Seven Days Course

Intro

Day 1

Day 2

Day 3

Day 4

Day 5

Day 6

Day 7


चौथा दिन


    सृष्टिरूपी उल्टो, अद्भुत वृक्ष र त्यसका बीजरूप परमात्मा

    भगवानले यस सृष्टिरूपी वृक्षको तुलना उल्टो वृक्षसँग गर्नु भएको छ किनकि अरू वृक्षहरूको बीउ जमिन भित्र रोपिन्छ र वृक्षमाथितिर उम्रन्छ तर मानवसृष्टिरूपी वृक्षका जो अविनाशी र चेतन बीउ परमपिता परमात्मा शिव हुनुहुन्छ उहाँ आफै माथि परमधाम अथवा ब्रह्मलोकमा निवास गर्नुहुन्छ ।

    चित्रमा सबैभन्दा तल कलियुगको अन्त्य र सत्ययुगको प्रारम्भको संगमयुग देखाइएको छ । त्यहाँ श्वेतवस्त्रधारी प्रजापिता ब्रह्मा, जगदम्मा सरस्वती तथा केही ब्राह्मणहरू र ब्राह्मणीहरू सहज राजयोगको स्थितिमा बसेका छन् । यस चित्रबाट यो रहस्य प्रकट गरिएको छ कि कलियुगको अन्त्यमा अज्ञानरूपी रात्रिको समयमा सृष्टिका जरूप, कल्याणकारी, ज्ञानसागर परमपिता परमात्मा शिव नयाँ, पवित्र सृष्टि रच्ने संकल्पले प्रजापिता ब्रह्माको शरीरमा अवतरित (प्रविष्ट) हुनुभयो र उहाँले प्रजापिता ब्रह्माको मुखकमलद्वारा मूलगीताज्ञान तथा सहज राजयोगको शिक्षा दिनुभयो, जसलाई धारण गर्ने नरनारी ‘पवित्र ब्राह्मण’ भनिए। यी ब्राह्मण र ब्राह्मणीहरूसरस्वती इत्यादि जसलाई नै “शिवशक्तिहरू” पनि भनिन्छ, प्रजापिता ब्रह्माको मुखबाट (ज्ञानद्वारा) उत्पन्न भए। यस छोटो युगलाई ‘संगमयुग’ भनिन्छ। यो युगलाई सृष्टिको ‘धर्माऊ युग’ पनि भनिन्छ र यसैलाई ‘पुरुषोत्तम युग’ अथवा ‘गीता युग’ पनि भनिन्छ।

    सतयुगमा श्रीलक्ष्मी र श्रीनारायणको अटल, अखण्ड, निर्विघ्न र अति सुखकारी राज्य थियो। किम्बदन्ती छ कि त्यस समयमा दूध र घ्यूको नदी बग्दथ्यो तथा बाघ र गाई पनि एउटै तलाउमा पानी पिउने गर्थे। त्यस समयको भारत (विश्व) दुइटा श्रीपेंच भएको थियो। सबै सदा स्वास्थ्य सदा धनवान सदा सुखी थिए। त्यस समयमा काम, क्रोधादि विकारहरूको लडाई अथवा हिंसा तथा अशान्ति एवं दुःखको नाम निशान पनि थिएन। त्यस समयको भारत (विश्व) लाई ‘स्वर्ग’ ‘वैकुण्ठ’, ‘बहिश्त’, ‘सुखधाम’ अथवा ‘हैविनली एवोड’ भनिएको छ। त्यस समय सबै जीवनमुक्त र पूज्य थिए। उनीहरूको औसत आयु १५० वर्ष थियो। त्यस युगका मानिसहरूलाई ‘देवता वर्ण’ भनिन्छ। पूज्य विश्वमहारानी श्रीलक्ष्मी तथा पूज्य विश्वमहाराजन श्रीनारायणको सूर्य वंशमा जम्मा ८ (आठ) सूर्यवंशी महारानी तथा महाराजा भए जसले कि १२५० वर्ष सम्म चक्रवर्ती राज्य गरे।

    त्रेतायुगमा श्री सीता र श्रीराम चन्द्रवंशी १४ कला गुणवान् र सम्पूर्ण निर्विकारी थिए। उनीहरूको राज्यको पनि भारतमा धेरै महिमा छ।

