BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


    26.12.2014

 

परमात्माको सानिध्यमा एक सिकिलधे बच्चा

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ ।  म यस बसुन्धरालाई प्रकाशमय गर्नका  लागि मधुर प्रकाशको घरबाट अवतरित भएको हुँ ।

म को हुँ ?

म परमात्माको एक सिकिलधे बच्चा हुँ । मलाई महसुस  बाबाको मप्रति धेरै स्नेह छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानी

मीठा बाबा गुडमर्निङ्ग ! बाबा ! मलाई यो महसुस भएको छ सत्ययुगमा राज्य अधिकार दिनको लागि हजुरले मलाई खोज्दै यहाँ आइपुग्नु भएको छ । बाबा हजुरको यो शुभ चाहना छ म सत्ययुग राज्य अधिकारी योग्य बन्न सकूँ । बाबा ! हजुरले मसँग केही पनि लिनु हुन्न अझ हजुर दाता बनेर मलाई सधैं भरपुर गरिररहनुहुन्छ ।

बाबाको आत्मासँग कुराकानी

मीठे बच्चे उठ ! मेरो साथमा बस । म परमधामबाट आउँछु नै तिमीलाई खोजेर पढाउनको लागि । म लन्डन, अमेरिका या भारतबाट होइन यस साकार वतनभन्दा पनि पर निराकारी दुनियाँबाट आउँछु । अलिकति विचार गर म कति दूर देशबाट तिमीलाई खोज्दै पढाउन आउँछु । तिमीलाई स्वयं भगवान पढाइरहनुभएको छ के योभन्दा धेरै खुशीको कुनै कुरा छ र ? सधैं यसै खुशीको नशामा डुबिराख ।

बाबाद्वारा प्रेरणा ः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाउनु छ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा म बाबासँग प्रेरणायुक्त र पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदान

सूक्ष्म वतनमा मीठा बाबाको सामुन्ने मेरो फरिश्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई वरदान दिइरहनुभएको छ

हरेक दिन बिहान अमृतबेला यो स्मृति इमर्ज गर म आत्मा सर्व रुहानी शक्तिहरुबाट भरपुर छु । यस अभ्यासले तिमी सधैंका लागि योगी बनाइदिएको छ । जसकारण परमपिता परमात्माको वरदानी सहयोग पनि प्राप्त हुन्छ । यस परमात्म सहयोगबाट तिमी मायामाथि सरल र सुन्दर रीतिले निश्चित विजय प्राप्त गरिरहेका छौ ।

बेहदको सूक्ष्म सेवा (योगको अन्तिम १५ मिनेट)

बाबाद्वारा यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिश्ता ड्रेस लगाएर म विश्वको भ्रमण गर्दै सर्व आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नुभन्दा पहिला

आवाजको दुनियाँभन्दा पर गएर आफ्नो स्थितिलाई स्थिर बनाऔं । चेक गरौं आज दिनभरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेँ भने बाबालाई बताऔं । कसैसँग मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो चार्ट बनाऔं । ३० मिनेट योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयंलाई मुक्त गरौं । आफ्नो दिललाई साफ र हल्का गरेर सुतौं ।