Seven Days Course 

Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


 दूसरा दिन


    तीन लोक भनेका कुन-कुन हुन् र परमात्मा शिवको धाम चाहिँ कुन हो?

    मानिसहरूले मुक्ति अथवा पूर्ण शान्तिको शुभ इच्छा त गर्दछन् तर उनीहरूलाई यो कुरा थाहा छैन कि शान्तिधाम अथवा मुक्तिधाम कहाँ छ? यसै प्रकारले मानिसहरू परमपिता परमात्मासँग भेट्न चाहन्छन् र उहाँलाई याद पनि गर्दछन्। तर उनीहरूलाई यो कुरा थाहा छैन कि त्यो पवित्रधाम कहाँ छ जहाँबाट परमात्मा यस सृष्टिमा अवतरित हुनुहुन्छ? यो कति आश्चर्यको कुरा छ, जहाँबाट हामी सवै मानवआत्माहरू आएका हौं त्यही प्यारो देशलाई बिर्सिसकेका छौं र फर्केर पनि जान सक्दैनौं !!

    (१) साकार मानव लोक : चित्रमा देखाइएको एउटा हो, यो साकारी ‘मानवलोक’ जसमा यस समय हामी छौं। यसैलाई साकार मनुष्यलोक पनि भनिन्छ। यसमा सबै आत्माहरूले हाडमासुको शरीर लिएर कर्म गर्दछन् र त्यसको फल दुःखसुखको रूपमा भोग्दछन् तथा जन्ममरणको चक्करमा पनि आउँछन्। यस लोकमा संकल्प, ध्वनि र कर्म तीनै छन्। यसलाई नै पाँच तत्वको सृष्टि अथवा कर्मक्षेत्र पनि भन्दछन्। यो सृष्टि आकाश तत्वको अंश मात्र हो। यसलाई त्रिलोकको चित्रमा उल्टो वृक्षको रूपमा देखाइएको छ किनकि यसका बीजरूप परमात्मा पिता जोकि जन्ममरण रहित हुनुहुन्छ, माथि रहनुहुन्छ।

    (२) सूक्ष्म देवताहरूको लोक : यस मानव लोकको सूर्य तथा तारागणको पर तथा आकाश तत्व भन्दा पनि पर एक सूक्ष्म लोक छ जहाँ प्रकाशै प्रकाश छ। त्यस प्रकाशको थोरै अंशमा ब्रह्मा, विष्णु तथा महादेव शंकरका अलगअलग पुरीहरू छन्। यी देवताहरूका शरीर हाडमासुका होइनन् बरू प्रकाशका छन्। यिनीहरूलाई दिव्य आँखाद्वारा मात्र देख्न सकिन्छ। त्यहाँ दुःख अथवा अशान्ति हुँदैन। यहाँ संकल्पहरू हुन्छन् क्रियाहरू पनि हुन्छन्, कुराकानी पनि हुन्छ तर आवाज भने हुँदैन।

    (३) ब्रह्मलोक वा परलोक : यी दुबै धामहरूभन्दा पनि पर एउटा अर्को लोक छ जसलाई ‘ब्रह्मलोक’, ‘परलोक’, ‘निर्वाणधाम’, ‘मुक्तिधाम’, ‘शान्तिधाम’, ‘शिवलोक’ इत्यादि नाऊँहरूले याद गरिन्छ। यसमा सुनौला रातो रंगको प्रकाश फैलिएको छ जसलाई नै ‘ब्रह्मतत्व’, छैठौं तत्व अथवा महतत्व भन्न सकिन्छ। यसको एक अंशमात्रमा ज्योतिर्बिन्दु आत्माहरू मुक्तिको अवस्थामा रहन्छन्। यहाँ हरेक धर्मका आत्माहरूका समूह छन्।

    ती सबैको माथि सदामुक्त चैतन्य ज्योतिर्बिन्दु रूप परमात्मा सदाशिवको निवासस्थान छ। यस लोकमा मानव आत्माहरू कल्पको अन्तमा सृष्टिको महाविनाश भएपछि आफ्नोआफ्नो कर्मको फल भोग गरेर तथा पवित्र भएर नै जान्छन्। यहाँ मानव आत्माहरू कर्मबन्धन, देहबन्धन तथा जन्ममरणबाट रहित हुन्छन्। यहाँ न त संकल्प नै छ, न त वचन (बोली) नै छ, न त कर्म नै हुन्छ। यस लोकमा परमपिता परमात्मा शिव वाहेक अन्य कुनै ‘गुरू’ आदिले लैजान सक्दैन। यस लोकमा जानु नै अमरनाथ, रामेश्वरम् अथवा विश्वेश्वरनाथको सही यात्रा गर्नु हो, किनकि अमरनाथ परमात्मा शिव यहीँ रहनुहुन्छ।

    एउटा आश्चर्यजनक कुरा

    प्रायः सबै मानिसहरू परमात्मालाई ‘हे पिता’, ‘हे दुःखहर्ता’, र ‘सुखकर्ता प्रभु’ इत्यादि सम्बन्धसूचक शब्दहरूले याद गर्दछन्। तर यो कति आश्चर्यको कुरा छ कि जसलाई उनीहरू ‘पिता’ भनेर बोलाउँछन् उहाँको सत्य र स्पष्ट परिचय नै थाहा छैन तथा उहाँसँग राम्रो सम्बन्ध र स्नेह पनि छैन ! परिचय र प्यार नहुनाले नै परमात्मालाई याद गर्दा खेरि उनीहरूको मन एक ठाउँमा एकाग्र हुँदैन। अर्थात् उनीहरूलाई परमपिता परमात्माबाट शान्ति र सुखको जो जन्मसिद्ध अधिकार प्राप्त हुनु पर्ने हो त्यो प्राप्त भएको हुँदैन। उनीहरू न त परमपिता परमात्मासँगको वास्तविक सुख अनुभव गर्न सक्दछन्, न त उहाँबाट ज्ञान र शक्ति नै प्राप्त गर्न सक्दछन्, न त उनीहरूको संस्कार तथा जीवनमा कुनै विशेष परिवर्तन नै आउँछ। यसैले यहाँ हामीहरू उनै परमपिता परमात्माको संक्षिप्त परिचय दिइरहेका छौं जो कि सर्वलोककल्याणार्थ उहाँले नै हामीलाई सम्झाउनुभएको छ, अनुभव गराउँनुभएको छ र अहिले पनि गराउँदै हुनुहुन्छ।
     