    सत्ययुग र त्रेतायुगको ‘आदि सनातन देवीदेवता धर्म वंश’ नै यस मानवसृष्टि रूपी वृक्षको तना र मूल हो जसबाट नै पछि अनेक धर्म रूपी शाखाहरू निक्लिन्छन्। द्वापरमा देह अभिमान (शरीरभान) तथा काम, क्रोधादि विकारहरूको प्रार्दुभाव भयो। दैवी स्वभावको स्थान आसुरी स्वभावले लिन शुरू गर्यो। सृष्टिमा दुःख र अशान्तिको राज्य पनि शुरू भयो। त्यसबाट बच्नको लागि मानिसहरूले पूजा तथा भक्ति पनि शुरू गरे। ऋषिहरूले शास्त्रको रचना पनि गर्न थाले। यज्ञ, तप आदिको प्रारम्भ भयो।

    कलियुगमा मानिसहरू परमात्मा शिवको तथा देवताहरूको अरिरिक्त सूर्य, पीपल, आगो तथा अन्य जड तत्वहरूको पनि पूजा गर्न थाले र एकदम देहअभिमानी, विकारी र पतित बन्न पुगे। उनीहरूको आहारव्यवहार, दृष्टिवृत्ति, मन, वचन र कर्म तमोगुणी र विकाराधीन भइसक्यो। कलियुगको अन्त्यमा सबै मानिसहरू तमोप्रधान र आसुरी लक्षण भएका हुन्छन्। अतः सत्ययुगी र त्रेतायुगी सतोगुणी दैवी सृष्टि स्वर्ग (वैकुण्ठ) हो र त्यसको तुलनामा द्वापरयुग तथा कलियुगको सृष्टि नै ‘नर्क’ हो।

    प्रभु मिलनको गुप्त युग-पुरुषोत्तम संगम युग

    नेपाल र भारतमा आदि सनातन धर्मका मानिसहरू जसरी अरू चाडपर्वहरू इत्यादिलाई बडो श्रद्धाले मनाउँदछन् त्यसैगरी पुरुषोत्तम महिनालाई पनि मनाउँदछन्। त्यस महिनामा मानिसहरू तीर्थयात्राको विशेष महात्म्य मान्दछन् र धेरै दानपुण्य पनि गर्दछन् तथा आध्यात्मिक ज्ञानको चर्चामा पनि धेरै समय दिन्छन्। उनीहरू प्रातः अमृतवेलामा नै गंगास्नान गर्नमा धेरै पुण्य सम्झन्छन्।

