BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    25.12.2014

 

एक हर्षित आत्माको कल्पवृक्षको चैतन्य बीजसँग भेटघाट

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म त्यो आत्मा हुँ जसलाई परम खुशीको खजाना प्राप्त भएको छ । मैले जे पाउनु थियो त्यो पाइसकें बाबा ! हजुरको साथ पाएर म आत्मा खुशीमा झुम्दै परमानन्दको अनुभव गरिरहेको छु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग । मलाई आफ्नै सामुन्ने एक मंगल मेला मनाइरहेको आभास भइरहेको छ । यो सर्व सम्बन्धको मंगल मिलन मैले हजुरसँग मनाइरहेको छु बाबा । यो मंगल मिलन मेरो जन्मसिद्ध अधिकार हो । यो अधिकारले मलाई हजुरबाट सर्व प्राप्तिहरुको अनुभूति गराइरहेको छ ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे उठ ! म सँगै बस । बिहानैदेखि नै यो खुशी र आनन्दको खजानालाई उपयोग गर । विचार सागर मन्थन गरेर स्वयंसँग आनन्दपूर्वक कुरा गर । प्रातः आँखा खुल्ने बित्तिकै, अन्तर्मनमा, विश्व रचयिता, दातावरदातालाई प्रत्यक्ष गर । प्यारा बच्चाहरु आउ र म कल्प वृक्षको यस बीजसँग मिलन मनाऊ । म बीजमा सारा कल्पवृक्षको सार समाहित भएको छ ।

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनु भएको छ तिम्रो फरिस्ता स्वरुपको स्मृतिको स्विच अन हुनासाथ, एक सेकेण्डमा, अज्ञान अन्धकार हटिरहेको छ । यो स्विच अन गर्ने कलाले तिमीलाई शक्तिशाली बनाइरहेको छ । यो शक्तिशाली स्वरुपबाट तिमी सारा सृष्टिको रचनाका लागि वरदाता बन्दै गरिरहेका छौ ।

बेहदको सूक्ष्म सेवाः योगको अन्तिम १५ मिनेट

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म  विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिन ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बताऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हल्का बनाएर सुतौं ।