BRAHMA KUMARIS WORLD SPIRITUAL UNIVERSITY


Home

अमृतवेला

Contact Us


31.12.2014

एक सम्पन्न आत्माको एक जौहरीसँग कुराकानी

पहिलो स्मृति

आँखा खुल्ने बित्तिकै संकल्प गरौं म आत्मा हुँ । म यस बसुन्धरालाई प्रकाशमय बनाउनका लागि मधुर प्रकाशको घरबाट अवतरित भएको छु ।

म को हुँ ?

म एक सम्पन्न आत्मा हुँ । मेरो खजाना ज्ञान, गुण र शक्तिहरुको बहुमूल्य रत्नहरुले भरपुर छ ।

म कसको हुँ ?

आत्माको बाबासँग कुराकानीः

मीठे बाबा गुड मर्निङ्ग । बाबा ! मैले हजुर ज्ञान सागर जौहरीको साथमा पक्का सौदा (ब्यापार) गरेको छु । बाबा ! हजुरले मलाई थाली भरी भरी ज्ञान, गुण र शक्तिहरुको रत्न दिइरहनुभएको छ । यी रत्नहरुको साथमा खेल्दै मेरो पालना भइरहेको छ ।

बाबाको आत्मासँग कुराकानीः

मीठे बच्चे ! उठ ! मसँगै बस । जति जति तिमी यी रत्नहरुलाई आफ्नो कार्य व्यवहारमा प्रयोग गरिरहेका छौ, उति नै यो रत्न वृद्धि भइरहेको छ । जो आत्मा यी रत्नहरुको साथमा सदा व्यस्त रहन्छन्, ऊ नै सबैभन्दा धेरै सम्पन्न हो । प्यारा बच्चाहरु ! आफ्नो बहुमूल्य समय व्यर्थ नगुमाऊ । कुनै पनि व्यर्थ कुरालाई नहेर, नसुन, नसोच, नबोल । 

बाबाद्वारा प्रेरणाः

आफ्नो मनलाई सबै कुराबाट हटाएर बाबामा लगाऊ । बाबा हुनुहुन्छ शान्तिका सागर । यस शान्तिमा मैले बाबाबाट प्रेरणायुक्त एवं पवित्र सेवाको संकल्प लिइरहेको छु ।

बाबाद्वारा वरदानः

सूक्ष्म वतनमा मीठा बाबाका सामुन्ने मेरो फरिस्ता स्वरुप स्पष्ट देखिइरहेको छ । बडो प्यार र शक्तिशाली दृष्टिद्वारा बाबाले मलाई बरदान दिइरहनुभएको छ

तिम्रो चेतना पवित्र र शुद्ध हुँदै गइरहेको छ । सत्यताको प्रकाश र बाबाको स्नेहबाट यसको चमक निकै बढ्दै गइरहेको छ । तिम्रो पवित्रताको सुन्दरताबाट तिम्रो भविष्यको एउटा यस्तो चित्र बनिरहेको छ, जुन तिम्रो कल्पना भन्दा पनि पर छ ।

बेहदको सूक्ष्म सेवाः (आखिरी पन्द्र मिनेट)

बाबाद्वारा प्राप्त यस वरदानलाई आफ्नो शुभ संकल्पद्वारा, वरदाता बनेर, मैले पूरा विश्वलाई दान दिइरहेको छु । आफ्नो फरिस्ता पोशाक पहिरिएर म विश्व भ्रमण गर्दै सबै आत्माहरुलाई यो वरदान दिइरहेको छु ।

राती सुत्नु भन्दा पहिला

आवाजको दुनियाँ भन्दा पर गएर आफ्नो अवस्थालाई स्थिर बनाऔं । चेक गरौं— आज मैले दिन भरमा कुनै कुराको अवज्ञा त गरिनँ ? यदि गरेको भए बाबालाई बताऔं । कसैको मोह या आकर्षणमा बुद्धि त फँसेन ? आफ्नो कर्मको चार्ट बनाऔं । ३० मिनेटको योगद्वारा कुनै पनि गलत कर्मको प्रभावबाट स्वयम्लाई मुक्त गरौं । आफ्नो दिललाई सफा र हलुङ्गो बनाएर सुतौं ।