    वास्तवमा ‘पुरुषोत्तम’ शब्द परमपिता परमात्माको नै वाचक हो। जसरी ‘आत्मालाई’ ‘पुरुष’ पनि भन्न सकिन्छ त्यस्तै परमात्माको लागि ‘परमपुरुष’ अथवा ‘पुरुषोत्तम’ शब्दको प्रयोग हुन्छ किनकि उहाँ सबै पुरुष (आत्माहरू) भन्दा ज्ञान, शान्ति, पवित्रता र शक्तिमा उत्तम हुनुहुन्छ। ‘पुरुषोत्तम महिना’ कलियुगको अन्त्य र सत्ययुगको आरम्भको संगमयुगको याद गराउँछ किनकि यस युगमा पुरुषोत्तम (परमपिता) परमात्माको अवतरण हुन्छ। सत्ययुगको प्रारम्भदेखि लिएर कलियुगको अन्त्यसम्म मानवआत्माहरूको जन्मपुनर्जन्म भइ नै रहन्छ, तर कलियुगको अन्त्यमा सत्ययुग तथा सतधर्मको र उत्तम मर्यादाहरूको पुनः स्थापना गर्नको लागि पुरुषोत्तम (परमात्मा) लाई आउनुपर्दछ। यस ‘संगमयुगमा’ परमपिता परमात्मा मानवआत्माहरूलाई ज्ञान र सहज राजयोग सिकाएर परमधाम अथवा ब्रह्मलोकमा फिर्ता लैजानु हुन्छ। अन्य मानवआत्माहरूलाई सृष्टिको महाविनाशद्वारा अशरीरी बनाएर मुक्तिधाम लैजानुहुन्छ। यस प्रकार सबै मानवआत्माहरू शिवपुरी अथवा विष्णुपुरीको अव्यक्त एवं आध्यात्मिक यात्रा गर्दछन् र ज्ञानचर्चा अथवा ज्ञानगंगामा स्नान गरेर पावन बन्दछन्। तर आज मानिसहरूले यी रहस्यलाई न जानेको कारणले गंगा नदीमा स्नान गर्दछन् र शिव तथा विष्णुको स्थूल यादगारको यात्रा गर्दछन्। वास्तवमा ‘पुरुषोत्तम महिनामा’ जुन दानको महत्व छ, त्यो दान पाँच विकारहरूको दान हो। परमपिता परमात्मा जब पुरुषोत्तम संगमयुगमा अवतार हुनुहुन्छ तब नै मानवआत्माहरूलार्इ दुर्गुणहरू अथवा विकारहरूको दान दिने शिक्षा दिनुहुन्छ। यसप्रकार उनीहरू कामक्रोधादि विकारहरूलाई त्यागेर, उत्तम मर्यादित बन्दछन् र त्यसपछि सत्ययुग, देवयुग अथवा कृतयुगको आरम्भ हुन्छ। आज यदि यी रहस्यहरू जानेर मानिसहरूले विकारहरूको दान दिए, ज्ञानगंगामा नित्य स्नान गरेर योगद्वारा शरीरबाट अलग भएर सत्य आध्यात्मिक यात्रा गरे भने विश्वमा पुनः सुख, शान्तिसम्पन्न रामराज्य (स्वर्ग को स्थापना हुनेछ र नर तथा नारी नर्कबाट निक्लेर स्वर्गमा पुगिहाल्नेछन्। चित्रमा पनि यस रहस्यलाई प्रदर्शित गरिएको छ। यहाँ संगमयुगमा श्वेत वस्त्रधारी प्रजापिता ब्रह्मा, जगदम्बा सरस्वती तथा केही मुखवंशावली ब्राह्मण तथा ब्राह्मणीहरूलाई परमपिता परमात्मासँग योग लगाइरहेको देखाइएको छ। यस राजयोगद्वारा नै मनको मैलो सफा हुन्छ, पूर्व विकर्महरू दग्ध हुन्छन् र संस्कारहरू सतोप्रधान बन्दछन्। अतः तलतिर नर्कका मानिसहरू ज्ञान एवं योग अग्नि प्रज्वलित गरेर काम, क्रोध, लोभ, मोह र अहंकारलाई यस सूक्ष्म योगअग्निमा स्वाहा गरिरहेको देखाइएको छ। यसको फलस्वरूप उनीहरू नरबाट श्री नारायण र नारीबाट श्रीलक्ष्मी बनेर अर्थात् ‘मानिसबाट देवता’ पदको अधिकार पाएर सुखधामवैकुण्ठ अथवा स्वर्गमा पवित्र एवं सम्पूर्ण सुखशान्ति सम्पन्न स्वराज्यका अधिकारी बनेका छन्।

    ज्ञात रहोस् कि वर्तमान समय संगमयुग चलिरहेको छ। यो कलियुगी सृष्टि नर्क अर्थात् दुःखधाम हो। अब निकट भविष्यमा सत्ययुग आउँदै छ र यही सृष्टि सुखधाम हुनेछ। अतः अब हामीले पवित्र एवं योगी बन्नुपर्दछ। 

    मानिसहरूको ८४ जन्मको अद्भुत कथा

    मानवआत्माहरू पूरा कल्पमा बढी भन्दा बढी ८४ जन्म लिन्छन् उनीहरूले ८४ लाख योनिहरूमा पुनर्जन्म लिदैनन्। मानवआत्माहरूको ८४ जन्मको चक्रलाई नै यहाँ ८४ सिढीहरूको रूपमा चित्रित गरिएको छ। किनकि प्रजापिता ब्रह्मा र जगदम्बा सरस्वती मानव समाजका आदि पिता र आदि माता हुनुहुन्छ, त्यसैले उहाँहरूको ८४ जन्मको संक्षिप्त उल्लेख गर्नाले अन्य आत्माहरूको पनि त्यही अन्तरगत उल्लेख आइहाल्नेछ। हामी यो कुरा भन्दै आएका छौं कि ब्रह्मा र सरस्वती संगमयुगमा परमपिता परमात्मा शिवको ज्ञान र योगद्वारा सत्ययुगको आरम्भमा श्रीनारायण र श्रीलक्ष्मी पद प्राप्त गर्छन्।

