Seven Days Course


Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


सात दिनों का कोर्स - परिचय



    म को हुँ?

    मनुष्यहरू आफ्नो जीवनमा कतिपय समस्याहरूलाई समाधान गर्दछन् र त्यसको फलस्वरूप पुरस्कार पनि पाउँछन् तर एउटा साधारण समस्याको हल कसैले पनि जानेको छैन “म को हुँ?” हुन त प्रत्येक मानिसले दिनभरी “म..म..” भनी नै रहन्छ। तर उसलाई “म” भन्ने को हो भन्ने प्रश्न सोध्यो भने यही उत्तर दिन्छ कि “म” हरिबहादुर हुँ वा श्यामप्रसाद हुँ.......। तर विचार गरेर सोच्यो भने यो त शरीर को नाउँ हो। शरीर “मेरो” हो, तर “म” त शरीरबाट अलग हुँ ! “म” आत्मा हो, यही एउटा सानो समस्याको प्राक्टिकल समाधान नजानेको कारणले आज सबै मानिसहरू शरीरभान मा छन् र सबै काम, क्रोधादि विकारहरूको वशमा छन् तथा दुःखी छन्।

    अब परमपिता परमात्मा भन्नुहुन्छ– “आज मानिसमा घमण्ड यति धेरै छ कि ऊ आफूलाई सम्झिन्छ “म धनी हुँ, लोग्ने हुँ, अफिसर हुँ........”, तर उसमा अज्ञान यति छ कि आफूलाई नै जान्दैन। “म को हुँ, यो संसाररूपी खेल आदिदेखि अन्त्यसम्म कसरी बनेको छ, म यसमा कहाँबाट आएँ, कहिले आएँ, कसरी सुखशान्तिको राज्य गुमाएँ तथा परमपिता परमात्मा (यस सृष्टिको रचयिता) को हो?” यी रहस्यहरू लाई कसैले पनि जान्दैन। अब जीवनको यो समस्या वा पहेलीलाई पुनः जानेर मानिस आत्म-अभिमानी बन्न सक्दछ र त्यसको फलस्वरूप नरलाई श्रीनारायण र नारीलाई श्रीलक्ष्मी पद प्राप्त हुन सक्दछ। साथै मानिसलाई मुक्ति र जीवनमुक्ति पनि मिल्न सक्दछ। उसले सम्पूर्ण सुखशान्ति र पवित्रता पाउन सक्दछ।

    पथ प्रदर्शनी

    जब कुनै व्यक्ति दुःखी तथा अशान्त हुन्छ तब ऊ प्रभुसँग पुकार गरेर भन्छ “हे दुःखहर्ता, सुखकर्ता, शान्तिदाता प्रभु, मलाई शान्ति देऊ।” विकारहरूको वशमा परेको मानिसले पनि पवित्रताको लागि परमात्माको आरती गर्दै भन्दछ “विषयविकार मेटाऊ पाप हर देवा” अथवा हे प्रभु, स्वामी हामी सबै लाई शुद्ध पवित्र गरिदिनुहोस्, सबै कमी कमजोरीहरूलाई हटाई असल बनाई दिनुहोस्।” तर परमपिता परमात्मा विकार तथा दुर्गुणहरूलाई हटाउनको लागि जुन ईश्वरीय ज्ञान र सहज राजयोग सिकाउनु हुन्छ, प्रायः त्यससँग मानिसहरू अपरिचित छन् तथा यिनीहरूलाई व्यावहारिक जीवनमा धारण पनि गर्दैनन्। परमपिता परमात्माले हामीलाई पथप्रदर्शन गर्नुहुन्छ तथा हामीलाई सहयोग पनि दिनुहुन्छ। तर पुरुषार्थ भने हामी आफैले गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र हामी जीवनमा सही सुख र यथार्थ शान्ति प्राप्त गर्नेछौं तथा श्रेष्ठाचारी बन्नेछौं। आगामी पृष्ठहरूमा परमपिता परमात्माद्वारा उद्घाटित ज्ञान एवं योगको पथप्रदर्शन गरिएको छ। यसलाई चित्रको रूपमा पनि अंकित गरिएको छ। साथै हरेक चित्रको लिखित व्याख्या पनि दिइएको छ ताकि त्यसको रहस्य बुद्धिमा बसोस्। यिनीहरूलाई पढ्नाले धेरै नयाँ ज्ञान रत्नहरू मिल्नेछन्। प्राक्टिकल रीति सँग राजयोगको अभ्यास सिक्न तथा जीवनलाई दिव्य बनाउनको लागि यस ईश्वरीय विश्व विद्यालयका जुनसुकै सेवा केन्द्रमा आएर निःशुल्क लाभ लिन सकिनेछ।


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top