BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


27.12.2014

एक वारिस बच्चाको परमात्मासँग आत्मिक कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको हुँ ।

म को हुँ ?

म परमात्म परिवारको एक वारिस बच्चा हुँ । मैले स्वयम् परमात्माद्वारा पदमापदम सौभाग्यको वर्सा प्राप्त गरिरहेको छु । 

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग । बाबा ! मलाई स्नेह भरी ईश्वरीय ब्राšण परिवारको सम्बन्ध सम्पर्कमा ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद । बाबा हजुरले मलाई केवल यो मात्रै ज्ञान दिनु भएन म एक महान् आत्मा हुँ तर यो पनि सम्झाउनु भयो कि म हजुरको बच्चा हुँ । हजुरका साथ मातापिता र बच्चाको सम्बन्ध जोड्नासाथ सारा ईश्वरीय परिवारका साथ मेरो एक रुहानी एवं पवित्र सम्बन्ध भाइबहिनीको सम्बन्ध जोडिएको छ । 

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे जाग ! मसँगै बस । के तिमीले सपनामा पनि सोचेकी थियौ तिमीलाई मेरो वारिस बन्ने सौभाग्य प्राप्त हुनेछ ? मेरो सम्पूर्ण सम्पतिको तिमी अधिकरी बनेका छौ । म तिमी बच्चीहरुलाई मातापिता तथा बालकको सम्बन्धको अनुभव गराउन र तिमीलाई तिम्रो वर्सा दिनका लागि यस सृष्टिमा अवतरित भएको छु । तिमीलाई यो सौभाग्य ईश्वरीय परिवारसँग  सम्बन्ध जुट्ने बित्तिकै प्राप्त हुन्छ । दुःखको दुनियाँलाई छोडेर सुखमय संसारlतर तिमी गइरहेका छौ । सर्वोच्च ईश्वरीय मर्यादाहरुलाई पालन गरेर तिमी मर्यादा पुरूषोत्तम बन्दै गइरहेका छौ ।

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ स्नेहका सागर एवं स्नेह सम्पन्न नदीहरुको मेला हुन्छ अनि नदि पनि बाबा समान मास्टर स्नेहको सागर बन्दछ । तिमी मास्टर स्नेहका सागर बनेर सबैलाई स्नेहभरी पालनाको पवित्र धागो बाँधिरहेका छौ र सबै आत्माहरुको मनोकामनाहरुलाई पूर्ण गरिरहेका छौ । तिमीले सबैलाई आफ्नोपनको आभासको अनुभव गराइरहेका छौ र सबैलाई बाबाको दिलतख्ततीर लगिरहेका छौ जहाँ उहाँबाट पालना र तिम्रो विकास भइरहेको छ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पुरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिन ? यदि गरेको भए बाबालाई बनाऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । 30 मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।