    सत्ययुग र त्रेतायुगमा २१ जन्म पूज्य देव पद

    यहाँ चित्रमा देखाइएको छ कि सत्ययुगको १२५० वर्षमा श्रीलक्ष्मी श्रीनारायण १०० प्रतिशत सुखशान्ति सम्पन्न ८ जन्म लिन्छन्। त्यसैले नेपाल र भारतमा आठको संख्या शुभ मानिन्छ र कतिपय व्यक्तिहरू केवल ८ मणिकाहरूको माला स्मरण गर्दछन् तथा अष्ट देवताहरूको पूजा पनि गर्दछन्। पूज्य स्थिति भएका यी ८ नारायणी जन्मलाई यहाँ ८ सिढीको रूपमा चित्रित गरिएको छ। फेरि त्रेतायुगको १२५० वर्षमा ती १४ कला सम्पूर्ण श्रीसीता र श्रीरामको वंशमा पूज्य राजारानी अथवा उच्च प्रजाका रूपमा १२ जन्म लिन्छन्। एक जन्म संगमयुगको हीरातुल्य जन्म हुन्छ। यसप्रकार सत्ययुग र त्रेतायुगको कुल २५०० वर्षमा तिनीहरू सम्पूर्ण पवित्रता, सुखशान्ति र स्वास्थ्य सम्पन्न २१ दैवी जन्म लिन्छन्। त्यसैले प्रसिद्ध छ कि ज्ञानद्वारा मानिसका २१ जन्म अथवा २१ पिढी सुध्रिन्छन् अथवा मानिस २१ पिढीसम्म पार भइहाल्छ।

    द्वापर र कलियुगमा ६३ जन्म जीवन(बद्ध (बन्ध)

    फेरि सुखको प्रारव्ध समाप्त भएपछि उनीहरू द्वापरयुगको आरम्भमा पुजारीको स्थितिमा आउँछन्। सबभन्दा पहिला निराकार परमपिता परमात्मा शिवको हीराको प्रतिमा बनाएर अनन्य भावले त्यसको पूजा गर्दछन्। यहाँ चित्रमा उनलाई एक पुजारी राजाको रूपमा शिवको पूजा गरिरहको देखाइएको छ। बिस्तारैबिस्तारै उनीहरू सूक्ष्म देवताहरू अर्थात् विष्णु तथा शंकरको पनि पूजा गर्दछन् र पछि अज्ञानता अथवा आत्मविस्मृतिको कारणले उनीहरू आफ्नो नै पहिलेको श्री लक्ष्मी र श्री नारायण रूपको पनि पूजा शुरू गर्दछन्। त्यसैले किम्बदन्ती प्रसिद्ध छ कि “जो स्वयं कहिले काहीँ पूज्य थिए पछि आफैं आफ्ना पुजारी बन्न पुगे।” श्री लक्ष्मी तथा श्री नारायणको आत्माले द्वापरयुगको १२५० वर्षमा यस्तो पुजारी स्थितिमा भिन्न भिन्न नाम रूपले वैश्यवंशी भक्त शिरोमणि राजा रानी अथवा सुखी प्रजाको रूपमा कुल २१ जन्म लियो। त्यसपछि कलियुगको प्रारम्भ भयो। अब झन सूक्ष्मलोक वा साकारलोकका देवीदेवताहरूको पूजाको अतिरिक्त तत्वपूजापनि शुरू भयो। यस प्रकार भक्ति पनि व्यभिचारी (धेरैको भइहाल्यो। यो अवस्था सृष्टिको तमोप्रधान अथवा शूद्र अवस्था भयो। यस कालमा काम, क्रोध, लोभ, मोह र अहंकारले उग्ररूप धारण गर्दै गए। कलियुगको अन्त्यमा उनीहरूले अथवा उनीहरूका वंशका अन्य आत्माहरूले ४२ जन्म लिए।

    उपर्युक्तबाट स्पष्ट छ कि जम्मा ५००० वर्षमा उसको आत्माले पूज्य र पुजारी अवस्थामा जम्मा ८४ जन्म लिन्छ। अब उसले पुरानोपतित दुनियाँमा ८३ जन्म लिइसकेको छ। अब उसको अन्तिम अर्थात् ८४ यौं जन्मको वानप्रस्थ अवस्थामा परमपिता परमात्मा शिवले उसकै नाऊँ “प्रजापिता ब्रह्मा” तथा मुख वंशी कन्याको नाऊँ, “जगदम्बा सरस्वती” राख्नुभएको छ। यसप्रकार देववंशका अन्य आत्माहरू पनि ५००० वर्षमा बढीभन्दा बढी ८४ जन्म लिन्छन्। त्यसैले भारतमा जन्ममृत्युको चक्रलाई “चौरासीको चक्कर” पनि भन्दछन् र कतिपय देवीहरूको मन्दिरमा ८४ घण्टाहरू पनि लागेका हुन्छन् तथा उनीहरूलाई “८४ घण्टा भएकी देवी” भन्ने नाऊँले याद गर्छन्।

