BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


28.12.2014

दिल तख्त नशीन बच्चाकोमेरा बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएकी छु ।

म को हुँ ?

म ईश्वरीय परिवारको एक वारिस बच्चा हुँ अनि म बाबाको दिल तख्तमा बेसेको छु । म यस रुहानी परिवारको सदस्य हुँ त्यसैले बाबाको दिलमा बसेको छु । 

म कसकी हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग । मेरा बाबा ! मलाई यो आभास भएको छ कि हजुरका जति धेरै बच्चाहरु किन नहुन्, हामी सबै हजुरको दिलमा बसेका छौं । मैले कसैसँग रिस गर्ने आवश्यकता छ्रैन किनकि हामी सबैको हजुरको दिल तख्तमा बराबर अधिकार छ । बाबा हजुरको दिल यति विशाल छ, हामी सबै त्यस दिलमा अटेका छौं र त्यसमा अरुलाई पनि राख्ने बेहद क्षमता छ । 

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे जाग ! मसँगै बस । तिमीले दिलबाट मेरो बाबा भन्ने बित्तिकै मैले तिमीलाई आफ्नो दिल तख्तमा बसालिदिन्छु । यो दिल तख्तले तिमीलाई स्वराज्य अधिकारी बनाइरहेको छ र तिमी राजा बन्दै गइरहेको छौ । यो तख्त तिमीले शासन गर्नका लागि हो । तिमी बच्चाहरुले आफ्नो राजतिलक र राजसी तख्त प्राप्त भएकोमा उत्सव माइरहेका छौ । यो तख्तको स्मृतिबाट तिमी बच्चाहरुले विघ्नलाई सजिलै पार गर्दै गइरहेका छौ ।

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ

संगम युगमा तिमी बच्चाहरुको गायन छ— “सुखका सागरका सन्तान, सुखदेव । तिम्रो नम्रताबाट चारै तिर रुहानी खुशीको प्रकाश फैलिइरहेको छ । यो प्रकाशले तिम्रो सम्पर्कका सबै आत्माहरुको आन्तरिक सुन्दरतालाई प्रकाशित गरिरहेको छ र तिमी सर्व रचनाको प्रिय बन्दै गइरहेका छौ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिन ? यदि गरेको भए बाबालाई बताउँं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाउँं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।