ।

बेहदको सूक्ष्म सेवा  (योगको अन्तिम १५ मिनेट)

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो परिश्ता ड्रेस लगाएर म विश्वको भ्रमण गर्दै सर्व आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नुभन्दा पहिला

आवाजको दुनियाँभन्दा पर गएर आफ्नो स्थितिलाई स्थिर बनाऔं । चेक गरौं आज दिनभरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेँ भने बाबालाई बताऔं । कसैसँग मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो चार्ट बनाऔं । ३० मिनेट योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई साफ र हल्का गरेर सुतौं ।