    मानव आत्मा ८४ लाख योनि भ्रमण गर्दैन

    परमप्रिय परमपिता परमात्मा शिवले वर्तमान समयमा जसरी हामीलाई ईश्वरीय ज्ञानका अनेक मधुर रहस्य सम्झाउनु भएको छ, त्यसरी नै यो पनि एउटा नयाँ कुरा सम्झाउनुभएको छ कि वास्तवमा मानवआत्माहरू पाशविक योनिमा जन्म लिदैनन्। यो हाम्रो लागि ठूलो खुशीको कुरा हो। तर पनि कतिपय यस्ता व्यक्तिहरू छन् जो यो भन्दछन् कि मानवआत्माहरू पशुपंक्षी इत्यादि ८४ लाख योनिमा जन्म पुनर्जन्म लिन्छन्।

    उनीहरू भन्दछन् कि “जसरी कुनै देशको सरकारले अपराधीलाई दण्ड दिनको लागि उसको स्वतन्त्रतालाई जफत गर्दछ, उसलाई एक कोठरीमा बन्द गरिदिन्छ र उसलाई सुख सुविधाबाट केही समयको लागि बञ्चित गरिदिन्छ, त्यसरी नै यदि कोही मानिस गलत कर्म गर्दछ भने उसलाई त्यसको दण्डको रूपमा पशुपंक्षी इत्यादि भोगयोनिहरूमा दुःख तथा परतन्त्रता भोग्नुपर्दछ।

    तर, अब परमप्रिय परमपिता परमात्मा शिवले सम्झाउनुभएको छ कि मानव आत्माहरू आफ्ना खराब कर्महरूको दण्ड मानव योनिमा नै भोग्दछन्। परमात्मा भन्नुहुन्छ कि मानिस खराव कर्मगुणस्वभावको कारण पशुभन्दा पनि बढी खराव हुन जान्छ तथा पशुपंक्षीभन्दा बढी दुःखी समेत हुन्छ, तर ऊ पशुपंक्षी इत्यादि योनिमा जन्म भने लिंदैन। यो तथ्यलाई हामी देख्छौ या सुन्दछौ कि मानिस लाटो, अन्धो, बहिरो, लंगडो, महारोगी, कोढी, चिररोगी तथा कंगाल हुन्छ। यो पनि हामी देख्दछौं कि कतिपय पशु पनि मानिसभन्दा बढी स्वतन्त्र तथा सुखी हुन्छन्, उनीहरूलाई पाउरोटी (व्रेड) र नौनी (मख्खन) ख्वाइन्छ, सोफा माथि सुताइन्छ, मोटर कारमा यात्रा गराइन्छ र धेरै प्यार तथा प्रेमले पालिन्छ तर यस्ता कतिपय मानिसहरू संसारमा छन् जो भोको र अर्धनग्न जीवन व्यतीत गर्दछन् र जब उनीहरू पैसा वा दुई पैसा माग्नको लागि मानिसको अगाडि हात फैलाउँछन् भने अन्य मानिहरूले उनीहरूलाई अपमानित गर्दछन्। कतिपय मानिसहरू छन् जो जाडोमा कठाङ्ग्रिएर, अथवा रोगीको हालतमा सडकको पेटीमा कुकुरको भन्दा पनि दयनीय मृत्यु पाउँछन् र कतिपय मानिसहरू अत्यन्त वेदना र दुःखको वशमा आफ्नो हातबाट आफ्नै मृत्यु गर्दछन् ! अतः हामी स्पष्ट देख्दछौं कि मानव योनि पनि भोगयोनि नै हो र मानव योनिमा पशुहरूभन्दा पनि बढी दुःख हुन सक्दछ भने यो किन मान्नुपर्यो कि मानव आत्माहरूलाई पशुपंक्षी इत्यादि योनिमा दुःख भोग्न जन्म लिनुपर्दछ?

