BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    23.12.2014

अमृतबेला (दोस्रो हप्ता) एक सौभाग्यशाली आत्माको प्रकृतिपतिसँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । यस बसुन्धरालाई प्रकाशमय गर्नको लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म यस्तो भाग्यवान आत्मा हुँ जसबाट सत्ययुगमा प्रकृति आफ्नो नेचुरल संगीतले ब्यूँझिन्छन्, तर संगमयुगमा प्रकृतिका रचयिता, प्रकृतिपति, मीठा प्यारा बाबा, मलाई स्वयं आएर उठाउनुहुन्छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठा बाबा गुडमर्निङ्ग ! बाबाको मधुर वाणीको संगीत मेरो कानमा गुञ्जिरहेको छ मेरा प्यारा बच्चाहरु, मीठा बच्चाहरु । बाबा ! हजुरको यो मीठो बोली स्वर्गको दिव्य संगीतभन्दा पनि धेरै मधुर छ । संगमयुमा यो ब्राह्मण जीवन पाएर म धेरै सौभाग्यशाली महसुस गरिरहेको छु ।

 

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे उठ ! मेरो साथमा बस । यही संगमयुगको त्यो मूल्यवान समय हो जब तिमी बच्चाहरुले स्वयमंलाई श्रेष्ठ संस्कार र प्राप्तिहरुले भरपुर गर्छौ र यही तिमी बच्चाहरुको प्रत्यक्षफल पनि हो । सत्ययुगको फल धेरै सतोप्रधान, शुद्ध, स्वादिष्ट र रसिलो हुन्छन् । त संगमयुगमा प्रकृतिपति स्वयं आएर तिमी बच्चाहरुलाई रुहानी फलहरुको रस पिलाइरहनुभएको छ । साथ साथै बाबा तिमीलाई सर्व सम्बन्धहरुको मिठासको अनुभव पनि गराइरहनुभएको छ । यस रुहानी फलहरुको रस पिउनाले तिमीलाई सर्व प्राप्तिहरुको अनुभव भइरहेको छ ।

बाबाद्वारा प्रेरणा

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा म बाबासँग प्रेरणायुक्त र पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान 

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ

यदि धेरै सेवा छ र यादमा कमजोर छौ या फेरि याद राम्रो छ र सेवामा कमी छ भने पनि पुरुषार्थको गति तीव्र हुन सक्दैन । यस गहन रहस्यलाई अब तिमीले जानिसकेका छौ, त्यसैले तिम्रो याद र सेवाको पंख शक्तिशाली भएका छन् । यी पंखद्वारा विश्व गगनमा उडान भर्दै तिमी प्रेम, पवित्रता र ज्ञानको उँचाइलाई प्राप्त गरिरहेका छौ ।

बेहदको सूक्ष्म सेवा  (योगको अन्तिम १५ मिनेट)

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो परिश्ता ड्रेस लगाएर म विश्वको भ्रमण गर्दै सर्व आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नुभन्दा पहिला

आवाजको दुनियाँभन्दा पर गएर आफ्नो स्थितिलाई स्थिर बनाऔं । चेक गरौं— आज दिनभरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेँ भने बाबालाई बताऔं । कसैसँग मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो चार्ट बनाऔं । ३० मिनेट योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई साफ र हल्का गरेर सुतौं ।