BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    24.12.2014

 

बाबाको गोदको छत्रछायाँमा बसेको एक बच्चा

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं आत्मा हुँ यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु

को हुँ ?

बाबाको बच्चा हुँ परमपिता परमात्मा मेरा मातापिता हुनुहुन्छ बाबाका हातबाट मेरो पालना भइरहेको

कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग बाबा ! सत्ययुगमा रत्नजडित झुलमा खेल्नेछु तर अहिले संगममा मैले हजुरको गोदमा खेल्ने सौभाग्य प्राप्त गरिरहेको छु यो मेरो श्रेष्ठ समय बिताउने साधन हो बाबा हजुरको गोदमा बस्दा मलाई अतीन्द्रिय सुखको अनुभव भइरहेको

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे उठ ! सँगै बस सत्ययुगमा अन्य पवित्र आत्माहरुको सान्निध्यमा तिमी रत्नजडित खेलौनासँग खेल्नेछौ तर तिमी यहाँ मेरो साथ जे चाह्यो त्यो खेल खेल्न सक्छौ तिमी मसँग साथीका रुपमा तथा मातापिताका रुपमा खेल्न सक्छौ तिमी  स्वयं बच्चा बनेर वा फेरि मलाई आफ्नो बच्चा बनाएर मसँग खेल्न सक्छौ यस्तो विशेष अविनाशी खेलौना तिमीलाई पूरा कल्पमा कहिल्यै पनि मिल्दैन

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु बाबा हुनुहुन्छ शान्तिका सागर यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त पवित्र सेवाको संकल्प लिइरहेको छु

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको बडो प्यार शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनु भएको दाता मात्रै स्वयं भरिपूर्ण हुन्छ अब दुनियाँले बोली भन्दा प्रत्यक्ष प्रमाण देख्न चाहन्छन् तिमीले गुण मूर्त बनेर सबैको मनोकामना पूर्ण गरिरहेका छौ तिम्रा नयनले विशेषताको प्रकाश फैलाइरहेका छन् तिम्रा कर्मले अरुलाई गुणवान बन्न सिकाइरहेका छन् तिम्रो बोली गुणको उदाहरण बन्दै गइरहेको तिम्रा श्रेष्ठ संकल्पका पंखले अन्य आत्माहरुलाई उनीहरुका निजी गुणको प्रकाश तर्फ उडान भर्ने प्रेरणा दिइरहेको

बेहदको सूक्ष्म सेवाः योगको अन्तिम १५ मिनेट

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु आफ्नो फरिस्ता पोशाक पहिरिएर   विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं चेक गरौं आज मैले दिन भरमा कुनै कुराको अवज्ञा गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं कसैको मोह या आकर्षणमा बुद्धि फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं आफ्नो दिललाई सफा हल्का बनाएर सुतौं