    निराकार परम पिता परमात्मा और उनके दिव्य गुण

    प्राय: सभी मनुष्य परमात्मा को हे पिता’, ‘हे दुखहर्ता और सुखकर्ता प्रभु’, (O Heavenly God Father) इत्यादि सम्बन्ध-सूचको शब्दों से याद करते है | परन्तु यह कितने आश्चर्य की बात है कि जिसे वे पिताकहकर पुकारते है उसका सत्य और स्पष्ट परिचय उन्हें नहीं है और उसके साथ उनका अच्छी रीती स्नेह और सम्बन्ध भी नहीं है | परिचय और स्नेह न होने के कारण परमात्मा को याद करते समय भी उनका मन एक ठिकाने पर नहीं टिकता | इसलिए, उन्हें परमपिता परमात्मा से शान्ति तथा सुख का जो जन्म-सिद्ध अधिकार प्राप्त होना चाहिए वह प्राप्त नहीं होता | वे न तो परमपिता परमात्मा के मधुर मिलन का सच्चा सुख अनुभव कर सकते है, न उससे लाईट (Light प्रकाश) और माईट (Might शक्ति) ही प्राप्त कर सकते है और न ही उनके संस्कारों तथा जीवन में कोई विशेष परिवर्तन ही आ पाता है | इसलिए हम यहाँ उस परम प्यारे परमपिता परमात्मा का संक्षिप्त परिचय दे रहे है जो कि स्वयं उन्होंने ही लोक-कल्याणार्थ हमे समझाया है और अनुभव कराया है और अब भी करा रहे है |

    परमपिता परमात्माको दिव्य नाम र उहाँको महिमा

    परमपिता परमात्माको नाम ‘शिव’ हो। ‘शिव’ को अर्थ कल्याणकारी हो। परमपिता परमात्मा शिव नै ज्ञानका सागर, शान्तिका सागर, आनन्दका सागर र प्रेमका सागर हुनुहुन्छ। उहाँ नै पतितलाई पावन बनाउने, मानिसमात्रलाई शान्तिधाम तथा सुखधामको बाटो देखाउने र सर्व प्राणीहरूमाथि दया गर्ने हुनुहुन्छ। मानिसमात्रलाई मुक्ति र जीवन्मुक्ति अथवा गति र सद्गतिको वरदान दिने पनि एकमात्र उहाँ नै हुनुहुन्छ। उहाँ दिव्यबुद्धिको दाता र दिव्यदृ ष्टिको वरदाता पनि हुनुहुन्छ। मानवआत्माहरूलाई ज्ञानरूपी सोम अथवा अमृतको स्वादन गराउने तथा अमर पदको वरदान दिने भएको कारणले नै उहाँलाई सोमनाथ तथा अमरनाथ इत्यादि नाउँ बाट पुकार गरिन्छ। उहाँ जन्ममरणबाट सदा मुक्त, सदा एकरस र सदा जागृत ज्योति, ‘सदाशिव’ हुनुहुन्छ।

    परमपिता परमात्माको दिव्य(रूप परमपिता परमात्माको दिव्यरूप एक ‘ज्योतिर्बिन्दुको’ समान जलेको बत्ती जस्तो छ। त्यो रूप धेरै नै निर्मल, स्वर्णमय रातो र मनमोहक छ। त्यस दिव्य ज्योतिर्मय रूपलाई दिव्यचक्षुद्वारा देख्न सकिन्छ र दिव्यबुद्धिद्वारा नै अनुभव गर्न सकिन्छ। परमपिता परमात्माको त्यस ज्योतिर्बिन्दु रूपको प्रतिमा भारतमा ‘शिवलिङ्ग’ नामबाट पुजिन्छ र उहाँको अवतरणको यादगारमा ‘महाशिवरात्रि’ पनि मनाइन्छ।

    निराकारको अर्थ लगभग सबै धर्मका अनुयायीहरू परमात्मालाई ‘निराकार’ मान्दछन्। तर यस शब्दबाट उनीहरूले यो अर्थ लिन्छन् कि परमात्माको कुनै पनि आकार (रूप) छैन। अब परमपिता परमात्मा शिवले भन्नुहुन्छ कि यस्तो सम्झनु भूल हो। वास्तवमा ‘निराकारको’ अर्थ हो कि परमपिता ‘साकार’ हुनुहुन्न अर्थात् न त उहाँको मानिसको जस्तो साकार शरीर छ न देवताहरूको जस्तो सूक्ष्म आकारी शरीर छ बरू उहाँको स्वरूप अशरीरी छ अर्थात् ज्योतिर्बिन्दु समान छ। बिन्दुलाई ‘निराकार’ नै भनिन्छ। अतः यो एउटा आश्चर्यजनक कुरा छ कि परमपिता परमात्मा सूक्ष्मातिसूक्ष्म एक ज्योतिकण समान हुनुहुन्छ तर आज प्रायः मानिसहरू यही भन्दछन् कि उहाँ कणकणमा हुनुहुन्छ !


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top