    जस्तो बीउ त्यस्तै वृक्ष :

    यसको अतिरिक्त, प्रत्येक मानिसमा आफ्नो जन्मजन्मान्तरको पार्ट (खेल) अनादि कालदेखि अव्यक्त रूपमा भरिएको छ र त्यसैले मानवआत्माहरू अनादि कालदेखि परस्पर भिन्नभिन्न गुणकर्मस्वभावप्रभाव र प्रालव्ध भएका हुन्छन्। मानवआत्माहरूका गुणकर्मस् वभाव तथा पार्ट अन्य योनिहरूको आत्माहरूको गुण, कर्मस्वभाव भन्दा अनादि कालदेखि नै भिन्न छन्। अतः जसरी आँपको कोयोबाट खुर्सानी फल्दैन बरू “जस्तो बीउ त्यस्तै वृक्ष हुन्छ।” ठीक त्यस्तै मानवआत्माहरूको त श्रेणी नै अलग छ। मानवआत्माहरू सारा कल्पमा मानव योनिमा नै बढी भन्दा बढी ८४ जन्मपुनर्जन्म लिएर आआफ्नो कर्म अनुसार दुःखसुख भोग्दछन्।

    यदि मानव(आत्मा पशु योनिमा पुनर्जन्म लिन्थ्यो भने मानिसको जनसंख्या बढ्दै जाने थिएन :

    तपाईहरू आफैं विचार गर्नुहोस् कि यदि खराब कर्मको कारणले मानवआत्माको पुनर्जन्म पशु योनिमा हुन्थ्यो भने, प्रत्येक वर्ष मानिसको जनसंख्या बढ्दै जाने थिएन बरू घट्दै जानुपर्ने हो, किनकि आज सबैका कर्महरू विकारहरूको कारणले विकर्म नै बनिरहेका छन्। तर तपाईहरू देखिरहनुभएको छ कि फेरि पनि मानव जनसंख्या बढ्दै गइरहेको छ, किनकि मानिस पशुपंक्षी या कीराकमिला आदि योनिमा जन्म लिइरहेका छैनन्।

    ईश्वरीय विश्व विद्यालय (प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको मुख्य स्थान आबू पर्वत)

    यस पथप्रदर्शनीमा जुन ईश्वरीय ज्ञान, सहज राजयोग लिपिबद्ध गरिएको छ, त्यसको विस्तारपूर्वक शिक्षा प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा दिइन्छ। माथि जो चित्र अंकित गरिएको छ, त्यो यसको मुख्य शिक्षास्थान वा मुख्य कार्यालयको हो। यस ईश्वरीय विश्व विद्यालयको स्थापना परमप्रिय परमात्मा ज्योतिर्बिन्दु शिवले सन् १९३७ (वि.सं.१९९४) मा सिन्धमा गर्नुभएको हो। परमपिता शिव परमधाम अर्थात् ब्रह्मलोकबाट अवतरित भएर एक साधारण एवं वृद्ध मानिसको शरीरमा प्रविष्ट अथवा सन्निविष्ट हुनुभएको थियो किनकि कुनै मानवीय मुखको प्रयोग नगरीकन परमात्मा अन्य कुन रीतिले ज्ञान दिनुहुन्थ्यो?

    ज्ञान एवं सहज योगद्वारा सत्ययुगको स्थापनार्थ ज्योतिर्बिन्दु शिवको जुन मनिसको शरीरमा ‘दिव्य जन्म’ भयो, त्यस मानिसलाई उहाँले “प्रजापिताब्रह्मा” यो अलौकिक नाउँ दिनुभयो। उहाँको मुखारविन्दद्वारा ज्ञान एवं योगको शिक्षा लिएर ब्रह्मचर्य व्रत धारण गर्ने तथा पूर्ण पवित्रताको व्रत लिने नर र नारीलाई क्रमशः मुखवंशी ‘ब्राह्मण’ तथा ‘ब्राह्मणी’ अथवा ‘ब्रह्माकुमार’ र ब्रह्माकुमारी’ भनिन्छ किनकि उनीहरूको आध्यात्मिक नयाँजीवन ब्रह्माको श्री मुखद्वारा विनिसृत ज्ञानबाट भयो।

