BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


29.12.2014

एक रोयल बच्चाको सृष्टिका रचयितासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएकी छु ।

म को हुँ ?

म एक रोयल बच्चा हुँ । म पवित्रताको स्मृतिको तिलक, विश्व कल्याणको जिम्मेवारीको ताज, अनि बापदादाको दिलतख्तको स्मृतिलाई याद गरिरहेको छु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा— गुड मर्निङ्ग । म हजुरसँग एक गहिरो सम्बन्धको अनुभव गरिरहेको छु । बाबा ! हजुरको बच्चा हुनाले मेरो लागि कुनै पनि वस्तु अप्राप्त छैन ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे !  उठ ! मसँगै बस । यही त्यो सम्पूर्ण प्राप्तिहरुको जीवन हो, जुन तिमीलाई विश्व रचयिताको ईश्वरीय परिवारको सदस्य बनेपछि मिल्छ । याद गर– म को हुँ ? आफूलाई यस विस्मृतिको खेल मुक्त गर । तिमीले आफूलाई आफ्नो निजी स्वरुपमा ल्याऊ, अनि अधिकारी आत्मा बन ।

 

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ—

तिमी त्यो आत्मा हौ, जसबाट खुशीको अविनाशी खजाना मिलिरहेको छ । तिम्रो किन को गीत अब समाप्त भइसकेको छ, हरेक दिन “वाह मेरा बाबा” र “वाह मेरो मीठो परिवार” को यो गीत गाइरहेका छौ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिन ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।