BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


30-12-2014 Nepali

एक भाग्यवान सिताराको मीठा बाबासँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं— म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म एक लक्की सितारा हुँ । भगवान स्वयं मेरो गुणगान गर्नुहुन्छ । म सम्पूर्ण विश्वलाई प्रकाशित गर्नको लागि एक चम्किलो ध्रुब तारा बनेको छु ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा— गुड मर्निङ्ग । बाबा ! हजुरको सानिध्यमा म अतीन्द्रिय सुखको अनुभव गरिरहेको छु । हजुरको साथमा म टिमटिएको सिताराको चमक बढ्दै गइरहेको छ । म एक लक्की सितारा बन्दै गइरहेको छु ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे ! उठ ! मसँगै बस । लक्की सितारा बन्ने खुशीको अनुभवले तिम्रो सारा दुःख दूर भइरहेको छ । अमृतबेला तिमी आफूले आफ्नो दिलको ऐनामा हेर । यस समय आफूलाई चमकदार भाग्य र भविश्यको उँचा उडानलाई बारम्बार यस ऐनामा हेर । 

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ—

तिम्रो सच्चा दिलदेखि गरिएको सेवाको चमक परमात्म प्यारद्वारा अति उज्ज्वल हुँदै गइरहेको छ । यसै पवित्रताको कारण तिमी कर्महरुको आकर्षण र बन्धनबाट पर गएर, विश्व मंचमा चमत्कार देखाइरहेका छौ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिन ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।