    परमपिता शिव त्रिकालदर्शी हुनुहुन्छ, उहाँले त्यस व्यक्तिको जन्मजन्मान्तरको जीवनकहानी जान्नु हुन्थ्यो कि ऊ नै सत्ययुगको प्रारम्भमा पूज्य श्रीनारायण थियो र समयान्तरमा कला कम हुँदा हुँदै अब यस अवस्थामा आइपुगेको छ। अतः ब्रह्माको शरीरमा प्रविष्ट भएर उहाँले सन् १९३७ मा यस अविनाशी ज्ञान यज्ञको अथवा ईश्वरीय विश्व विद्यालयको ५००० वर्ष पहिले जस्तै पुनर्स्थापना गर्नुभयो। यिनै प्रजापिता ब्रह्मालाई महाभारतको भाषामा ‘भगवानको रथ’ पनि भन्न सकिन्छ, ज्ञानगंगा ल्याउनका निमित्त बन्ने ‘भागीरथ’ र ‘शिवका वाहन’ ‘नन्दीगण’ पनि भनिन्छ।

    जुन मानिसको शरीरमा परमात्मा शिवले प्रवेश गर्नुभयो उहाँ त्यस समयमा कलकत्तामा एक विख्यात जौहरी हुनुहुन्थ्यो र श्रीनारायणका अनन्य भक्त हुनुहुन्थ्यो। उहाँमा उदारता, सबैको कल्याणको भावना, व्यवहारकुशलता र राजकुलोचित शालीनता र प्रभु मिलनको उत्कट चाह थियो। उहाँको सम्बन्ध राजामहाराजाहरूसँग पनि थियो, समाजमा गण्यमान्य, साधारण एवं निम्न वर्गसँग पनि राम्ररी परिचित हुनुहुन्थ्यो। अतः उहाँ अनुभवी पनि हुनुहुन्थ्यो र ती दिनहरूमा उहाँमा भक्तिको पराकाष्ठा तथा वैराग्यको अनुकुल भूमिका पनि थियो।

    अन्यश्च प्रवृत्तिलाई दिव्य बनाउनको लागि माध्यम पनि प्रवृत्तिमार्गको नै व्यक्तिको हुनु उचित थियो। यी तथा अन्य अनेकानेक कारणले त्रिकालदर्शी परमपिता शिवले उहाँको शरीरमा प्रवेश गर्नुभयो।

    उहाँको मुखद्वारा ज्ञान एवं योगको शिक्षा लिने सबै ब्रह्माकुमार तथा ब्रह्माकुमारीहरूमा जो श्रेष्ठ थिइन उनको यस अलौकिक जीवनको नाउँ भयो जगदम्बा सरस्वती। यिनी ‘यज्ञमाता’ भइन्। उनले ज्ञानवीणाद्वारा जनजनलाई प्रभु परिचय दिएर उनीहरूमा आध्यात्मिक जागृति लेराइन्। उनले आजीवन ब्रह्मचर्य व्रतको पालन गरिन् र सहज राजयोगद्वारा अनेक मानव आत्माहरूको ज्योति जगाइन्। प्रजापिता ब्रह्मा र जगदम्बा सरस्वतीले पवित्र एवं दैवी जीवनको आदर्श प्रस्तुत गरे।

    सृष्टि नाटकको रचयिता र निर्देशक को हुन्?

    सृष्टिरूपी नाटकका चार हिस्सा :

    सामुन्ने दिइएको चित्रमा देखाइएको छ कि स्वस्तिकाले सृष्टिचक्रलाई चार बराबर भागमा विभाजन गरेको छसत्य, त्रेता, द्वापर र कलियुग। सृष्टि नाटकमा प्रत्येक आत्मा एक निश्चित समयमा परमधामबाट यस सृष्टिरूपी नाटकको मञ्चमा आउँछ। सबभन्दा पहिले सत्ययुगत्रेतायुगको सुन्दर दृश्य सामुन्ने आउँछ र यी दुई युगहरूमा सुखपूर्ण सृष्टि, पृथ्वी मञ्चमा एक आदि सनातन देवीदेवता वंशका आत्माहरूको पार्ट (खेल) हुन्छ र अन्य सबै धर्म, वंशका आत्माहरू परमधाममा हुन्छन्। अतः दुई युगहरूमा यिनै दुई वंशका आत्माहरू आआफ्नो पवित्रताको अवस्था अनुसार नम्बरवार आउँछन्। त्यसैले यी दुई युगमा सबै अद्वैत र निर्वैर स्वभाव भएका हुन्छन्।

    द्वापर युगमा यही धर्मको रजोगुण अवस्था हुनाले इब्राहिमद्वारा इस्लाम धर्मवंशको, बुद्धद्वारा बौद्ध धर्मवंशको र ईसाद्वारा ईसाई धर्मवंशको स्थापना हुन्छ। अतः यी चार धर्मवंशका धर्मपिताहरू नै संसार का मुख्य अभिनयकर्ता हुन् र यी चार धर्मका शास्त्रहरू नै मुख्य शास्त्रहरू हुन्। यसको अतिरिक्त संन्यास धर्मका संस्थापन शंकराचार्य, मुसलमान धर्मवंशका संस्थापक मुहम्मद तथा सिक्ख धर्मका धर्मसंस्थापक नानक पनि यस विश्व नाटकका मुख्य अभिनयकर्ता मध्ये नै हुन्। तर पनि मुख्य रूपमा पहिले बताइएका चार धर्म माथि नै यो विश्व नाटक आधारित छ। यी अनेक मत मतान्तरहरूको कारण द्वापर युग तथा कलियुगको सृष्टिमा द्वैत मत लडाई-झगडा तथा दुःख हुन्छ।

    कलियुगको अन्त्यमा, जब धर्मको अति ग्लानि हुन्छ अर्थात् विश्वको सबभन्दा पहिलो ‘आदि सनातन देवीदेवता धर्म’ धेरै क्षीण भइहाल्छ र मानिसहरू अत्यन्त पतित हुन्छन्, तब सृष्टि नाटकका रचयिता तथा निर्देशक परमपिता परमात्मा शिव प्रजापिताको शरीरमा स्वयं अवरित हुनु हुन्छ। उहाँ प्रजापिता ब्रह्माद्वारा मुखवंशी कन्या ‘ब्रह्माकुमारी सरस्वती’ तथा अन्य ब्राह्मणहरू तथा ब्राह्मणीहरूलाई रच्नुहुन्छ र उनीहरूद्वारा पुनः सबै लाई अलौकिक मातपिताको रूपमा भेटघाट गर्नुहुन्छ तथा ज्ञानद्वारा उनीहरूलाई मार्गप्रदर्शन गर्नुहुन्छ र उनीहरूलाई मुक्ति तथा जीवनमुक्तिको ईश्वरीय जन्मसिद्ध अधिकार दिनुहुन्छ। अतः ‘प्रजापिता ब्रह्मा’ तथा ‘जगदम्बा सरस्वती’ जसलाई नै ‘एडम’ तथा ‘ईव’ अथवा ‘आदम’ र ‘हव्वा’ पनि भनिन्छ, उहाँहरूनै यस सृष्टि नाटकका नायक र नायिका हुनुहुन्छ। किनकि उहाँहरूद्वारा स्वयं परमपिता परमात्मा शिव पृथ्वीमा स्वर्ग स्थापना गर्नुहुन्छ। कलियुगको अन्त्य तथा सत्ययुगको आरम्भको यो छोटोसंगम अर्थात् संगमयुग जसमा परमात्मा अवतरित हुनुहुन्छ, धेरै नै महत्वपूर्ण छ।

    विश्वको इतिहास र भूगोलको पुनरावृत्ति :

    चित्रमा यो पनि देखाइएको छ कि कलियुगको अन्त्यमा परमपिता परमात्मा शिव जब महादेव शंकरद्वारा सृष्टिमा महाविनाश गराउँनुहुन्छ तब सबै आत्मारूपी अभिनयकर्ता आफ्नो प्यारो देश मुक्तिधाम फर्किन्छन् र फेरि सत्ययुगको आरम्भदेखि ‘आदि सनातन देवी देवता धर्मका’ मुख्य मानवआत्माहरू यस सृष्टि मञ्चमा आउन शुरू गर्दछन्। फेरि २५०० वर्ष पछि द्वापर युगको आरम्भदेखि इब्राहिमका इस्लाम घरानाका आत्माहरू त्यसपछि बौद्ध धर्मवंशका आत्माहरू, फेरि इसाई धर्मवंशका आत्माहरू आफ्नोआफ्नो समयमा सृष्टिमञ्चमा आएर आफ्नाआफ्ना अनादि निश्चित पार्ट (खेल) बजाउँछन् र आफ्ना सतोप्रधान, सतो, रजो र तमो चारै अवस्थालाई पार गर्दछन्। यस प्रकार यो अनादि निश्चित सृष्टि नाटक अनादि कालदेखि प्रत्येक ५००० वर्ष पछि हुबहू (जस्ताको त्यस्तै पुनरावृत भई नै रहन्छ।


Intro Day 1 Day 2 Day 3 Day 4 Day 5 Day 6 Day 7

Back | Top